हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 27, 2013

डाटा सेवामा तीव्र प्रतिस्पर्धा

काठमाडौं , श्रावण १३ ( नेपाल टेलिकमले इन्टरनेट सेवामा एक वर्षभित्र ५ प्रतिशत बिन्दुको विस्तार पाएको छ । कुल बजारमा नेपाल टेलिकमको डाटा सेवा प्रयोगकर्ताको संख्या ४६ प्रतिशत पुगे पनि ५१ प्रतिशत हिस्सा भने एनसेलको भागमा छ ।

गत जेठ महिनासम्म एक वर्षको अवधिमा नेपाल टेलिकमको डाटामा बजार हिस्सा ५ प्रतिशत बिन्दुले बढेर ४६ प्रतिशत पुगेको हो । एनसेलको बजार हिस्सा यही अवधिमा ५७ प्रतिशतबाट घटेर ५१ प्रतिशतमा आएको छ । टेलिकमको डाटा सेवामा मोबाइलबाट उपलब्ध जीपीआरएससँगै टेलिफोनको एडीएसएल र वायरलेस पनि छन् । कम्पनीले वाइम्याक्स र एडीएसएल सेवामा बढाएको ग्राहकका कारण बजार हिस्सा बढाउन मद्दत पुगेको छ । प्रतिस्पर्धी एनसेलले भने जीपीआरएस र थ्रीजी प्रविधिको इन्टरनेट मात्र छ ।

कर नतिरेका सेटमा सिम ब्ल्कको तयारी

१२ साउन, काठमाडौं । मोबाइल सेटको अनधिकृत आयात रोकेर करको दायरामा ल्याउन सरकारले कर तिरेका सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्ने तयारी गरेको छ । हाल बजारमा करिब २५ प्रतिशत मोबाइल सेट भन्सार छली (ग्रे मार्केटमार्फत) आयात हुने गरेको अनुमान छ ।

भन्सारमा मोबाइलको संकेत नम्बर पेश गर्नुपर्ने र ती सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्न अर्थ मन्त्रालयले दूर सञ्चार प्राधिकरणसँग छलफल गरेको छ । टेलिकम सेवा प्रदायकले निश्चित सेटमा आफ्नो सिम नचल्ने बनाउन सक्छन् । नेपाल टेलिकम र एनसेलले मोबाइबल सिमकार्ड जारी गर्ने गरेका छन् ।

‘यो प्रणाली लागू गर्न हामीले टेलिकमहरुको नियामक दूरसञ्चार प्राधिकरणसँग छलफल अघि बढाएका छौं’, अर्थका अधिकारीले भने, ‘प्राधिकरणको तर्फबाट पनि यसमा प्रक्रिया अघि बढाइएको छ ।’ यस्तो प्रणाली लागू गर्दा व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याउने सेटको सम्बन्धमा अलग्गै व्यवस्था गर्नुपर्ने झन्झट देखिएको छ ।

हाल मोबाइल सेटमा शून्य भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । तर सरकारले ६० प्रतिशत मूल्य अभिवृद्धि कर बिक्रेतालाई फिर्ता दिने गरेको छ । औपचारिक च्यानलबाट मोबाइल सेट आयात नभएपछि सरकारले शून्य भन्सार र आधा भ्याट फिर्ताको सुविधा दिएको थियो ।

औपचारिक माध्यमबाट सेट आयात भएपछि व्यापारीको यथार्थ कारोबार देखिने र त्यसको आधारमा आयकरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षामा सरकारले कर छुटको सुविधा दिएको हो । यदि सेट प्रतिबन्ध प्रणाली लागू भएमा सरकारले यसअघि दिंदै आएको कर छुटको सुविधा फिर्ता लिने अर्थका अधिकारीले बताए ।

उक्त प्रणाली लागू भएमा उपभोक्ताले भ्याट बिलसहित किन्ने मोबाइल सेटको मूल्य करिब ७ प्रतिशतले वृद्धि हुनेछ । अहिले बजारमा बिना भ्याटबिलको सस्तो र बिलसहितको सेट महँगोमा बेच्ने गरिएको छ । आधिकारिक वारेण्टी र उपभोक्तामा वैध कारोबारलाई प्रोत्साहन गर्ने सोचमा भएको विकासले महँगो भए पनि बिलसहितकै सेटको बढी माग हुने गरेको बिक्रेताहरु बताउँछन् ।

यसैगरी, मोबाइल सेवा प्रदायकहरुले चोरी भएका सेटमा पनि सिमकार्ड प्रतिबन्ध गर्ने तयारी गरेका छन् । मोबाइल सेट चोरी घटना बढेको र ग्राहकको गुनासोलाई ख्याल गरी चोरीलाई निरुत्साहन गर्न यस्तो प्रणाली लागू गर्न लागिएको सेवा प्रदायकले बताएका छन् । अहिले कम्पनीहरुले हराएको सेटको आईएमइआई नम्बर उपलब्ध गराएमा उक्त सेटमा कुन नम्बरको सिमकार्ड प्रयोग भएको छ भन्ने मात्र जानकारी दिने गरेका छन् ।

संसारभरी Free मा S.M.S गर्नुहोस्

 हामीले तपाइँ को लागि भनेर यो फ्री एस. एम. एस राखेका छौ आशा छ यसले तापाइलाइ पक्कै फाइदा पुर्याउनेछ।
 Free Sms गर्नको लागि यहाँ क्लीक गर्नुहोस .

Friday, July 26, 2013

अर्कैले चम्काइदिन्छन् फेसबुक प्रोफायल

तपाईं जिम जानुहुन्नरु शरीर सुगठित छैन होला। तर फेसबुकमा तपाइँको फोटो सलमान खानको जस्तै ुसिक्सप्याकु देखिन सक्छ। आफ्नो तस्वीरलाई शानदार देखाउन वा अनलाइनमा गेम नखेली ुहाइ स्कोररु बन्न प्रवर्द्धकहरु आएका छन्। यो काम अब अरुले नै गरिदीने छन् तपाइँले पैसा तिरे पुग्छ। आजभोलि यस्ता प्रवर्द्धकहरु उद्योग जसरी नै विकास हुँदै आइरहेका छन्। तिनीहरुको मुख्य काम भनेकै मानिस तथा कुनै संस्थाको अनलाइन प्रोफालाई प्रवर्द्धन गर्नु हो।

एरेना बुस्टिंग
वर्ल्ड अफ वारक्राफ्ट अनलाइन गेम करिब एक करोड मानिसले खेल्छन्। दैनिक १२ घण्टा भन्दा बढी यही गेममा झुन्डिने मानिस पनि छन्। त्यसैले यो गेममा आफ्नो अलग पहिचान बनाउन कठिन छ। यो खेलको नियम विपरित पैसा लिएर स्कोर बढाइदिने धेरै ुएरेना बूस्टरु छन्। जसले माथिल्लो स्कोर प्राप्त गर्नको लागि मद्दत गर्ने छन्। एरेना बूस्टर बढी स्कोर गर्न नसक्नेको बदलामा गेम खेल्छन् र मानिसलाई माथिल्लो स्कोरमा पुर्याादिन्छन्। यसको बदलामा उनीहरुले थोरै फी भने लिने गर्छन्।

पूर्ब एरेना बूस्टर फिलिप बारबुन सम्झन्छन्( ुकिशोरावस्थामा जब म यो खेलेको टप रेटेड प्लेयर थिएँ त्यो बेला धेरै मान्छे मद्दतको लागि खबर पठाउँथे। संसार भरबाटै खबर आउने गरथ्यो। पहिला पहिला त म यत्तीकै मानिसहरुको लागि सहयोग गर्न चाहन्थे। पछि यसको बदलामा पैसा लिन थालेँ।ु

उनी सँग सहयोग माग्नेहरु धेरै जसो धनी मानिसहरु थिए। उनीहरु साउदी अरब जस्ता गल्फ मुलुकका धनाढ्यहरु थिए। फिलिप अहिले २५ बर्षका भए। एक समय उनीसँग दश जनाले काम गर्थे। उनीहरुले एक ग्राहकसँग १३० देखि ४२० पाउण्डसम्म लिने गर्थे।
फेसबुक(ट्विटर अपडेट गर्ने खेताला
डेन कोबेन मार्केटिंग एजेंसी एफएसटी ग्रुपमा सोशल मिडिया विशेषज्ञ हुन्। उनी एक समय ग्राहकको सोशल मिडिया एक्टिभिटी गर्ने काम गर्थे। एक समय यस्तो पनि थियो एकै साथ १५ मानिसको अकाउन्ट चलाउथे।

ुकेही मानिस यस्ता हुन्छन् जो आफैँमा ब्राण्ड हुन्ु, एनले भन्छन्( प्रोफाइलमा मुस्कान देखाउने वा नदेखाउने या गम्भीर देखाउने या न देखाउने भन्ने यस्ता कुराले यस्ता मानिसको जीवनमा प्रधानता पाउँछ।ु उनीहरुका लागि यस्ता कम्पनीले काम गर्छन्। उनीहरुले सामाजिक संञ्जाल फेसबुक तथा ट्विटरको लागि पनि काम गर्छन्।
तस्वीर सुधार्ने पनि छन्
जेम ब्रेडलीले कम खर्चमा तस्वीर सुधार गर्ने काम सुरु गरेका छन्। उनले एक फोटोलाई राम्रो बनाउनको लागि १० पाउण्ड शुल्क लिन्छन्। केही मानिस आफ्ना पूराना तस्वीरको नयाँ बनाएर सोशल मीडियामा सेयर गर्न चाहन्छन्। तस्विरलाई राम्रो बनाउनको फोटो बुझेको मान्छेको आवश्यकता पर्छ। यसको लागि उनीजस्ता मानिसले सहयोग पुर्यााउँछन्। पुराना तस्वीर जो बिग्रनै लागेका हुन्छन् त्यस्ता तस्वीरहरुलाई सुधार गर्नु उनको काम हो। उनका अनुसार तस्वीरको सुधार गर्नको लागी युवाहरु भन्दा उमेर ढल्केका मानिसहरु आउने गर्छन्।

सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला

मोबाइल टेक्स म्यासेज ९एसएमएस० रिप्लाई गर्दा सतर्क हुनु पर्ने अवस्था आएको छ। तपाईंको एसएमएस रिप्लाई ह्याकरको हातमा पुग्न पनि सक्छ। सुरक्षा विशेषज्ञहरुका अनुसार मोबाइल फोनको सिम कार्डबाट जासुसीको खतरा बढ्दै गएको हो। यो प्रविधिमार्फत् ह्याकरले तपाईंको मोबाइको सबै डाटा चोर्न पनि सक्छन्। यसका लागि तपाइँलाई ह्याकरले कुनै खास सन्देश पठानेछन्। मोबाइल फोन सुरक्षा विशेषज्ञ कास्टन नोलले भनेका छन्— ुअपराधीहरुले यो प्रविधिको गलत प्रयोग गरेर प्रयोगकर्ताको निजी कुराकानी सुन्न पनि सक्नेछन् र उसको ब्यालेन्स चोर्न पनि सक्छन्।ु

मोवाइल कम्पनिसँग सम्वन्धित संस्था जीएसएमएले यो पछिल्लो जानकारी बारे आफुले अनुसन्धान गरिरहेको बताएको छ ।
कसरी हुन्छ ह्याकिङ
नोलले यस प्रकारको खतराको पहिलो जानकारी आफ्नो बर्लिनस्थित कम्पनी सुरक्षा अनुसन्धान प्रयोगशालाको वेबसाइटमा जारी गरेको बताएका छन् ।

सिम ९सस्क्राइबर आइडिन्टिटी मोड्यूल० कार्ड ले प्रयोगकर्ताकोे नेटर्वकसँग जोडिएको उसको पहिचानको प्रमाणित गर्छ । यसमा केही मात्रामा डाटाहरु पनि रहने गर्छन् । म्यासेज, सम्पर्क नम्बर तथा केही ऐप्लिकेशनसँग सम्वन्धित जानकारीहरु यसमा हुन्छन् । यो कार्डमा बैंकिग सेवा सँग जोडिएको जानकारी समेत हुने गर्छ । नोलले भनेका छन् कुनै उपकरणबाट सन्देश पठाएर प्रयोगकर्ताको पासवर्डको पत्ता लगाउने बाटो उनीहरुले पहिल्याएका छन् । उनका अनुसार धेरै जसो फोनको फर्जी हस्ताक्षरको पहिचान गरी सम्पर्क काटिन्छ तर एक चौथाईले भने एरर म्यासेजको रिप्लाई गर्छन् जसमा सिमको पासवर्डको केही अंश हुन्छ । अफ्रिकामा मानिसहरु बैंक सेवाको लागि मात्र सिम कार्ड सुरक्षा प्रणाली अपनाउने गर्छन् ।

यो प्रणाली केही समय सुरक्षित मानिए पनि यसको कोड पत्ता लगाउन सजिलो भै सकेको नोलको भनाइ छ ।

उनले भनेका छन् ह्याकरसँग यो जानकारी एक पटक हात प¥यो भने यो प्रोग्रामिङ भाषा ुजाभाु मा लेखेर सिमको डाटा डाउनलोड गर्न सक्ने छन्। उनीहरुले सिमबाट तपाईको निगरानी पनि गर्न सक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।

अपरेटरहरुले भने ३ जी वा ४ जी कलमा यो सम्भव नभएको दाबी गरेकाछन् । तर सिमकार्ड सम्म पहुँच भयो भने यो पनि सम्भव हुने छ नोलको भनाई छ । नोलको शोधका अनुसार १० सिम मध्ये ८ सिम कार्डमा यस प्रकारको खतरा रहेको छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center