हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, September 24, 2013

कुनै सफ्टवेयरको प्रयोग बिना मोबाइलमा Youtube भिडियो डाउनलोड गर्नुहोस |

मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन । 

तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ । 
तरीका यस्तो छ : 
 
. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस । 

२. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ : 
m.youtube.com/somecontent/ 

३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ : 
ssyoutube.com/somecontent/ 

र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।

Monday, September 23, 2013

३६ घन्टामा ९० लाख आइफोन बिक्री

न्युयोर्क( एप्पलको पछिल्लो उत्पादन आइफोनले अहिलेसम्मका सबै पुराना रेकर्ड तोडेको छ। विश्व बजारमा एप्पलले ३६ घन्टामा ९० लाख आइफोन बिक्री गरेको छ। कम्पनीका दुई नयाँ आइफोन ५ एस र ५ सी को माग विश्व स्मार्टफोन बजारमा उच्च देखिएको हो।

एप्पलका अनुसार आइफोन ५ एसको माग उसको उपलब्धता भन्दा बढी आएको छ। आइफोनको माग बजारमा चुलिएपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ। बजारमा आइफोनको माग ह्वात्तै बढेसँगै एप्पलको सेयर ६ प्रतिशतले बढेको छ। यस अघि एप्पलको सेयर वृद्धिदर ४ प्रतिशत थियो।

कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले नयाँ आइफोनको बजारमा माग बृद्धि भएको उल्लेख गरे। आइफोन ५ एसको पहिलो उत्पादन बिक्री भइसकेको र बढ्दो मागलाई ख्याल गर्दै यसलाई बढी भन्दा बढी मात्रामा बजारमा ल्याउन लागिएको कुकुले बताए।

एप्पलले सेयर बजारका अधिकारीलाई पठाएको पत्रमा कम्पनीको मुनाफा वर्षको अन्तिमतिर ३४ अरबबाट ३७ अरब डलर पुग्नसक्ने बताएका छन्।


राइनो शील्ड: अहिले सम्मकै सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर

यदि तपाइँसंग महंगो फोन छ, र तपाइँलाइ यो खस्ला र फुटला भन्ने चिन्ता लागिरहन्छ भने अब चिन्ता नगर्नुहोस् । फोन खस्दा सबैभन्दा क्षति भनेको यसको स्क्रीन फुट्नाले हुने गर्दछ । अब संसारको सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर आएपछि यस कुराको चिन्ता नलिए पनि हुने भएको छ । यस्तो स्क्रीन प्रोटेक्टर, जसमा सानो ह्यामरको चोटले पनि कुनै असर गर्दैन ।  
Rhino-Shileds
राइनो शील्ड नामको यस स्क्रीन प्रोटेक्टरलाइ तयार गर्ने इभोल्यूशन ल्याब्स ले बताए अनुसार निकै कडा टेस्टहरू पास गर्नमा यो सफल भएको छ ।  कागजको तीन तहहरूको बराबर मोटाई भएको यस ट्रान्सपरेन्ट स्क्रीन प्रोटेक्टरलाइ टेस्टिङका क्रममा खुट्टाले समे कुल्चिएको थियो, यस माथी ईंटाहरू खसालियो र यहाँसम्म कि ह्यामरले समेत यसलाइ हानियो । तर निर्माण कम्पनीले दावी गरे अनुसार यति गर्दा पनि यसमा कुनै प्रकारको स्क्रीनमा समस्या देखिएन ।
कम्पनीले बताए खनुसार यसलाइ बिशेष किसिमको पोलिमरबाट बनाइएको हो । जुन खस्दा खेरी उत्पन्न हुने शकलाइ पूर्ण एनर्जीका साथमा सोस्दछ र स्क्रीनलाइ नोक्सान हुन दिँदैन । कम्पनीले दावी गरे अनुसार यो प्रोटेक्टर आईफोन र सामसुङको स्मार्टफोन्सको स्क्रीनमा प्रयोग गरिएको गोरिल्ला ग्लासको तुलनामा पांच गुणा धेरै इनर्जीको शकलाइ झेल्न सक्दछ ।
यस स्क्रीन प्रोटेक्टरको मूल्य २० पाउण्डढ रहेको छ । यो प्रोटेक्टर शीट आईफोन 5, 5S र 5C मा फिट हुन्छ । यसले स्क्रीनको टचस्क्रीन सेन्सिटिभिटीमा पनि कुनै असर पर्दैन ।

नयाँ कम्पनीबाट ६० लाख मोबाइल थपिदै

निजी क्षेत्रका दूर सञ्चार सेवा प्रदायक कम्पनीहरु युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र स्मार्ट टेलिकमले ६० लाख मोबाइल फोन वितरण गर्ने भएका छन् ।
३०/३० लाख जीएसएम मोबाइल लाइन वितरण गर्ने ती कम्पनीको पूर्व योजना सर्वोच्च अदालतले गत साता गरेको एक फैसलाबाट कार्यान्वयनमा आउने भएको हो । दुई कम्पनीलाई एकीकृत लाइसेन्स दिने सरकारी निर्णयविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
Smart-Telecom
सीमित सेवाको लाइसेन्स पाएका कम्पनीलाई नेपाल दूर सञ्चार प्राधिकरणले एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो । यूटीएल र स्मार्ट टेलिकमले एकीकृत लाइसेन्स लिई सेवा विस्तारको योजना नियामक निकायमा पेश गरेका थिए ।
नेपाल दूर संचार प्राधिकरणले स्मार्टलाई एकीकृत लाइसेन्स दिइसकेको थियो भने यूटीएललाई पनि दिने निर्णय गरेर जारी गर्न बाँकी रहेको थियो । अदालतमा प्राधिकरणविरुद्ध मुद्दा दायर भएपछि योजना अलपत्र परेको थियो ।
सर्वोच्च अदातलले गत साता एकीकृत दूरसञ्चार अनुमतिपत्रका विषयमा परेका सात मुद्दा खारेज गरेको हो । सर्वोच्चको फैसलापछि कम्पनीहरुलाई लगानी र नेटवर्क विस्तारमा रहेका बाधा हटेका छन् । सर्वोच्चको फैसलाले दूरसञ्चार प्राधिकरणमा बाधा अड्काउ फुकाउमार्फत् गठन भएको बोर्डलाई पनि वैधता दिएको छ ।
दुई कम्पनीले प्राधिकरणसमक्ष एकीकृत लाइसेन्सको अनुमति माग्दा पहिलो चरणमा ३०-३० लाख जीएसएम लाइन विस्तार गर्ने प्रस्ताव गरेका थिए । सन् २०१४ सम्ममा पहिलो चरणको विस्तार सम्पन्न हुने कम्पनीहरुले बताएका थिए ।
एकीकृत दूरसञ्चार अनुमतिपत्र पाइसकेको स्मार्टले पहिलो चरणमा राजधानीसहित सहरी क्षेत्रमा जिएसएम मोबाइल सेवा विस्तारको काम गर्नेछ । उपकरण आयात, पूर्वाधार निर्माणलगायत काम सम्पन्न गर्न तीन महिना लाग्ने कम्पनीले जनाएको छ ।
अब यी कम्पनीले ल्यान्ड लाइन, सिडिएमए, जिएसएम मोबाइल, डाटा सेवा तथा अन्तर्राष्ट्रिय गेटवे सेवा बिक्री गर्न सक्नेछन् । त्यसमध्ये स्मार्टले चार महिनाभित्र सहरी क्षेत्रमा जिएसएम मोबाइल सेवा सुरु गर्ने बताएको छ । मोबाइल सेवा सुरु गरेर ३० लाख लाइन वितरण गर्न देशभर १ हजार ८ सयवटा बेस ट्रान्सिभर स्टेसन -बिटिएस) बनाउने उसको योजना छ ।
स्मार्टले सेवा विस्तारका लागि करिब ३० अर्ब थप लगानी गर्ने घोषणा गरेको छ । त्यसमध्ये प्रारम्भिक लगानी करिब ७ अर्बको हुनेछ । स्मार्टले उद्योग विभागबाट आफ्नो पुँजी १ अर्ब ५९ करोड ६० हजारबाट बढाएर ८ अर्ब ९८ करोड ४६ लाख १० हजार पुर्‍याउन स्वीकृति लिएको छ । लगानी विस्तारका लागि बेलायतको स्क्वायर स्टार इन्कबाट करिब ८ करोड अमेरिकी डलर ऋण सम्झौता गरिसकेको कम्पनीले जनाएको छ ।
स्मार्ट टेलिकमकको ग्राहक संख्या अहिले ७ लाख ५३ हजार २ सय ५४ रहेको छ । स्मार्टमा २० प्रतिशत स्वदेशी र ८० प्रतिशत विदेशी लगानी रहेको छ । यसमा लाल साहु डिस्टि्रब्युसन प्रालि सिंगापुरको ७० प्रतिशत, जिल्याट स्याटलाइट नेटवर्क लिमिटेडको १० प्रतिशत र स्क्वायर नेपाल प्रालिको २० प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीले पूर्वाञ्चलबाहेकका ३ सय ९८ गाविसमा कम्तिमा दुई लाइन टेलिफोन सेवा विस्तार गर्ने सर्तमा अनुमति पाएको थियो । हाल कम्पनीले ४० जिल्लाका ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरिरहेको छ ।
त्यस्तै, भारतीय सरकारी दूरसञ्चार कम्पनीको प्रमुख लगानी रहेको यूटीएललाई एकीकृत अनुमतिपत्र दिने निर्णय प्राधिकरणले गरे पनि कम्पनीले लाइसेन्स भने पाइसकेको छैन । लाइसेन्स हात पारेपछि यूटीएलले पहिलो चरणमा आठ सीडीएमए बीटीएस र ५ सय जीएसएम बीटीएस स्थापना गर्ने योजनामा बनाएको छ ।
यूटीएलले दोस्रो चरणमा थप ५ सय बीटीएस निर्माण गर्ने बताएको छ । उसले यो काम सन् २०१४ मे ६ भित्र सक्ने बताएको थियो । तर मुद्दाको कारण योजना अवधि पछि सर्ने भएको छ । यूटीएलले १० अर्ब लगानी थप गर्ने बताइसकेको छ । हाल यूटीएलका ७ लाख १९ हजार ३ सय ४१ प्रयोगकर्ता रहेका छन् ।
दुई कम्पनीले मोबाइल लाइन विस्तार गरेपछि अहिले तीव्र प्रतिस्पर्धामा रहेका नेपाल टेलिकम र एनसेललाई थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ । नेपाल टेलिकमले थप ५० लाख जीएसएम मोबाइल विस्तारको तयारीलाई तीव्रता दिइसकेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/09/118748/#sthash.eYJwPb8L.eG4jYezg.dpuf

यसरी ह्याक भयो नयाँ आइफोन

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो ।
iphone
चाओस कम्प्युटर क्लब नामक समूहले स्त्रिmनको सिसाको छेउँबाट उच्च रिजोलुसन युक्त तस्वीर लिएर त्यसलाई स्क्यान गरी पारदर्शी पत्रमा लेजर पि्रन्ट गरे । अनि त्यसलाई उड ग्लुले छोपेर ग्लु सुकेपछि पि्रन्ट कपी मात्र उप्काएर त्यसलाई आइफोनको सेन्सरमा दबाए अनि त्यसपछि आइफोन खोल्न सफल भए ।
एप्पलको आइफोन ५ एस सार्वजनिक समारोहमा एप्पलले यो नयाँ आइफोनमा रहेको फिंगरपि्रन्ट सेन्सर यसअघिका फिंगरपि्रन्ट प्रविधिभन्दा निकै सुरक्षित रहेको दाबी गरेको थियो । तर ह्याकरहरुले एप्पलको त्यस्तो दाबीलाई दुइ दिनमै झुटो सावित गरिदिएका छन् । एप्पलले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
चाओस कम्प्युटर क्लबलेले आफ्नो वेबसाइटमा यो कुराको प्रमाण पेश गर्न एक भिडियो समेत राखेको छ । जसमा कुनै बनाबटी पि्रन्टको सहायताले आइफोन ५ एस को लक कसरी खोल्न सकिन्छ भन्ने कुरा देखाइएको छ । उसले आफ्नो टोलीले कसरी आइफोनको फिंगर पि्रन्ट रिडरलाई क्र्याक गर्न सफल भयो भन्ने कुरा समेत सविस्तार बताएको छ ।
एप्पलको आइफोन ५ एस ह्याक गर्ने एक जना ह्याकर स्टारबगले औँठाछापलाई कुनैपनि चिजको सुरक्षाका लागि प्रयोग नगर्न सल्लाह दिएका छन् । उनका अनुसार हामीले विभिन्न ठाउँमा आफ्नो औँठाछाप छाडेका हुन्छौँ जसलाई कपी गर्न निकै सजिलो हुन्छ र गलत मानिसले त्यसको फाइदा उठाउन सक्छन् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center