हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, September 18, 2013

असुस कम्पनीको प्याडफोन इन्फिनिटी सार्वजनिक

 प्राविधिक सामानहरूको उत्पादक कम्पनी असुसले नयाँ प्याडफोन इन्फिनिटीको घोषणा गरेको छ । यो यस्तो फोन हो, जसलाइ प्याडफोन स्टेशनमा लगाएर ट्याबलेट जस्तै प्रयोग गर्न सकिन्छ । नया प्याडफोन इन्फिनिटी यस सीरीज को चौथो डिभाइस हो ।
asus-new-padfone-infinity
यस नयाँ प्याडफोन इन्फिनिटी मा 5 इन्च फुल एचडी (1920×1080 पिक्सेल्स) आईपीएस डिस्प्ले, 2.2 गीगाहर्त्ज क्वालकम स्न्यापड्रेगन 800 प्रोसेसर र एड्रिनो 320 जीपीयू (ग्राफिक्स प्रोसेसिङ यूनिट) रहेको छ । यो फोन एन्ड्रोइड 4.2.2 मा चल्दछ ।
यसको यूनिबडी फ्रेम ब्रश्ड आल्युमिनियम फिनिश भएको छ । यसमा पछाडिपट्टी एलईडी फ्लाशका साथ 13 मेगापिक्सेलको क्यामरा रहेको छ, जसले 1080p भिडियो रेकर्ड गर्न सक्दछ । यसमा 2 मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
यस अघिको प्याडफोन डक जस्तै यसमा पनि 10.1 इन्चको डिस्प्ले रहेको छ, जसमा एन्टि-फिङ्गर प्रिन्ट कोटिङ रहेको छ ।
फोनमा 2000mAh ब्याट्री रहेको छ ।
प्याडफोन इन्फिनिटी को मूल्य 640 अमेरिकी डलर र प्याडफोन स्टेशन को मूल्य 240 अमेरिकी डलर तोकिएको छ ।

Monday, September 16, 2013

फेसबुकले किन ल्यायो अटोप्ले भिडियो?

क्यालिफोर्निया — फेसबुक सामाजिक सञ्जालमा पहिलो स्थानमा छ। उसले यो स्थान सँधैका लागि कायम गर्न केही न केही नयाँपन दिने प्रयास गरिरहन्छ। अहिले फेसबुकले टेलिभिजनको जस्तै अटोप्ले भिडियोको नयाँ फिचर्स ल्याउने तयारी गरेको छ।
    फेसबुकले मोबाइल फोनमा अटोप्ले भिडियो फिचर्सको प्रयोग शुरु गरिसकेको छ। यस्तो भिडियो प्रयोगकर्ताको मोबाइल स्त्रिनमा बिनाआवाज अटोप्ले देखिनेछ। ुजब यूजर्सले भिडियोमा क्लिक गर्छ तब भिडियो आवाज सहित प्ले हुन्छु फेसबुकले ब्लग पोष्ट गर्दै भनेको छ। यो फिचर्सले एन्ड्रोइड र आईओएसको फेसबुक एप्समा काम गर्नेछ।

फेसबुकले अटोप्ले भिडियो फिचर्स ल्याउनुलाई प्रविधि विश्लेषकहरुले महत्वपूर्ण मानेका छन्। उसले प्रयोगकर्ताको सुविधान मात्र नभइ आफ्नो व्यापारमा महत्वपूर्ण फड्को मार्न नयाँ प्रविधितर्फ लागेको बताइएको छ। उसले भिडियो विज्ञापन सुरु गर्ने तयारीका लागि यो फिचर्स ल्याएको हुनसक्ने टेक ब्लगरहरुले अनुमान गरेका छन्।

भिडियो

Saturday, September 14, 2013

ट्विटरले सेयर जारी गर्ने

न्युयोर्क– माइक्रो ब्लगिङ साइट ट्विटर सञ्चालकले सेयर जारी गर्ने भएका छन् । गत वर्ष यस्तै प्रकृतिको फेसबुकले सवसाधारणलाई सेयर बिक्री गरेको थियो। अमेरिकी पुँजी बजार नियमक सेक्युरिटिज एक्सचेन्ज कमिसनमा सेयर जारी गर्नका लागि निवेदन दिएको खुलासा सञ्चालकहरुले ट्विटरमार्फत गरेका हुन्।

सात वर्षअघि सञ्चालनमा आएको ट्विटरका संस्थापक ज्याक दोर्से, बिज स्टोन र इभान विलियम्स हुन्। लगानीकर्ताहरु यसको मूल्यांकन १० अर्ब डलर गरेका छन्।

ट्विटरले भने कुन मूल्यमा सेयर जारी गर्न लागिएको भन्ने खुलाएको छैन । २०१३ मा ट्विटरले ५८ करोड ३० लाख डलर आम्दानी गर्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष उसको आम्दानी २८ करोड ८० लाख डलर कमाएको थियो । ट्विटरको प्रयोगकर्तामाझ देखापर्ने विज्ञापत उसको प्रमुख आम्दानीको स्रोत हो । हाल यसका २० करोड प्रयोगकर्ता छन् । तीनीहरुले दैनिक ५० करोडभन्दा बढी ट्विट गर्छन ।

सेयर जारी भएपछि ट्विटर विज्ञापनले भरिने र प्रयोगकर्ताका लागि झर्को लाग्ने हुनसक्ने अनुमान विश्लेषकले गरेका छन् । एक तिहाई प्रयोगकर्ताले स्मार्टफोनबाट ट्विटर चलाउँछन । मोबाइल संस्करणमा भने विज्ञापन देखिदैन । मोबाइलमा पनि विज्ञापन देखिने बनाउन उसले ३५ करोड डलरमा मोपब किनेको छ ।

लिंक्ड इन र फेसबुकपछि सेयर जारी गर्ने ट्विटर तेस्रो सामाजिक सञ्जाल हो । फेसबुकको सेयरमा सुरुमा ठूलो आकर्षण भए पनि दोस्रो बजारमा कारोबार सुरु भए पछि खस्किएको थियो ।

एप्पलको नयाँ आईफोनले लोभ्याउन सकेन

न्यूयोर्क, भाद्र ३०, एप्पलले हालै ल्याएको दुइ वटा नयाँ आईफोनलाइ जसरी बजारमा सार्वजनिक गर्यो त्यसले स्मार्टफोनको बजारमा विस्तारको उसको योजनाका बारेमा शंका उत्पन्न भएको छ ।  iphone
कम्पनीको शेयरमा गिरावट आएका कारण यो अनुमान गरिएको हो । साथै यसका बारेमा विश्लेषकहरूको टिप्पणी पनि निकै नराम्रो रहेको थियो । केही विश्लेषकहरूले बताए अनुसार एप्पलका नयाँ उत्पादनको मूल्यमा कुनै आकर्षक कमी गर्न असफल भएको छ ।
यसैले बढिरहेको बजारमा सीमित आय भएका वर्गहरूका मानिसहरू शायद नै धेरै आकर्षित हुनेछन । नयाँ उत्पादनहरूलाइ हेर्दै विश्लेषकहरूले भनेका छन कि अब यस कम्पनीका उत्पादनहरूले नयाँ उत्पादन भन्दै आफ्नो पुरानो अग्रणी स्थितिमा पुनः फर्किन सक्नेछैन ।
न्यूयोर्क शेयर बजारमा कम्पनी को शेयर ५.४ प्रतिशत तल झर्दै ४६७.७१ डलरमा बन्द भएको छ । स्मरणीय छ, प्रविधि क्षेत्रको यस प्रमुख कम्पनीले स्मार्टफोन को बजारमा आफ्नो रफ्तार फेरी पनि पक्रनका लागी केही दिन अघिमात्र दुइ वटा नयाँ आईफोन सार्वजनिक गरेको थियो ।

Friday, September 13, 2013

ब्ल्याकबेरी 9720 सार्वजनिक

भाद्र २८, ब्ल्याकबेरीले छिमेकी मुलुक भारतमा  नयाँ स्मार्टफोन ब्ल्याकबेरी 9720 लन्च गरेको छ । यसको मूल्य १५९९० भारतीय रूपैया (नेपाली रूपैयाँ २५६००) रूपैयाँ तोकिएको छ । यो फोन १४ सेप्टेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ।  blackberry-9720
ब्ल्याकबेरी 9720 कम्पनीको पुराने अपरेटिङ सिस्टम ब्ल्याकबेरी ओएस 7.1 मा चल्दछ । यसमा 806 मेगाहर्त्ज को प्रोसेसरका साथमा 512 एमबी र्याम रहेको छ ।
यसमा क्वार्टी कीपैडका साथमा 2.8 इंच को टचस्क्रीन पनि छ ।  स्क्रीनमा 214 पीपीआई (पिक्सल/इन्च) पिक्सेल डेन्सिटी का साथमा 480×360 पिक्सेल्सको रेज्यूलूशन रहेको छ ।
ब्ल्याकबेरी 9720 मा मल्टिकास्ट फीचर रहेको छ, जसको मद्दतले बिभिन्न सोशियल नेटवर्क्समा एक साथ पोस्ट गर्न सकिन्छ । यस फोनमा ब्ल्याकबेरी म्यासेन्जर (BBM) का लागी छुट्टै बटम रहेको छ । यसमा 512 एमबी इन्टरनल स्टोरेज छ भने यसमा 32 जीबी सम्मको मेमरी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा 3 जी, वाई-फाई, ब्लूटूथ र जीपीएस रहेको छ । एलईडी फ्लाशको साथमा 5 मेगापिक्सेलको मेन क्यामरा छ । यद्दपी यसमा फ्रन्ट क्यामरा भने छैन । यसमा स्टीरियो एफएम रेडियो र 1450mAh को ब्याट्री रहेको छ ।
कम्पनीले अहिले यसलाइ कालो र सेतो दुइ रङ्गमा उपलब्ध गराएको छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center