हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, September 4, 2013

सामसुङले ल्यायो ग्यालेक्सी नोट 3

भाद्र २०, सामसुङ कम्पनीने नयाँ नोट ग्यालेक्सी 3 ल्याएको छ । यो नोट ग्यलेक्सी नोट 2 को तुलनामा स्क्रीनको साइज भने ठुलो रहेको छ साथै यो केही पातलो पनि छ ।note3
 नोट 2 को 5.3 इन्चको स्क्रीन को तुलनामा नोट 3 मा 5.7 इन्चको स्क्रीन रहेको छ । एलटीई (4जी) भर्जनमा 2.3 गीगाहर्त्ज क्वाड-कोर प्रोसेसर रहेको छ । जबकि 3जी भर्जन मा 1.9 गीगाहर्त्ज अक्टाकोर प्रोसेसर रहेको छ ।
8.3 मिलीमीटर पातलो यस फ्याबलेटमा 3 जीबीक र्याम राखिएको छ भने 13 मेगापिक्सेल्सको क्यामरा रहेको छ । सामसुङले यसले 4K रेज्यूलूशन भएको भिडियो पनि  शूट गर्न सक्ने दावी गरेको छ ।  यो फ्याबलेट 168 ग्राम रहेको छ ।
 सामसुङका अनुसार उसले नोट 3 मा मल्टिटास्किङलाइ पहिले भन्दा राम्रो बनाएको छ । यस फोनमा यसको ‘एस-पेन’ लाइ पनि अझै राम्रो बनाइएको छ । यसमा फ्लोटिङ मेन्यू जस्तै गरि काम गर्न मिल्ने ‘एयर कमाण्ड्स’ जस्ता नयाँ फीचरहरू देखिनेछन । यसको पछिल्लो भाग भने प्लास्टिकको रहेको छ, तर यो 3 रंगमा फक्स-लेदर फिनिशका साथ उपलब्ध हुनेछ । सामसुङका अनुसार आगामी २५ सेप्टेम्बरमा यो फ्याबलेट संसारका १४९ वटा देशहरूमा लञ्च गरिनेछ । अक्टोबर सम्म संसारभर पुर्याइनेछ ।

स्मार्ट बन्नका लागि स्मार्ट फोन

म स्मार्ट हुनका लागि स्मार्टफोनको प्रयोग गर्छु।ु ट्विटरको टाइमलाइनमा गरिएको प्रश्नमा काठमाडौंकी समीक्षा निरौलाले स्मार्टफोनबाटै ट्विट गरिन्। सुरुमा जिस्किदै ट्वीट गरेकी निरौलाले पछी गम्भीर हुँदै भनिन्, ुविशेषगरी मेरो पढाईलाई स्मार्ट फोनको प्रयोगले निकै सहज बनाएको छ।ु केही कुराको जानकारी लिनका लागि उनी सिधै आफ्नो सामसङ ग्यालेक्सी ग्रान्डमा गुगल गरिहाल्छिन्। भर्खर प्लस टु सिध्याएकी निरौला फोनलाई कुनै ल्यापटप भन्दा कम सम्भ्किनन्।

इन्टरनेटको माध्यममा धेरैभन्दा धेरै एप्स चलाउनको लागि सजिलै जहाँपनि लैजान मिल्ने र चाहिएका बेला संसारको सबै जानकारी प्राप्त हुने भएकाले स्मार्ट फोनले उनलाई थप स्मार्ट बनाएको उनको अनुभव छ।
स्मार्टफोनले थप स्मार्ट बनाएको कुरामा पाल्पाका विजय नेपाल पनि सहमत छन्। सोनी एक्सपेरिया सिरिजको फोन बोक्ने उनी भन्छन्, ुस्मार्टफोनमा धेरै एप्स चलाउन पाइन्छ। धेरै जानकारी पाइन्छ।ु सजिलै इमेल चेक गर्न, गीत सुन्न, समाजिक सञ्जालमा भावना व्यक्त गर्न, साथीहरुसँग जोडिरहन उनलाई स्मार्ट फोनले निकै सहयोग गरेको छ। ुअहिले त जता गयो उतै वाइफाई सुविधा छ ु उनले भने ुत्यसैले पनि भाइबर, ह्वाट्सअपजस्ता एप्सबाट साथीभाई सँग मेसेज आदानप्रदान गर्न पनि सजिलो भएको छ। ु
स्मार्टफोन उच्च रिजुलोसनको टचस्त्र्किन भएका आधुनिक मोबाइल फोन हुन्। यसमा वाइफाइ र मोबाइल ब्रोडब्यान्डद्वारा उच्च गतिमा इन्टरनेट चलाउन सकिन्छ। साथै स्मार्टफोनको अपरेटिङ सिस्टमका आधारमा मोबाइल एप्लिकेसन ९एप्स० बजारबाट चाहिने एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। नेपाली बजारमा गुगलको एन्ड्रोइड, एप्पलको आइओएस, नोकियाको सिम्बियन, माइक्रोसफ्टको विन्डोज फोन र रिमको ब्ल्याकबेरी अपरेटिङ सिस्टमका फोन धेरै प्रचलित छन्। ब्रान्डमा भने एप्पलको आइफोन, नोकिया, सामसङ, सोनी, एलजी, मोटोरोला, ब्ल्याकबेरीजस्ता ब्रान्डेड फोन र भारतमा उत्पादन हुने स्पाइस, कलर्स, कार्बन, म्याक्रोम्याक्स, लाभालगायतका स्मार्टफोन बजारमा किन्न पाइन्छ। यसबाहेक चिनियाँ स्मार्टफोनहरु पनि नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन्छन्। बजारमा १० हजार देखि १ लाख रुपैयाँसम्म पर्ने स्मार्ट फोनहरु पाइन्छ।
ुस्मार्टफोनको सबैभन्दा ठूलो फाइदा भनेको एप्स हो।ु बल्खुुकी अदिती शर्मा भन्छिन्, ुआफूलाई चाहिएको एप्स इन्स्टल गर्‍यो। आफूलाई कहिलेकाहिँ मात्र चाहिने एप्स पनि चाहिदाँसम्म राख्यो अनि हटायो।ु सामसङ ग्यालेक्सी एस डुअस बोक्ने उनको मोबाइलमा फेसबुकमा च्याट गर्न फेसबुक मेसेन्जर, ट्विटर चलाउन ट्विटडेक, अंग्रेजी डिक्सनेरी, नेपाली पात्रो, भाइवर, फोटो अपलोड गर्न इन्स्टाग्राम, बार कोड स्क्यानरलगायतका एप्स छन्।
बसुन्धाराका इश्वर काफ्ले पनि सोसल मिडियामा ट्विटर, इन्स्टाग्राम चलाउन र गेम खेल्न स्मार्टफोन प्रयोग गर्ने गरेको बताउँछन्। ुअपरझट परेका बेला मोबाइलबाट इमेल चेक गर्न पठाउन सजिलो हुन्छ,ु उनी भन्छन् स्मार्ट फोनको एडिक्सन छुट्टै छु। मोबाइल फोटोग्राफीमा विशेष रुचि भएका उनलाई स्मार्ट फोनले झट्ट फोटो खिचेर इन्सटाग्राम र ट्विटरमा सेयर गर्न सजिलो बनाइदिएको छ। उनी सामसङ एस डुअसको स्मार्टफोन प्रयोग गर्छन्।
बेलायतमा बस्दै आएका काठमाडौं बैद्धका ङवाङ योन्तेन ग्यात्सोको स्मार्ट फोन प्रयोग भने अन्यको भन्दा भिन्न छ। उनले इमेल आदानप्रदान र संसारका विभिन्न जानकारी प्राप्त गर्नका लागि आइफोनको प्रयोग गर्छन्। ुकार्यालय प्रयोजनका लागि बढी प्रयोग हुन्छ। ुसामाजिक सञ्जालको प्रयोग गरी साथीहरुसँग कुराकानी गर्न र विशेष गरी नेपालको खबर पढ्नका लागि सधैं प्रयोग गर्छु ु उनले भने। बैंकिङलगायत अन्य जानकारी प्राप्त गर्नका लागि पनि स्मार्टफोन प्रयोग गर्ने गरेको उनले बताए। आइफोन फाइभ प्रयोग गर्दै आएका उनी सामाजिक कार्यमा समेत सक्रिय छन्। ग्यास्तोले विभिन्न सामाजिक कार्य गर्दा स्मार्ट फोनले सहयोग पुर्‍याएको बताउँछन्।

मोबाइल उठाउँदा एक रुपैयाँ कमाइ

मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होलारु कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले ुक्यास अन एडु नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।

ुएन्ड्रोइड अपरेटिङ सिस्टमु भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन गरेपछि एप्लिकेसन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगाना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेसन प्रयोग गर्न सकिन्छ। त्यसपछि मोबाइलमा घन्टी बज्नेबित्तिकै स्त्र्किनमा डिजिटल विज्ञापन बज्छ।

विज्ञापन हेर्न मन नभए सोझै फोन उठाउन सक्नुहुन्छ। नत्र कम्तीमा ६ सेकेन्ड त्यही विज्ञापन हेरेबापत् एक अमेरिकी सेन्ट कमाउन सकिन्छ। जति मोबाइल उठाउँदै गयो, अकाउन्टमा उति रकम जम्मा हुँदै जान्छ। कति पैसा जम्मा भयो भन्ने सूचना प्रत्येक कलपछि एप्लिकेसनमै आउँछ। १० डलर जम्मा भएपछि प्रयोगकर्ताले रकम निकाल्नसक्ने कम्पनीले जनाएको छ। रकम निकाल्न इसेवा भने लिनैपर्छ। अन्य देशका लागि पेपल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ।

औपचारिक रूपमा केही दिनभित्र सार्वजनिक हुन लागेको यो एप्लिकेसन गुगल प्लेमा राखेको २० दिन भइसक्यो। अहिलेसम्म करिब १० हजार डाउनलोड भइसके। सिरान टेक्नोलोजीले विश्वमै पहिलोचोटि यस्तो एप्लिकेसन निर्माण गरेको दाबी गरेको छ। कम्पनीका अध्यक्ष विश्वास ढकालले डिजिटल विज्ञापनलाई प्रभावकारी बनाउन मोबाइल स्त्र्किनमा विज्ञापन गर्ने एप्लिकेसन निर्माण गरेको जानकारी दिए।

ुयो एप्लिकेसनबाट धेरैभन्दा धेरै समूहमा प्रभावकारी रूपले विज्ञापन गर्न सकिन्छ,ु उनले नागरिकसँग भने, ुस्मार्टफोनको प्रयोग अहिले व्यापक भइसक्यो, अबका दिनमा विज्ञापनको सशक्त माध्यम यही हो।ु

यसअघि आधा दर्जन मोबाइल एप्स निर्माण गरेको सिरान टेक्नोलोजीले क्यास अन एडमा अहिलेसम्म पशुपति पेन्ट्स, कलर्स मोबाइल, बर्जर पेन्ट्स, बजाज मोटरसाइकल, आफ्नै कम्पनी लगायतको विज्ञापन राखेको छ। सम्बन्धित विज्ञापनदाता कम्पनी र एप्लिकेसन कम्पनीबीच सम्झौता भएपछि मोबाइलमा विज्ञापन बज्न थाल्छ। विज्ञापनदाताले तिर्ने शुल्कबाटै प्रयोगकर्तालाई पैसा दिने ढकालले बताए।

कम्पनीले यो एप्लिकेसन एकैचोटि १० भन्दा बढी देशमा सार्वजनिक गर्ने योजना बनाएको छ। ुयसले नेपाली एप्लिकेसनलाई विश्वव्यापी बजारमा पुर्‍याउने आशा गरेका छौं,ु ढकालले भने।

Tuesday, September 3, 2013

माइक्रोसफ्टले नोकियाको फोन युनिट किन्यो

 हेल्सिन्की– माइक्रोसफ्टले मोबाइल नोकियाको मोबाइल सेट युनिट किनेको छ। स्मार्टफोनका कारण बजारमा उपस्थिति गुमाउँदै गएको नोकियालाई माइक्रोसफ्टले ५।४४ बिलियन युरोमा किन्ने ुडिलु भएको हो।

सन् २०१४ मा यो डिलले पूर्णता पाउने रोयटर्सले जनाएको छ।

फोन युनिट माइक्रोसफ्टले किनेसँगै नोकियाका सिइओ स्टेफन इलोपले माइक्रोसफ्ट जोइन गरेका छन्। ुभविष्यका लागि यो यो निकै बोल्ड कदम होु, स्टेफनले भनेका छन्( ुयो कर्मचारी र सेयरहोल्डर, कम्पनी र उपभोक्ता सबैको विजय भएको छ।ु

सामङ र एप्पलले स्मार्टफोन ल्याएपछि कुनै बेलाको मोबाइल सेटको बादशाह नोकियाको बजार खस्केको थियो।

Sunday, September 1, 2013

अब फेसबुकले अनुहार चिन्नेछ !

भाद्र १७, यदि तपाइँ  फेसबुकमा मानिसहरूलाइ ट्याग गर्ने शोख राख्नुहुन्छ, तर झन्झट का कारण यस्तो गर्न मन पराउनु हुन्न भने यो खबर तपाइँका लागी निकै राम्रो हुन सक्दछ ।  fb
फेसबुक छिटैनै एउटा यस्तो अप्सन ल्याउने तयारीमा लागेको छ, जसले कुनै पनि फोटोलाइ आफैंले चिन्नेछ ।
जब तपाइँ कुनै  फोटोमा साथीहरूलाइ ट्याग गर्न चाहनुहुन्छ, त्यसबेला तपाइँलाइ हरेक व्यक्तिको नाम टाइप गरिरहनु पर्ने हुन्छ । यस अप्शन आएपछि भने फेसबुकले आफैं तपाइँको साथीको फोटो चिनेर नाम सजेष्ट गर्दछ । त्यसपछि तपाइँले मात्र ओके गर्दा हुन्छ ।
यद्दपी फेसबुकको यस अप्शन आउनु अघिनै प्राइभेसीलाइ लिएर मानिसहरूले प्रश्न गर्न शुरू गरिसकेका छन ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center