हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, September 4, 2013

मोबाइल उठाउँदा एक रुपैयाँ कमाइ

मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होलारु कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले ुक्यास अन एडु नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।

ुएन्ड्रोइड अपरेटिङ सिस्टमु भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन गरेपछि एप्लिकेसन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगाना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेसन प्रयोग गर्न सकिन्छ। त्यसपछि मोबाइलमा घन्टी बज्नेबित्तिकै स्त्र्किनमा डिजिटल विज्ञापन बज्छ।

विज्ञापन हेर्न मन नभए सोझै फोन उठाउन सक्नुहुन्छ। नत्र कम्तीमा ६ सेकेन्ड त्यही विज्ञापन हेरेबापत् एक अमेरिकी सेन्ट कमाउन सकिन्छ। जति मोबाइल उठाउँदै गयो, अकाउन्टमा उति रकम जम्मा हुँदै जान्छ। कति पैसा जम्मा भयो भन्ने सूचना प्रत्येक कलपछि एप्लिकेसनमै आउँछ। १० डलर जम्मा भएपछि प्रयोगकर्ताले रकम निकाल्नसक्ने कम्पनीले जनाएको छ। रकम निकाल्न इसेवा भने लिनैपर्छ। अन्य देशका लागि पेपल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ।

औपचारिक रूपमा केही दिनभित्र सार्वजनिक हुन लागेको यो एप्लिकेसन गुगल प्लेमा राखेको २० दिन भइसक्यो। अहिलेसम्म करिब १० हजार डाउनलोड भइसके। सिरान टेक्नोलोजीले विश्वमै पहिलोचोटि यस्तो एप्लिकेसन निर्माण गरेको दाबी गरेको छ। कम्पनीका अध्यक्ष विश्वास ढकालले डिजिटल विज्ञापनलाई प्रभावकारी बनाउन मोबाइल स्त्र्किनमा विज्ञापन गर्ने एप्लिकेसन निर्माण गरेको जानकारी दिए।

ुयो एप्लिकेसनबाट धेरैभन्दा धेरै समूहमा प्रभावकारी रूपले विज्ञापन गर्न सकिन्छ,ु उनले नागरिकसँग भने, ुस्मार्टफोनको प्रयोग अहिले व्यापक भइसक्यो, अबका दिनमा विज्ञापनको सशक्त माध्यम यही हो।ु

यसअघि आधा दर्जन मोबाइल एप्स निर्माण गरेको सिरान टेक्नोलोजीले क्यास अन एडमा अहिलेसम्म पशुपति पेन्ट्स, कलर्स मोबाइल, बर्जर पेन्ट्स, बजाज मोटरसाइकल, आफ्नै कम्पनी लगायतको विज्ञापन राखेको छ। सम्बन्धित विज्ञापनदाता कम्पनी र एप्लिकेसन कम्पनीबीच सम्झौता भएपछि मोबाइलमा विज्ञापन बज्न थाल्छ। विज्ञापनदाताले तिर्ने शुल्कबाटै प्रयोगकर्तालाई पैसा दिने ढकालले बताए।

कम्पनीले यो एप्लिकेसन एकैचोटि १० भन्दा बढी देशमा सार्वजनिक गर्ने योजना बनाएको छ। ुयसले नेपाली एप्लिकेसनलाई विश्वव्यापी बजारमा पुर्‍याउने आशा गरेका छौं,ु ढकालले भने।

Tuesday, September 3, 2013

माइक्रोसफ्टले नोकियाको फोन युनिट किन्यो

 हेल्सिन्की– माइक्रोसफ्टले मोबाइल नोकियाको मोबाइल सेट युनिट किनेको छ। स्मार्टफोनका कारण बजारमा उपस्थिति गुमाउँदै गएको नोकियालाई माइक्रोसफ्टले ५।४४ बिलियन युरोमा किन्ने ुडिलु भएको हो।

सन् २०१४ मा यो डिलले पूर्णता पाउने रोयटर्सले जनाएको छ।

फोन युनिट माइक्रोसफ्टले किनेसँगै नोकियाका सिइओ स्टेफन इलोपले माइक्रोसफ्ट जोइन गरेका छन्। ुभविष्यका लागि यो यो निकै बोल्ड कदम होु, स्टेफनले भनेका छन्( ुयो कर्मचारी र सेयरहोल्डर, कम्पनी र उपभोक्ता सबैको विजय भएको छ।ु

सामङ र एप्पलले स्मार्टफोन ल्याएपछि कुनै बेलाको मोबाइल सेटको बादशाह नोकियाको बजार खस्केको थियो।

Sunday, September 1, 2013

अब फेसबुकले अनुहार चिन्नेछ !

भाद्र १७, यदि तपाइँ  फेसबुकमा मानिसहरूलाइ ट्याग गर्ने शोख राख्नुहुन्छ, तर झन्झट का कारण यस्तो गर्न मन पराउनु हुन्न भने यो खबर तपाइँका लागी निकै राम्रो हुन सक्दछ ।  fb
फेसबुक छिटैनै एउटा यस्तो अप्सन ल्याउने तयारीमा लागेको छ, जसले कुनै पनि फोटोलाइ आफैंले चिन्नेछ ।
जब तपाइँ कुनै  फोटोमा साथीहरूलाइ ट्याग गर्न चाहनुहुन्छ, त्यसबेला तपाइँलाइ हरेक व्यक्तिको नाम टाइप गरिरहनु पर्ने हुन्छ । यस अप्शन आएपछि भने फेसबुकले आफैं तपाइँको साथीको फोटो चिनेर नाम सजेष्ट गर्दछ । त्यसपछि तपाइँले मात्र ओके गर्दा हुन्छ ।
यद्दपी फेसबुकको यस अप्शन आउनु अघिनै प्राइभेसीलाइ लिएर मानिसहरूले प्रश्न गर्न शुरू गरिसकेका छन ।

किन चाहियो डिजिटल क्यामेरा ?

विश्वले यसै साता १ सय ७४ औं फोटोग्राफी दिवस मनायो । त्यसै अवसरमा राजधानीमा स्टोरी साइकलले आयोजना गरेको ुटक(टकु कार्यक्रममा फोटोग्राफर स्वप्निल आचार्य आफ्ना बाबुले किनेको क्यामेराको स्टोरी सुनाउँदै थिए । उनका बाबुले पेन्टेक्स क्यामेरा किनेका थिए । त्यसमा रिल हाल्नु पथ्र्यो । रिल कहिले सकिएर धुलाउँदा भन्दै पर्खनु पर्ने १

उनले त्यस क्यामेरामा सिल्बर हेलाइड प्रविधिको रिल हालेर धेरै तस्बिर खिचे । त्यो क्यामेराको डेट एक्स्पायर भएपछि उनले क्याननको डिजिटल सिंगल(लेन्स रिफ्लेक्स ९डीएसएलआर० किनेका छन् । फोटोग्राफीका सौखिन उनी फोटो खिच्नासाथ फेसबुक, इन्स्टाग्राम, फ्लिकरलगायतका साइटमा शेयर गर्छन् । उनलाई त्यसो गर्न अहिले भने स्मार्ट फोनले सघाएको छ ।

ुमोबाइबाट तुरुन्तै सेयर गर्न सकिन्छ,ु उनले आफ्नो स्मार्टफोन देखाउँदै भने, ुबोक्न, खिच्न, शेयर गर्न सजिलो भएकाले कम्युनिकेसनसँगै यस ग्याजेटलाई क्यामेराको रूपमा यसलाई प्रयोग गर्न थालेको छु ।ु उनले विभिन्न समयका क्यामेराको कथा सुनाउदै गर्दा बजारमा कम्प्याक्ट क्यामेराको ब्यापार बुझ्न मन लाग्यो । एक दशकमै डाइनोसरझैं लोप भए रिल हाल्ने क्यामेरा ।

ती क्यामेरा अहिलेको पुस्तासम्मले देख्न पाउँदैछन । आगामी पुस्तालाई ती क्यामेरा देखाउन म्युजियम नै बनाउनु पर्ने अवस्था छ । त्यतिखेर कोडाक, यासिकालगायतका कम्पनीका क्यामेरा निकै चल्तीमा थिए । तिनमा कोडाक, कोनिका, फुजी, अग्फाजस्ता कम्पनीका रिल हालिन्थ्यो । रिलमा लाइट पर्न नहुने फोटो, उडी हाल्ने । फोटो खिची सकेपछि रिल अनलोड गर्नु पथ्र्यो, अनिमात्र धुलाउन पाइने ।

रिललाई पहिले डेभलप गरेर नेगेटिभ तयार गरिन्थ्यो । त्यसलाई धुलाएर फोटो निकालिन्थ्यो । डिजिटल प्रविधिले त्यसलाई विस्थापन गर्‍यो । चन्द्रमाको पहिलो तस्बिर खिच्ने कोडाक कम्पनी प्रविधिको विकासमा टिक्न नसकेर टाट उल्टियो । नेपालमा ५ वर्षअघि ३ सय ४५ कलरल्याबले फोटो धुलाउने मेसिन कौडीको भाउमा बेचे । कलर ल्याब एसोसिएसनका अनुसार यो व्यवसायमा १ अर्बभन्दा बढी लगानी डुब्यो ।

ती क्यामेराको बजार डिजिटल क्यामेराले लिए । सानो आकारका ९कम्प्याक्ट० डिजिटल क्यामेराले फोटो खिच्न सबैलाई निकै सजिलो भयो । न रिल हाल्नु पर्ने न धुलाउनु पर्ने । पछिल्लो समय सामाजिक संजालको चरम विकासले ती क्यामेराको उपयोगमा सघायो । फोटो खिच्यो, कम्प्युटरमा सारेर तुरुन्तै सामाजिक संजालमा अपलोड गर्‍यो । 

गुणस्तरीय फोटो खिच्ने क्यामेरा स्मार्टफोनमै उपलब्ध हुन थालेपछि भने कम्प्याक्ट डिजिटल क्यामेराको हविगत तिनै रिल हाल्ने क्यामेराको जस्तै हुने देखिएको छ । राजधानीका अधिकांश डिजिटल क्यामेरा पसलेको कुरा सुन्दा नयाँ प्रविधिका ९डिजिटल कम्प्याक्ट० क्यामेराको बजार बढ्नुको साटो घट्दै गएको छ । क्यानन क्यामेराको अधिकृत बिक्रेता प्रिम्याक्स इन्टरनेसनलका बजार प्रबन्धक दिनेश अग्रवालको भनाइमा अहिले कम्प्याक्ट क्यामेराको विक्री एक वर्षअघिको तुलनामा आधाभन्दा घटेको छ ।

ुएक वर्षअघिसम्म कम्प्याक्ट क्यामेरा महिनाकै ५ सयभन्दा बढी विक्री हुन्थे, उनले सुनाए, ुराम्रा क्यामेरा भएका मोबाइल आउन थालेपछि विक्री घटेर महिनामा २ सय ४० वटा जतिमात्र विक्री हुन थालेको छ । बजारमा कम्याक्ट क्यामेरा २२ मेगापिक्सेलसम्मका आएका छन् । स्मार्ट फोन भने ४१ मेगापिक्सेलसम्मका क्यामेरा भएका छन् । पानोरोमिक भ्युमा खिच्ने सुविधासमेत मोबाइलमै उपलब्ध हुन थालेको छ ।

अप्टिकल जुम भएका स्मार्टफोनसमेत बजारमा छन् । क्यामेरामा फोटो खिच्नासाथ सामाजिक संजालमा शेयर गर्ने सुविधा हुन्छ । फोटोलाई आफ्नो अनुकूल एडिटसमेत गर्न सकिन्छ । फोटो सेयर गर्न मिल्ने इन्स्टाग्राम, फ्किर, पिकासा, फेसबुक, गुगल प्लसलगायतका साइटको एप्ससमेत स्मार्टफोनमै उपलब्ध छ । बहुउपयोग गर्न सकिने स्मार्टफोनलाई क्यामेराका रूपमा समेत प्रयोगमा ल्याउन थालेपछि किन चाहियो कम्प्याक्ट डिजिटल क्यामेरा रु

कस्ता छन् राम्रो क्यामेरा भएका स्मार्टफोन ?
नोकिया लुमिया १०२० 
नोकियाको लुमिया सिरिजको १०२० स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामेरा छ । यसमा कार्ल जेस अप्टिक्स, अप्टिकल इमेज स्टाविलाइजेसन, अटोफोकस, जेनन एन्ड लेड फ्ल्यास छ । विन्डोज ८ अपरेटिङ सिस्टम प्रयोग भएको यो सेटमा ४।५ इन्चको एमोलेज क्याप्टिभ टच स्त्रिmन छ । क्वालकम एमएसएम ८९६० स्न्यापड्रागन चिप सेट डुएल कोर १।५ गिगाहर्जको प्रोसेसर भएको सेटमा २००० एमएचएको ब्याट्री भएकाले लामोसमय फोटो खिच्न प्रयोग गर्न सकिन्छ । 
मिल्ने मेमोरी, वाइफाइ, थ्रिजी र फोर जि सपोर्ट गर्ने भएकाले फोटो स्टोररसेयर गर्न सजिलो छ । यसमा २३०० एमएएचको ब्याट्रीभएकाले लामो समय फोटो खिच्न सकिन्छ ।

सोनी एक्स्पेरिया जेड
यसमा १६ एमपीको रियर क्यामेरा छ । यसमा टाढाको दृष्यलाई १० गुणासम्म नजिक ल्याउन सक्ने अप्टिकल जुम छ । अप्टिकल इमेज स्ट्याबलाइजेसन, जेनन फ्यास, १।९ मेगापिक्सेलको फन्ट क्यामेरा, १।५ गिगाहर्ज क्युएचडि एस एमोलेड डिस्प्ले छ । यसमा ८ जिवि इन्टरनल स्टोरेज, ६४ जिबिसम्म बढाउन

यसमा १३ मेगापिक्सेलका क्यामेरा छ । अगाडितिर २ मेगापिक्सेलको क्यामेरा पनि छ । टीएफटी क्याप्टिभ टचस्क्रिनभएको सेटमा फुल एचडी रेकर्डिङ सुविधा भएकाले राम्रो भिडियोसमेत खिच्न सकिन्छ । यसमा २३०० एमएएचको ब्याट्री छ ।

लजी अप्टिमस जि प्रो
यसमा पनि प्राइमरी क्यामेरा १३ मेगापिक्सेलको छ । यस्तै सेकेन्ड्री क्यामेरा २।१ मेगापिक्सेलको छ । यसबाट फुल एचडी भिडियो खिच्न सकिन्छ । ५।५ इन्चको १०८० पी फुल एचडी आईपीइस स्क्रिन ९४०० पीपीआई रिजोल्युसन० भएको यस सेटमा एकै पटक दुई क्यामेराबाट फोटो खिच्न र रेकर्डिङ गर्न सकिन्छ । यसमा ३१४० एमएएचको ब्याट्री भएकाले धेरै समय भिडियो रेकडिङरफोटो खिच्न सकिन्छ ।
माइक्रोम्याक्स क्यानभास ४ ए २१०
भारतीय कम्पनीले भर्खरै बजारमा ल्याएको यस सेटको मुख्य क्यामेरा १३ मेगापिक्सेलको छ । यसमा अगाडिको भागमा समेत ५ मेगापिक्सेलको क्यामेरा छ । ५ इन्चको एलसीडी एचडी क्याप्टिभ टच स्क्रिन भएकाले यसमा फुल एचडी भिडियो रेकर्ड गर्न पनि सकिन्छ । यसमा २००० एमएएचको ब्याट्री छ ।

 

लेनोभो के ९००



यसमा मुख्य क्यामेरा १३ मेगापिक्सेल र अगाडिको क्यामेरा २ मेगापिक्सेलको छ । यसमा ५।५ इन्चको एलसीडी क्याप्टिभ टच स्क्रिन छ । त्यस्तै २ गिगाहर्जको डुएल कोर प्रोसेसर ३२ जीबीसम्म बढाउन मिल्ने मेमोरी, फुल एचडी रेकडिङलगायतका सुविधाले डिजिटल क्यामेराले जस्तै तस्बिर खिचेर सेयर गर्न सकिन्छ ।

मोबाइलमा खतरा

 विश्वभरका व्यक्तिलाई प्रविधि प्रयोग गरेर अमेरिकी सरकारले चियो गरिरहेको उनले सार्वजनिक गरेका थिए । त्यसअघि पनि सोसल मिडिया गुप्तचरीका लागि प्रयोग हुन्छन् भन्ने अनुमान धेरैले गरेका हुन् ।

अब पछिल्लो कुराचाहिँ मोबाइलमा आएको छ । स्मार्टफोन प्रयोग गर्ने र त्यसमा पनि निःशुल्क फोन र एसएमएस गर्न दिने एप्लिकेसन चलाउनेको गोप्यता सजिलै भंग भइरहेको खुलासा भएको छ ।

कुरा हो, भारतमा भएको ह्याक्र्स कन्प्रmेन्सको । कार्यक्रममा इन्टरनेट सुरक्षा र ह्याकिङमा काम गर्ने युवाको जमातले एक चिनियाँ एप्लिकेसनमार्फत ग्राहकले पठाएको म्यासेजलाई प्रत्यक्ष चोरी गरेर देखाइदिएको थियो । जसले यस्ता एप्लिकेसनबाट व्यक्तिगत विवरण लिन, फोनमा भएका कुराकानी सुन्न, इमेल र ठेगानाबारे सजिलै जानकारी लिन सकिने देखायो ।

भारतमा पछिल्लो समय निःशुल्क फोन र एसएमएस गर्न दिने एप्लिकेसनको प्रचारप्रसार बढ्दै गएको समयमा यो कुरा महत्त्वपूर्ण भएको छ । जसलाई पछ्याउँदै नेपाली बजारमा पनि यस्ता एप्लिकेसन लोकप्रिय भइरहेका छन् ।

कन्प्रmेन्समा विदेशी सरकारले यस्ता एप्लिकेसनको प्रयोग गरेर जानकारी लिइरहेको हुन सक्ने अनुमान पनि लगाइयो । केही साता अघि मात्रै स्नोडेनले गरेको खुलासमा अमेरिकाले धेरै सूचना खोज्ने पाँचौं ठूलो मुलुक भारत रहेको पाइएको थियो । त्यसैले मोबाइल एप्लिकेसनको चियोले पनि भारतीय सूचना प्रविधि ज्ञातालाई हच्काएको छ ।

पछिल्लो समय बढाएको यस्ता चियोबारे खुलेरै विरोध पनि हुन थालेको छ । जसमा एक हुन् टिम बर्नस ली । वल्र्ड वाइड वेभ (डब्लूडब्लूडब्लू० का आविष्कारक लीले सर्वसाधारणको सूचना हेर्ने अमेरिकी र बेलायती प्रवृत्तिलाई नराम्रो भन्दै विरोध गरे । टाइम पत्रिकासँगको कुराकानीमा उनले युरोप र अमेरिकी मुलुकलाई मध्यपूर्वसँगै दाँजेका छन् । मध्यपूर्वमा सरकारले देखिने गरी चियो गर्ने तर पश्चिमा मुलुकमा यो लुकाएर हुने उनको भनाइ छ । यस्ता कामको जति नै ठूलो विरोध भए पनि जोखिम भने घट्न सकेको छैन । त्यसमा पनि पछिल्लो समय नयाँ प्रविधि आँखा चिम्लिएर भित्र्याउने मुलुकमा यस्ता गतिविधिको खतरा बढी छ ।

मोबाइल प्रयोगकर्ता र त्यसमा पनि स्मार्टफोनको प्रयोग बढ्दै गएपछि इन्टरनेटको जोखिम पनि मोडिएको कम्प्युटर एसोसिएसन अफ नेपालका द्वितीय उपाध्यक्ष नारायण न्यौपाने बताउँछन् । ुएन्ड्रोइड, आईओएसलगायत प्रयोग हुने मोबाइलको बढ्दो प्रयोगसँगै जोखिमका कुरा पनि अघि आएका छन्,ु उनी भन्छन्, ुजसलाई नियन्त्रण गर्न उपयुक्त संरचना हामीकहाँ छैन ।ु

सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट इन्टरनेटको प्रयोग र कारोबार बढ्दै गए पनि सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास भइनसकेको उनी बताउँछन् । पछिल्लो समय मोबाइल एप्लिकेसनमार्फत पनि बढ्न थालेको सबैखाले कारोबारले जोखिम अझ बढेको देखाउँछ ।

ुकर प्रणाली, बैंकिङ कारोबार, भूमिसुधार, व्यापारलगायतमा इन्टरनेट र विस्तारै मोबाइलको प्रयोग बढ्दै गएको छ,ु उनी भन्छन्, ुजसलाई सुरक्षित बनाउन थोरै पहल भएको छ ।ु सूचना मात्रै होइन रकमसम्म पुग्ने बाटो पनि इन्टरनेट र मोबाइल भएकाले जोखिम थप चुलिएको हो । ुमुख्य कुरा ग्राहक आफैं पनि यस्ता विषयमा जानकार हुनुपर्छ,ु न्यौपाने भन्छन् ।

मोबाइल सुरक्षासम्बन्धी काम गर्ने संस्था ट्रेन्ड मिक्रोले २०१३ मा स्मार्टफोनलाई भाइरसबाट हुने खतरा बढ्ने अनुमान सार्वजनिक गरेको छ । विशेषगरी एन्ड्रोइड स्मार्टफोनमा बढी देखिने र समस्या कम्प्युटरमा लाग्ने भाइरसभन्दा फरक हुने उसको भनाइ छ ।

हालै सार्वजनिक भएको अध्ययनले एक वर्षमा खतरनाक एप्लिकेसनको संख्या ३० हजारबाट बढेर १ लाख ७५ हजार पुगेको उल्लेख छ । यस्ता एप्लिकेसनबाट हुने खतरामा सूचना चुहावटदेखि हटाउन नमिल्ने विज्ञापनसम्म राखिएको छ । यस्ता एप्लिकेसनमार्फत सूचना निकाल्ने गिरोहले विस्तारै वित्तीय कारोबार गर्ने बैंकतर्फ ध्यान दिन थालेको कम्पनीले उल्लेख गरेको छ ।

थ्रीजी र वाईफाईको बढ्दो उपलब्धताले मोबाइलबाटै धेरै कुरा गर्नेको जमात बढाएको छ । यसको अर्थ स्मार्टफोनले कुराकानी र सम्पर्क गर्न सजिलो मात्र बनाएको छैन, सँगै जोखिम पनि बढाएको छ । सुरक्षा नहेरी एप्लिकेसन डाउनलोड गर्नेले विचार पुर्‍याउनुपर्ने बेला आएको छ । मोबाइलकै ब्यालेन्स हराउनेदेखि गोप्य कुराकानी सार्वजनिक हुनसम्म बेर लाग्दैन । 

इडवार्ड स्नोडेनको नाम विश्वभर फैलिन धेरै समय लागेन । अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वकर्मचारी स्नोडेनले गरेका खुलासाले धेरैलाई झस्कायो पनि ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center