हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 15, 2013

सामसुङलाई टक्कर दिन यस्तो हुँदैछ आईफोन..(फोटो फिचर)

एन्ड्रोइड अपरेटिङ सिस्टर र एण्ड्रोइडमा आधारित सामसुङका कारण पिडित बन्दै आएको एप्पल कम्पनीले आईओएस ७ सार्वजनिक गरेको छ । एप्पलले यो आइओएसमा व्यापक परिवर्तन गरेको छ ।
नयाँ आईओएसमा इन्टरफेसलाई पुर्णरुपमा रिडिजाइन गरिएको छ। यसमा धैरे अप्सनलाइ सहजै प्रयोग गर्न सकिने बताइएको छ ।
नयाँ आईओएस कस्तो देखिन्छ र कस्ता छन् यसका फिचर तस्विरमा हेर्नुस..
iOS_7_First_look
ios7-700
iOS 7 First look iOS 7 First look iOS 7 First lookiOS 7 First lookiOS 7 First look

रेकर्ड गर्न मिल्ने एलजी स्मार्ट टिभी बजारमा

एलजीको अत्याधुनिक ‘टाइम मेशिन’ प्रविधियुक्त स्मार्ट टिभी नेपाली बजारमा भित्रिएको छ । टाइम मेशिनले टिभीमा प्रत्यक्ष प्रशारण भएका दृश्यलाई लाइभ हेर्दा हेर्दै रिप्ले गरेर अगाडिको दृश्य हेर्न मद्धत गर्छ । यस्तो प्रविधियूक्त टिभी एलजीको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी समुह अन्र्तगतको सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा भित्राएको हो ।
मनपर्ने कार्यक्रम लाइभ हेर्न नपाउने व्यक्तिका लागि यो प्रविधियूक्त टिभी उपयोगी हुनेछ । यस्तो सुविधा एलजीले २०१३ को संस्करणमा ल्याएका स्मार्ट टिभीमा उपलब्ध छ । टिभीमा पछि आउने कार्यक्रम पनि पहिले नै सेट गरेर रेकर्ड गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालमा यो टिभी ३२ र ४२ इञ्चको साइजमा उपलब्ध छ । ३२ इञ्चको ‘एलए६२००’ मोडलको मूल्य ८७ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने ४२ इञ्चको ‘एलए६२००’ मोडलको मूल्य १ लाख ५४ हजार ७ सय ९० रुपैयाँ रहेको छ ।
LG-Time-Machine-TVs
टिभीमा टाइम मेशिनको रेकर्डिङ्ग क्षमतालाई चार प्रकारमा बाँडिएको छ । इन्टरनल रेकर्डिङ्गले टिभी दृश्यलाई मेमोरी कार्डमा सुरक्षित गर्दछ । वाच एण्ड रिकर्डले दर्शकले एउटा टिभी हेरिरहेका बेलामा पनि अर्को च्यानल रेकर्ड गर्दछ । सेड्युल्ड रेकर्डिङ्गले आउने कार्यक्रमको पहिल्यै टाइम सेट गरेर रेकर्ड गर्ने बताइएको छ । लाइभ प्ले ब्याकले दर्शकलाई दृश्य हेर्न, स्थगन गर्न, दृश्य उल्टाउन, सेभ गर्न र दोहोराएर हेर्न मद्धत गर्नेछ ।
एलजीको स्मार्ट टिभीमा एक घन्टाको दृश्य आन्तरिक मेमोरीले नै धान्न सक्छ । त्योभन्दा धेरैको सेभ गर्न एक्सटर्नल हार्ड डिस्कको प्रयोग गर्नुपर्ने हुन्छ । दर्शकले एउटै टिभीमा टु डी र थ्री डी जुन चाहे पनि रोजेर हेर्न सक्छन् ।
यो टिभीमा आफूसँग भएका मोबाइल, पेनड्राइभ र ल्यापटपमा भएका फाइलहरु पनि प्ले गरेर हेर्न सकिन्छ । यसले इन्टेलको वाइडाइ सपोर्ट गर्ने हुँदा ल्यापटपलाई वायरलेस टिभीमा डिस्प्ले गर्न सकिन्छ । त्यस्तै, यसले एमएचएल -केबल) अथवा मोबाइल एचडी लिंक पनि सपोर्ट गर्ने हुँदा मोबाइलको फाइल ठूलो पर्दामा प्ले गर्न सकिन्छ । यसलाई टिभीको म्याजिक रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । मोबाइलको फाइल टिभीमा हेरिरहँदा मोबाइलमा आफैं ब्याट्री चार्ज पनि हुन्छ ।
टिभीसँगै आउने एनएफसी स्टिकरसँग स्मार्टफोन ट्यागिङ्ग गरेर कन्टेन्ट आपसमा सेयरिङ्ग र मिररिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, डीएलएनएमार्फत टिभीमा मिराकास्ट र नेटवर्क फाइल ब्राउजर पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
यो टिभीमा टि्रपल एक्सडी इन्जिन छ, जसले कलर, कन्ट्रास्ट र क्लारिटीलाई उत्कृष्ट दृश्य बनाउन सक्छ । यसमा रहेको आईपीएस प्यानलले धेरै मानिसले विभिन्न कोणबाट हेर्दा पनि टिभीको गुणस्तरमा कुनै ह्रास हुँदैन । रिजोलुसन अपस्केलरले सामान्य खालको भिडियोको पनि गुणस्तर वृद्धि गर्न सघाउँछ ।

सेप्टेम्बर १० मा नयाँ आइफोन

आइफोन निर्माता कम्पनी एप्पलले आउँदो सेप्टेम्बर १० तारिखका दिन नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने भएको छ । टेक्नोलोजी ब्लग अल दिंग्स डी का अनुसार सेप्टेम्बर १० मा हुने विशेष समारोहमा आइफोनले आफ्नो नयाँ प्रडक्ट सार्वजनिक गर्नेछ । यद्यपि आइफोन आफैले भने यस बारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । एप्पलका प्रडक्टको सार्वजनिकिकरणलाई प्रविधि उद्योगको क्षेत्रमा निकै महत्वपूर्ण रुपमा लिइन्छ ।iphone
स्मरण रहोस् संचार संस्था रोयटर्सले गएको जुन महिनामा एप्पलको आगामी योजनाबारे खुलासा गरेको थियो । विभिन्न श्रोतलाई उधृत गर्दै रोयटर्सले एप्पलले अहिलेको भन्दा ठूलो स्क्रिन भएको तथा सस्तो मूल्यका आइफोन निर्माण गरिरहेको समाचार रोयटर्शले प्रकाशन गरेको थियो । एप्पलका प्रडक्टको सार्वजनिकीकरणलाई प्रविधि जगतमा निकै महत्वका साथ हेरिन्छ ।  नयाँ  आइफोनको नाम के रहला ? भन्ने विषयमा विभिन्न अड्कलबाजी समेत हुने गरेका छन् ।
केही समयपहिले एक साइटले प्रकाशन गरेको समाचार अनुसार एप्पलले एउटा मात्र नभएर दुइवटा आइफोन एकैचोटी सार्वजनिक गर्दैछ । त्यसमध्ये एउटा आइफोन सस्तो मूल्यको हुनेछ र त्यसको नाम आइफोन ६ हुनेछ । अर्को आइफोनको नाम आइफोन ५ एस हुने भविष्यवाणी उक्त साइटले गरेको थियो ।

विन्डोज ८.१ अक्टोबर १८ मा

माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो । विन्डोज ८ मा हराएको स्टार्ट बटन थप्दै अरु केही फिचर्स समेत थपेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ ।
8.1
माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेका हरुका लागि विन्डोज ८.१ निशुल्क रुपमा डाउनलोड गर्न पाउने सुविधा दिइनेछ । विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध गराइनेछ ।
विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी लगायतको सुधार अनुभुति गर्न सकिने माइक्रोसफ्टका ब्रान्डन ले ब्लान्कले आफ्नो ब्लग पोष्टमा जनाएका छन् ।
टचस्त्रिmन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि तथा केही आलोचना गरेपछि माइक्रोसफ्टले यसलाई सुधारेर विन्डोज ८.१ ल्याउन लागेको हो । विन्डोज ८ गएको वर्षको अक्टोबरमा सार्वजनिक गरिएको थियो ।

एसएमएसले सम्बन्ध बिगार्ला है !

यदि तपाईंको साथीसँग असमझदारी उत्पन्न भएको छ र एसएमएस मार्फत गुनासो अथवा रिस
पोख्ने तयारीमा हुनुहुन्छ भने ख्याल गर्नुहोस्, त्यसले तपाईंहरुबीचको सम्बन्ध नै धरापमा पार्न सक्छ । भेट्ने, घुम्न जाने, बजार जाने, डिनर लगायतका पूर्व निर्धारित योजना कारणबश स्थगित हुँदा तपाइलाईं आफ्नो साथीसँग रिस उठ्छ र रिस पोख्ने माध्यम एसएमएस बन्न जान्छ । अनि शुरु हुन्छ, एसएमएस युद्ध । यस्तो एसएमएस युद्धले तपाईंको सम्बन्धमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने मनोचिकित्सक बताउँछन् । ‘लिटिल व्हाइट बायज’ पुस्तकका लेखक तथा मनोचिकित्सक इश मेजरका अनुसार तपाईंले एसएमएस पठाउँदा यो सोच्नुहुन्न कि साथीलाई पठाइएको शब्दले उसलाई कस्तो प्रभाव पार्छ भनेर । एसएमएस पठाइसकेपछि त्यसको प्रभाव बाहिर देखिनु पहिले नै तपाईंहरुबीच एसएमएस युद्ध शुरु भैसक्छ । ‘तँ तँ र म म’ को स्थिति सिर्जना हुन्छ । भविष्यमा तपाईंको सम्बन्धमा सानासाना कुराको पनि ठूलो प्रभाव पर्न थाल्छ । ‘आई एम राइट, यू आर रङ’ का लेखक तथा मनोचिकित्सक जेवियर अमेडर भन्नुहुन्छ ‘एसएमएसबाट प्राप्त हुने जानकारी आमनेसामने हुँदा भन्दा तीनगुणा कम हुन्छ । तपाईं आफ्नो साथीको अनुहारको हाउभाउ देख्न सक्नुहुन्न र आवाज पनि सुन्न सक्नुहुन्न । यसकारण तपाईंको सम्बन्धमा चाँडै नै तनाव बढ्न जान्छ । त्यसैले असमझदारी हटाउन भेटेर कुराकानी गर्नु राम्रो हुन्छ ।’ अमेडरका अनुसार एसएमएस गर्दा केवल तर्क मात्र हावी हुन्छ, तर भेट्नुभयो भने भावना पनि साटासाट हुन्छ । ‘एसएमएसले तपार्इंलाई बढि आदर्शवादी बनाउँछ’ उहाँ भन्नुहुन्छ । त्यसैले मनोचिकित्सकहरु भन्छन् ‘साथीसँग मतभेद छ भने सक्नुहुन्छ भेटेर कुरा गनुहोस्, सक्नुहुन्न फोनमा भएपनि सिधा कुरा गर्नुहोस्, भुलेर पनि एसएमएस नगर्नुहोस् ।’

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center