हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 15, 2013

विन्डोज ८.१ अक्टोबर १८ मा

माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो । विन्डोज ८ मा हराएको स्टार्ट बटन थप्दै अरु केही फिचर्स समेत थपेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ ।
8.1
माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेका हरुका लागि विन्डोज ८.१ निशुल्क रुपमा डाउनलोड गर्न पाउने सुविधा दिइनेछ । विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध गराइनेछ ।
विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी लगायतको सुधार अनुभुति गर्न सकिने माइक्रोसफ्टका ब्रान्डन ले ब्लान्कले आफ्नो ब्लग पोष्टमा जनाएका छन् ।
टचस्त्रिmन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि तथा केही आलोचना गरेपछि माइक्रोसफ्टले यसलाई सुधारेर विन्डोज ८.१ ल्याउन लागेको हो । विन्डोज ८ गएको वर्षको अक्टोबरमा सार्वजनिक गरिएको थियो ।

एसएमएसले सम्बन्ध बिगार्ला है !

यदि तपाईंको साथीसँग असमझदारी उत्पन्न भएको छ र एसएमएस मार्फत गुनासो अथवा रिस
पोख्ने तयारीमा हुनुहुन्छ भने ख्याल गर्नुहोस्, त्यसले तपाईंहरुबीचको सम्बन्ध नै धरापमा पार्न सक्छ । भेट्ने, घुम्न जाने, बजार जाने, डिनर लगायतका पूर्व निर्धारित योजना कारणबश स्थगित हुँदा तपाइलाईं आफ्नो साथीसँग रिस उठ्छ र रिस पोख्ने माध्यम एसएमएस बन्न जान्छ । अनि शुरु हुन्छ, एसएमएस युद्ध । यस्तो एसएमएस युद्धले तपाईंको सम्बन्धमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने मनोचिकित्सक बताउँछन् । ‘लिटिल व्हाइट बायज’ पुस्तकका लेखक तथा मनोचिकित्सक इश मेजरका अनुसार तपाईंले एसएमएस पठाउँदा यो सोच्नुहुन्न कि साथीलाई पठाइएको शब्दले उसलाई कस्तो प्रभाव पार्छ भनेर । एसएमएस पठाइसकेपछि त्यसको प्रभाव बाहिर देखिनु पहिले नै तपाईंहरुबीच एसएमएस युद्ध शुरु भैसक्छ । ‘तँ तँ र म म’ को स्थिति सिर्जना हुन्छ । भविष्यमा तपाईंको सम्बन्धमा सानासाना कुराको पनि ठूलो प्रभाव पर्न थाल्छ । ‘आई एम राइट, यू आर रङ’ का लेखक तथा मनोचिकित्सक जेवियर अमेडर भन्नुहुन्छ ‘एसएमएसबाट प्राप्त हुने जानकारी आमनेसामने हुँदा भन्दा तीनगुणा कम हुन्छ । तपाईं आफ्नो साथीको अनुहारको हाउभाउ देख्न सक्नुहुन्न र आवाज पनि सुन्न सक्नुहुन्न । यसकारण तपाईंको सम्बन्धमा चाँडै नै तनाव बढ्न जान्छ । त्यसैले असमझदारी हटाउन भेटेर कुराकानी गर्नु राम्रो हुन्छ ।’ अमेडरका अनुसार एसएमएस गर्दा केवल तर्क मात्र हावी हुन्छ, तर भेट्नुभयो भने भावना पनि साटासाट हुन्छ । ‘एसएमएसले तपार्इंलाई बढि आदर्शवादी बनाउँछ’ उहाँ भन्नुहुन्छ । त्यसैले मनोचिकित्सकहरु भन्छन् ‘साथीसँग मतभेद छ भने सक्नुहुन्छ भेटेर कुरा गनुहोस्, सक्नुहुन्न फोनमा भएपनि सिधा कुरा गर्नुहोस्, भुलेर पनि एसएमएस नगर्नुहोस् ।’

Wednesday, August 14, 2013

तीजको गीत : ब्लड प्रेस्सर हाइ ...

तीजको गीत : ब्लड प्रेस्सर हाइ ...
स्वर : खुमान अधिकारी र सान्ति सुनार

सित्तैमा मोबाइल पाउन खोज्दा २० जना घाइते

लन्डन–फोन निर्माता कम्पनी एलजीले आफ्नो नयाँ जी २ मोवाइलको प्रमोशनको लागि गरेको स्टन्टका क्रममा २० जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको छ। दक्षिण कोरियाको राजधानी सोलमा भएको यो घटनापछि एलजीले जी २ फोनको प्रमोशनको लागि तय गरेका कार्यक्रम रद्ध गरेको छ। हिलियमले भरिएको बेलुनभित्र राखिएको स्मार्टफोन प्राप्त गर्न सर्वसाधारण चरा मार्ने बन्दुक, छुरी र लठ्ठी लिएर पुगेका थिए।
   
कम्पनीले जारी गरेको विज्ञप्तीमा कोही पनि गम्भी घाइते नभएको बताइएको छ। एलजीले घटनाको जिम्मेवारी लिँदै सबै घाइतेको उपचार गरिदिने प्रस्ताव गरेको छ। ुभविष्यमा यस्तो घटना नहोस् भनेर सबै अनुसन्धान गर्दैछौुं, एलजीले विज्ञप्ति निकाल्दै भनेको छ।

एलजीले हिलियम ग्यास भरेका १ सय बेलुन हावामा छोडेको थियो। हरेक बेलुनमा सित्तैमा एउटा मोवाइल राखिएको थियो। कार्यक्रममा ुजी इन द क्लाउडु भनिएको थियो।

एलजीको स्मार्ट टेलिभिजन

एलजीले अत्याधुनिक ुटाइम मेसिनु प्रविधियुक्त स्मार्ट टेलिभिजन नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार उक्त मेसिनले टिभीमा प्रत्यक्ष प्रसारण भएका दृश्यलाई लाइभ हेर्दाहेर्दै रिप्ले गरेर अगाडिको दृश्य हेर्न सहयोग पुर्याीउँछ। एलजीको नेपालस्थित आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले हालै बजारमा ल्याएको यो टिभी मनपर्ने कार्यक्रम लाइभ हेर्न नपाउने व्यक्तिका लागि उपयोगी भएको कम्पनीले जनाएको छ।
   
टिभीमा पछि आउने कार्यक्रमसमेत पहिले नै सेट गरेर रेकर्ड गर्न सकिने छ। यस्तो सुविधा एलजीले २०१३ को संस्करण ल्याएका स्मार्ट टिभीमा उपलब्ध छ। नेपालमा यो टिभी ३२ र ४२ इञ्चको साइजमा उपलब्ध छ। ३२ इञ्चको एलए ६२०० मोडलको मूल्य ८७ हजार ९ सय ९० रुपैयाँ छ भने ४२ इञ्चको एलए ६२०० मोडलको मूल्य १ लाख ५४ हजार ७ सय ९० रुपैयाँ छ। यो टिभीमा मोबाइल, पेनड्राइभ र ल्यापटपमा भएका फाइल पनि प्ले गरेर हेर्न सकिन्छ। यसले इन्टलको बाइडाइ सपोर्ट गर्ने हुँदा ल्यापटपलाई वायरलेस टिभीमा डिस्प्ले गर्ने सकिन्छ। युएसबीको प्रयोग गरेर स्मार्ट फोनका सबै कन्टेन्ट हेर्न सकिने सुविधा पनि यस टिभीमा रहेको छ। त्यस्ता कन्टेन्टलाई रिमोट मार्फतनै फेरबदल गर्न सकिन कम्पनीले जनाएको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center