भाद्र ११, चाइनीज मोबाइल कम्पनी वीवोले
संसारकै सबैभन्दा पातलो स्मार्टफोन वीवो एक्स 3 सार्वजनिक गरेको छ । वीवो
एक्स 3 मात्र 5.75 मिलीमीटर मोटाइको रहेको छ । स्लीकनेसको मामलामा यो
स्मार्टफोनले वावे असेन्ड पी6 (6.18 मिलीमीटर) लाइ समेत पछि पारेको छ ।
यस फोनमा 720p को 5 इन्चको स्क्रीन, एक 1.5
गीगाहर्त्ज क्वाड-कोर मीडियाटेक प्रोसेसर र 8 मेगापिक्सेल को रियर क्यामरा
रहेको छ । जुन एलईडी फ्ल्याशका साथमा रहेको छ । यस बाहेक यसको फ्रन्ट
क्यामरा 5 मेगापिक्सेलको रहेको छ । X3 को र्याम 1 जीबी को छ, जसमा दुइ वटा
सिम कार्ड यूज गर्न सकिन्छ । यसमा 16 जीबी इन्टरनल मेमरी दिइएको छ । तर
यसमा मेमरी कार्ड रीडर छैन ।
वीवो ऐन्ड्रोइडको 4.2 जेलीबीन मा रन हुन्छ । चीनमा यो फोन २४९८ युआन ( नेपाली करिब ४२,०००) रहेको छ ।
स्लीकनेस फ्ल्यागशिपमा सहभागी कम्पनीहरूका फोनहरूमा सामसुङको ग्यालेक्सी एस4 को थिकनेस 7.9 मिलीमीटर र एचटीसी वन को 9.3 मिलीमीटर रहेको छ । तर सेप्टेम्बरमा रिलिज हुन लागेको उमेओक्स कम्पनीको X5 वीवोको एक्स3 भन्दा पातलो हुने अनुमान गरिएको छ ।

0 comments:
Post a Comment