नोकिया ५ सय १५ को आवरण एनोडाइज्ड स्याण्ड ब्लास्टेड आल्मुनियमबाट बनेको छ भने यसमा स्क्र्याच रेजिस्टेन्ट गोरिल्ला ग्लास टु तथा घाममा पनि चलाउन सकिने डिस्प्ले रहेको छ ।
यसमा २ दशमलव ४ क्युविजिए डिस्प्लेका साथै १६६ पिपिआई पिक्सेल डेन्सिटी छ । नोकिया ४० सिरिजको सफ्टवेयरअनुसार चल्ने यो मोबाइलमा ६४ एमबी र्याम छ ।
यसमा २५६ एमबी इन्टरनल मेमोरी रहेको छ भने माइक्रो एसडी कार्डबाट ३२ जिबीसम्म क्षमता बिस्तार गर्न सकिने सुविधा पनि उपलब्ध छ । एलइडी फ्ल्याससहितको ५ मेगापिक्सेलको रियर क्यामरा रहेको नोकिया ५ सय १५ मा सेल्फ सटका लागि भ्वाइस गाइडिङ सुविधा पनि समावेश छ ।
यसमा कनेक्टिभिटीका लागि ब्लुटुथ, जिपीआरएस, माइक्रो युएसबी र थ्रीजीको सुविधा रहेपनि वाइफाइको सुविधा भने छैन । तर फेसबुक, ट्वीटर, इमेल जस्ता केहि प्रि–लोडेड एप्लिकेशन पनि यसमा दिइएको छ ।
यसको सिंगल सिम लाग्ने सेटको तौल १०१ दशमलव १ ग्राम र डबल सिम लाग्ने मोबाइलको तौल १०२ दशमलव ७ ग्राम रहेको छ । यसमा ५ सय २८ घण्टासम्मको स्टाण्डबाई टाइम र १० घण्टाको टकटाइम दिने ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आउँदो नोभेम्बरबाट यसलाई जर्मनी, रुस, पोल्याण्ड, स्वीट्जरल्याण्डको बजारमा बिक्री सुरु गर्ने र त्यसपछि मात्रै एसियाली बजारमा उतार्ने जानकारी दिएको छ ।

0 comments:
Post a Comment