एकै सरोकारका तस्वीर अनलाईन मार्फत एकैचोटी शेयर गर्न र तस्वीरहरुलाई
विशिष्टीकरण गर्न सहज होस् भनेर फेसबुकले अनलाइन फोटो एल्बम शेयर सुविधा
थपेको छ । १० हजार वटासम्म तस्वीर आट्ने गरी साझा एल्बम बनाएर तस्वीर शेयर
गर्ने सुविधा फेसबुकले थपेको हो ।
फेसबुकका अनुसार यो सेवाको उपभोग गर्दै फेसबुक प्रयोगकर्ताहरुले समूह तयार गरी साझा एल्बम तयार पार्न र त्यसमा विभिन्न महत्वपूर्ण क्षणमा एक अर्काले खिचेका एकै सन्दर्भका तस्वीरलाई एकठाउँमा संग्रह गरी साथीहरुबीच शेयर गर्न सकिनेछ । फेसबुकमा यसअघि निजि फोटो एल्बममा केवल १ हजार वटासम्म मात्र तस्वीर अपलोड गर्न सकिन्थ्यो ।
फेसबुकका दिनहुँ करोडौँ तस्वीर अपलोड हुने गरेको सन्दर्भमा फेसबुके साथीहरुबीच तस्वीर शेयर गर्न अझै सजिलो होस् भन्ने उद्देश्यले शेयर्ड फोटो एल्बमको सेवा सुरु गरेको फेसबुकको भनाइ छ ।
यो फोटो एल्बम शेयर गरिसकेपछि त्यसरी शेयर गरिएकाहरु हरेकले त्यसमा तस्वीर थप्न, संसोधन गर्न, ट्याग गर्न सक्नेछन् । यद्यपि अहिलेको लागि यो सेवा केवल अमेरिकामा मात्र सुरु गरिएको छ । एक तथ्यांक अनुसार विश्वमा धेरै नवजात शिशुको जन्मेको एक घण्टाभित्रैमा फेसबुकमा तस्वीर अपलोड हुने गरेको छ ।

0 comments:
Post a Comment