भाद्र १३, एक चाइनीज कन्पनी गूफोन ले मात्र
100$ मा एप्पलको आईफोन 5सी को क्लोन ‘आई 5सी’ सार्वजनिक गर्ने तयारी
गरिरहेको छ । गूफोन ले यस फोनलाइ आगामी महिना लञ्च गर्न लागेको टेक
मिडियाहरूको समाचारमा जनाइएको छ । गूफोन ले यस अघि पनि एप्पलका कयौं फोनका
क्लोन्स हरू लञ्च गरिसकेको छ ।
अहिले सम्म सस्तो आईफोन आउने कुनै आधिकारिक
घोषणा भैसकेको छैन तर गूफोन ले यसको क्लोन बनाएर बाजी मारेको छ । यस अघि
पनि गत मार्चमा गूफोनले गूफोन आई 5एस रिलीज जारी गरेको थियो जुन एप्पलको
अनरिलीज्ड आईफोन 5एस को क्लोन थियो ।
बताइए अनुसार यस फोनको डिस्प्ले 4 इन्च (960×540 p) को हुनेछ । यो 1.2 गीगाहर्त्ज एमटीके 6572 प्रोसेसर मा चल्दछ । यस बाहेक यस फोनमा 1 जीबी र्याम, 8 मेगा पिक्सेलको रियर क्यामरा, 2 मेगा पिक्सेलको फ्रन्ट क्यामरा, 2000 mAh ब्याट्री, 4 जीबी स्टोरेज, 4.0 ब्लूटूथ, वाई-फाई, क्वाड ब्याण्ड जीएसएम, 3 जी कनेक्टिभिटी र 4.2 एन्ड्रोइड हुने बताइएको छ ।
यस आईफोन 5 सी को अफिसिशल लञ्च पछि तुरून्तै यसलाइ बजारमा बिक्रिका लागी ल्याइने कुरा कम्पनीले जनाएको छ ।

0 comments:
Post a Comment