नेपाल टेलिकमले आइपी सीडीएमए प्रविधिको
इभिडियो सेवामा नयाँ भोल्यूम बेष्ड डाटा प्याकेज ल्याएको छ । भदौ १६
गतेदेखि लागु हुने उक्त डाटा प्याकेज एसएमएस मार्फत सहज रुपमा प्राप्त गर्न
सकिने छ ।
सीडीएमएका ग्राहकहरुले आवश्यक रकम रिचार्ज
गरेर आफुलाई चाहिलने डाटा प्याकेज १४५६ मा एसएमएस पठाएर खरिद गर्न सक्ने
टेलिकमले जनाएको छ । टेलिकमले ५०० एमबी, २ जीबी, ५ जीबी र १० जीवी गरि ४
प्रकारका डाटा प्याकेज ल्याएको छ ।
यस्तो छ डाटा प्याकेज
सीडीएमए सेवाका ग्राहकहरुले इभिडियो
सेवामा आफुले प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम तथा भेलिडिटी पिरियड
‘बीएल’ टाइप गरि १४५६ मा एसएमएस पठाएर थाहा पाउन सक्ने टेलिकमले जनाएको छ ।
त्यस्तै, ग्राहकहरुले ‘हेल्प’ टाइप गरी १४५६ मा एसएमएस पठाएमा सिष्टमबाट
नै एसएमएस गर्ने तरिकासहितको म्यासेज समेत प्राप्त गर्न सक्नेछन् ।
टेलिकमका अनुसार यो एसएमएस सेवा निःशुल्क प्रयोज गर्न सकिने छ ।
टेलिकमले हाल इभिडियो डाटा नचल्ने पुराना
रिम कार्डहरुलाई इभिडियो चल्ने रिममा निःशुल्क परिवर्तन गर्ने व्यवस्था
गरेको बताएको छ । त्यस्तै, ग्राहकहरुले इभिडियो सेवाको रिम कार्ड प्रयोग
गरी भ्वाइस सेवाका साथै सीडीएमए स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप,
ट्याबलेट तथा इभिडियो डंगोलमार्फत ३.१ एमबीपीएस क्षमतामा इन्टरनेट चलाउन
सक्ने बताइएको छ ।
अहिले टेलिकमले इभिडियो सेवालाई बण्डलिङ
गरेर बिक्री वितरण गरिरहेको छ । बण्डलिङ मार्फत उपलब्ध हुने यो सेवा
ग्राहकहरुले २ हजार २ सय रुपैयाँ भुक्तानी गरेर खरिद गर्न सक्नेछन् । यो
सेवा लिने ग्राहकले १ जीबी मेमोरी सहितको इभिडियो डंगोल, एक सय रुपैयाँको
टक भेलु तथा मासिक १ जीबी डाटाको दरले ३ महीनासम्मको लागि ३ जीबी डाटा भएको
रिम कार्ड प्राप्त गर्नेछन् ।
टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका
सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा इभिडियो सेवा सञ्चालनमा
ल्याइसकेको छ । कम्पनीलेे इभिडियो सेवालाई ‘स्काइ प्रो’ को ब्राण्डमा
बिक्री वितरण गरिरहेको जनाएको छ ।
0 comments:
Post a Comment