गुणस्तरिय
सेवा दिन नसकेर सधै आलोचना खेप्दै आएको टेलिकमले पछिल्लो समय सेवा
सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । राजधानीमा २ सय ६५ बिटिएस परिवर्तन
गर्ने कार्यक्रम रहेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो ।
करिव २ हप्ता अगाडीदेखि बिटिएस परिवर्तन गर्न थालेको टेलिकमले अहिलेसम्म
विभिन्न स्थानमा ७० वटा परिवर्तन गरिसकेको उहाँको भनाई छ । कीर्तिपुरबाट
बिटिएस परिवर्तन गर्न सुरु गरेको टेकिमले पाटन, स्विचाटार, कोटेश्वर,
कुमारीपाटी, सानेपा, नक्साल, बानेश्वर लगाएतका ठाउँमा बिटिएस परिवर्तन
गरिसकेको छ ।
बिटिएस परिवर्तन गर्ने काम सकिएपछि
राजधानीमा थि्रजी सेवामा ठूलो सुधार आउने टेलिकमका इञ्जिनियर निर्मल
घिमिरले बताउनुभयो । अत्यन्त न्यून गतिमा सञ्चालन भइरहेको थि्रजी इन्टरनेट
सेवा बिटिएस परिवर्तन गरेपछि ८ एमबिपिएसको उच्च गतिसम्म चल्न सक्ने
टेलिकमको दाबि छ । टेलिकमले राजधानीमा बिटिएस फेर्ने कास सिध्याएपछि
पोखरामा सुरु गर्ने बताएको छ ।
मोबाइलमा थि्रजी इन्टरनेट उच्च गतिमा चल्न थालेपछि राजधानीबासी दङ्ग पर्न थालेका छन् ।
0 comments:
Post a Comment