काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आˆना
आउटलेट खोलेर मोबाइल बिक्री गरिरहेको पारामाउण्ट इन्टरनेशनल
इलोक्ट्रोनिक्सले तीज अफरअन्तर्गत उच्च डिस्काउन्टमा सेट बिक्री गर्ने
जनाएको छ । पारामाउण्टका आउटलेट महावौद्ध, लगनखेल र ताम्राकार
कम्प्लेक्सबाट यो छुटको व्यवस्था गरिएको हो ।
हिन्दू महिलाहरुको महान् चाड तीजको अवसरमा
न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा साउन २३ गतेदेखि १ महिना मोबाइल
मर्मतमा लाग्ने शुल्क नलिने र कुनै सामान परिवर्तन गर्नुपरेमा ५० प्रतिशत
छुट दिने पारामाउण्टले जनाएको छ । मोबाइल एसेसरिजमा ५० प्रतिशत छुट र सबै
मोबाइलका ब्राण्डहरुमा १० प्रतिशत छुट दिएको विज्ञप्तिमा उल्लेख छ ।
महावौद्धस्थित मोबाइल हाउसमा रहेको
पारामाउण्ट होलसेलबाट खुद्रा बिक्रेताहरुलाई पनि मोबाइल तथा एसेसरिजमा स्टक
रहुन्जेलका लागि भारी छुटमा खरिद गर्न सकिने कम्पनीको भनाइ छ । लाभा,
जिफाइभ, डिटिसी, नोकिया, सामसुङ, कार्बन र कलर्सका मोबाइल उपलब्ध हुनुको
साथै भारत र चीनमा उत्पादित अन्य सस्ता मोबाइल पनि रहेका बताइएको छ ।
0 comments:
Post a Comment