हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, September 19, 2013

सामसङको ७ लाख पर्ने टिभी नेपालमा, भिडियो फेसबुकमा सेयर गर्न मिल्ने

 नेपालका लागि सामसङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले युएचडी टिभी र रेफ्रिजिरेटर बजार ल्याएको छ । ५५ र ६५ इन्चका युएचडी टिभी र ३०५० रेफ्रिजिरेटर बुधबार सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार युएचडी टिभी आधुनिक तथा पातलो मेटलको डिजाइनमा रहेको छ । यसमा ८० लाख पिक्सेल छ। एसनाइन पिक्चर क्वालिटीले थ्रिडीको अनुभव दिन सक्नेछ । यसलाई अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्था युएल, टियुभी, रेनल्यान्ड र इन्टरटेकले अनुमोदन गरेका छन्।

यस्ता युएचडी टिभीमा सुपर युनिफर्मिटी, कलर, ल्युमिनेन्स, भिविङ एंगल र रिजोलुसनका लागि प्रसिद्ध रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा रेभुलुसनरी भ्वाइस कमान्ड पहिचान गर्ने प्रणाली र इन्ट्युटिभ मोसन सेन्सिङ प्रणाली छ, जसले रिमोट कतै हराए पनि खासै फरक पर्दैन ।

कसैले ुहाइ टिभीु भनेर वा हात हल्लाएर मात्र पनि यसमा भएका मुख्य काम च्यानल परिवर्तन गर्न वा ध्वनि क्रियाशील बनाउन सकिनेलगायत विशेषता छन् । प्रयोगकर्ताले टिभीमा भएका भिडियो, फोटो र अन्य उपलब्ध एप्लिकेसन प्रयोग गरेर सोसल मिडिया साइट ९फेसबुक र ट्विटर० मार्फत विषयवस्तु सेयर गर्न सकिन्छ । यस्तो ५५ इन्चको युएचडी टिभीको मूल्य ७ लाख ५० हजार र ६५ इन्चको ८ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

त्यसै गरी हिम इलेक्ट्रोनिक्सले टिभीसँगै सार्वजनिक गरेको सामसङ रेफ्रिजिरेटर ३०५० सिरिजबाट कम बिजुली खपत हुने कम्पनीले जनाएको छ । यसमा साधारण पावर–कन्जुमिङ बल्बको सट्टा डिजिटल कन्जुमिङ इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ । यसमा १० वर्षको वारेन्टी दिइएको छ ।

यसको दुबै भागमा कुल प्याक विशेषताका साथै म्वाइस्ट फ्रेस जोनजस्ता विशेषता पनि छन्, जसले खानेकुरालाई बिनाबिजुली आठ घन्टासम्म ताजा राख्ने कम्पनीको दाबी छ । यस्ता रेफ्रिजिरेटर ३३ हजारदेखि ४५ हजार रुपैयाँसम्ममा उपलब्ध छन्।

भारतीय बजार ताक्दै सामसङ

नयाँ दिल्ली– विश्व प्रशिद्ध मोबाइल निर्माता कम्पनी सामसङले ग्यालेक्सी नोट ३ भारतमा पनी लन्च गरेको छ। सामसङको यो नयाँ फोनको मूल्य करिब ८० हजार नेपाली छ। पछिल्लो पटक भारतमा एन्ड्रोइड फोनको बजार बढेपछि सामसङले भारतलाई आफ्नो नजरमा राख्दै आएको हो। नोट ३ सँगै उसले नयाँ उत्पादन ग्यालेक्सी गीयरको पनी भारतमा लन्च गरेको थियो।

जनसंख्याको हिसाबले र फोन प्रयोगको दृष्टिले भारत महत्वपूर्ण मानिएकाले पनि सामसङले भारतमा आफ्नो बजार बढाउन चाहिरहेको छ। भारतीय फोन निर्माता कम्पनीसँग भने उसले कडा प्रतिस्पर्धा गर्नुपर्ने निश्चित छ। कम मूल्यमा बजारमा आफ्नो दबदबा बनाएका कम्पनीहरु उसका चुनौती हुन्।
भारतीय बजारलाई विशेष किससिमबाट हेर्दै नोट ३ भारतबाट पनि लन्च गरेको बताइएको छ।
करिब १६८ ग्राम तौल रहेको नोट ३ मा १३ मेगापिक्सेलको हाइ क्वालिटी क्यामेरा लगाइएको छ। जसले गर्दा मानिसलाई क्यामेरा बोक्ने झन्झट गरिरहनु पर्दैन।
ग्यालेक्सी नोट ३ मा ३२०० एमएएचको ब्याट्री छ जुन अन्य तुलनामा लामो समय टिक्ने छ। यो फोन तीन रङमा ल्याइएको छ। ब्ल्याक, ह्वाइट र पिंक कलरमा फोन उपलब्ध छ।
सामसङले ग्यालेक्सी गियर पनि बजारमा ल्याएको छ जसको मूल्य ३२ हजारभन्दा माथि पर्ने बताइएको छ।
पछिल्लो पटक भारतमा आफ्नो बजारलाई तीब्ररुपमा अगाडि बढाइरहेको सामसङको नोट ३ र ग्यालेक्सी गियर दुबै सेप्टेम्बर २५ देखि भारतीय बजारमा उपलब्ध हुनेछन्। २५ सेप्टेम्बरमा औपचारिकरुपमा पाउने भनिए पनि बजारमा यो फोनको किनबेच सुरु भइसकेको छ। सामसङका भारत प्रमुख विनित टुटेजाका अनुसार नोट ३ को स्क्रीन साइज नबढाइ डिस्प्ले साइजमात्र बढाइएको छ। नोट ३ बजारमा ३ जीमा उपलब्ध हुनेछ, यसको ४ जी भर्सन पनी रहेको छ।
५।७ इन्चको फुल एचडी सुपर एमोसेड डिसप्ले स्क्रीन भिडियोले छुट्टै अनुभव दिनेछ। नोट ३ को एलटीइ भर्सनमा २१३ गीगाहटर्जको क्वाड प्रोसेसर छ। जबकि भारतमा महँगो ३ जी मोडलमा ११९ गीगाहटर्जको ओक्टाकोर प्रोसेसर छ।
यसमा ३ जीबीको र्या म तथा ३२ र ६४ जीबीको डिक्स स्पेस मेमोरी रहेको छ।
यता ग्लेक्सी गियरले ग्यालेक्सी सिरीजका लगभग सबै डिभाइसको साथ काम गर्न सक्नेछ। ग्यालेक्सी गियर अघिल्लो महिना आएको ट्याब्लेटको साथ पनि चल्नेछ।
नोट ३ मा ुफाइन्ड माइ मोबाइलु फिचरको अपडेट भर्सन यसमा उपलब्ध छ। यो फिचरको माध्यमबाट फोन हराएको अवस्थामा र चोरी भएको अवस्थामा फोनलाई निस्क्रीय बनाउन सकिन्छ जसले गर्दा फोनको लगत प्रयोग हुन नपाओस्।

Wednesday, September 18, 2013

असुस कम्पनीको प्याडफोन इन्फिनिटी सार्वजनिक

 प्राविधिक सामानहरूको उत्पादक कम्पनी असुसले नयाँ प्याडफोन इन्फिनिटीको घोषणा गरेको छ । यो यस्तो फोन हो, जसलाइ प्याडफोन स्टेशनमा लगाएर ट्याबलेट जस्तै प्रयोग गर्न सकिन्छ । नया प्याडफोन इन्फिनिटी यस सीरीज को चौथो डिभाइस हो ।
asus-new-padfone-infinity
यस नयाँ प्याडफोन इन्फिनिटी मा 5 इन्च फुल एचडी (1920×1080 पिक्सेल्स) आईपीएस डिस्प्ले, 2.2 गीगाहर्त्ज क्वालकम स्न्यापड्रेगन 800 प्रोसेसर र एड्रिनो 320 जीपीयू (ग्राफिक्स प्रोसेसिङ यूनिट) रहेको छ । यो फोन एन्ड्रोइड 4.2.2 मा चल्दछ ।
यसको यूनिबडी फ्रेम ब्रश्ड आल्युमिनियम फिनिश भएको छ । यसमा पछाडिपट्टी एलईडी फ्लाशका साथ 13 मेगापिक्सेलको क्यामरा रहेको छ, जसले 1080p भिडियो रेकर्ड गर्न सक्दछ । यसमा 2 मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
यस अघिको प्याडफोन डक जस्तै यसमा पनि 10.1 इन्चको डिस्प्ले रहेको छ, जसमा एन्टि-फिङ्गर प्रिन्ट कोटिङ रहेको छ ।
फोनमा 2000mAh ब्याट्री रहेको छ ।
प्याडफोन इन्फिनिटी को मूल्य 640 अमेरिकी डलर र प्याडफोन स्टेशन को मूल्य 240 अमेरिकी डलर तोकिएको छ ।

Monday, September 16, 2013

फेसबुकले किन ल्यायो अटोप्ले भिडियो?

क्यालिफोर्निया — फेसबुक सामाजिक सञ्जालमा पहिलो स्थानमा छ। उसले यो स्थान सँधैका लागि कायम गर्न केही न केही नयाँपन दिने प्रयास गरिरहन्छ। अहिले फेसबुकले टेलिभिजनको जस्तै अटोप्ले भिडियोको नयाँ फिचर्स ल्याउने तयारी गरेको छ।
    फेसबुकले मोबाइल फोनमा अटोप्ले भिडियो फिचर्सको प्रयोग शुरु गरिसकेको छ। यस्तो भिडियो प्रयोगकर्ताको मोबाइल स्त्रिनमा बिनाआवाज अटोप्ले देखिनेछ। ुजब यूजर्सले भिडियोमा क्लिक गर्छ तब भिडियो आवाज सहित प्ले हुन्छु फेसबुकले ब्लग पोष्ट गर्दै भनेको छ। यो फिचर्सले एन्ड्रोइड र आईओएसको फेसबुक एप्समा काम गर्नेछ।

फेसबुकले अटोप्ले भिडियो फिचर्स ल्याउनुलाई प्रविधि विश्लेषकहरुले महत्वपूर्ण मानेका छन्। उसले प्रयोगकर्ताको सुविधान मात्र नभइ आफ्नो व्यापारमा महत्वपूर्ण फड्को मार्न नयाँ प्रविधितर्फ लागेको बताइएको छ। उसले भिडियो विज्ञापन सुरु गर्ने तयारीका लागि यो फिचर्स ल्याएको हुनसक्ने टेक ब्लगरहरुले अनुमान गरेका छन्।

भिडियो

Saturday, September 14, 2013

ट्विटरले सेयर जारी गर्ने

न्युयोर्क– माइक्रो ब्लगिङ साइट ट्विटर सञ्चालकले सेयर जारी गर्ने भएका छन् । गत वर्ष यस्तै प्रकृतिको फेसबुकले सवसाधारणलाई सेयर बिक्री गरेको थियो। अमेरिकी पुँजी बजार नियमक सेक्युरिटिज एक्सचेन्ज कमिसनमा सेयर जारी गर्नका लागि निवेदन दिएको खुलासा सञ्चालकहरुले ट्विटरमार्फत गरेका हुन्।

सात वर्षअघि सञ्चालनमा आएको ट्विटरका संस्थापक ज्याक दोर्से, बिज स्टोन र इभान विलियम्स हुन्। लगानीकर्ताहरु यसको मूल्यांकन १० अर्ब डलर गरेका छन्।

ट्विटरले भने कुन मूल्यमा सेयर जारी गर्न लागिएको भन्ने खुलाएको छैन । २०१३ मा ट्विटरले ५८ करोड ३० लाख डलर आम्दानी गर्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष उसको आम्दानी २८ करोड ८० लाख डलर कमाएको थियो । ट्विटरको प्रयोगकर्तामाझ देखापर्ने विज्ञापत उसको प्रमुख आम्दानीको स्रोत हो । हाल यसका २० करोड प्रयोगकर्ता छन् । तीनीहरुले दैनिक ५० करोडभन्दा बढी ट्विट गर्छन ।

सेयर जारी भएपछि ट्विटर विज्ञापनले भरिने र प्रयोगकर्ताका लागि झर्को लाग्ने हुनसक्ने अनुमान विश्लेषकले गरेका छन् । एक तिहाई प्रयोगकर्ताले स्मार्टफोनबाट ट्विटर चलाउँछन । मोबाइल संस्करणमा भने विज्ञापन देखिदैन । मोबाइलमा पनि विज्ञापन देखिने बनाउन उसले ३५ करोड डलरमा मोपब किनेको छ ।

लिंक्ड इन र फेसबुकपछि सेयर जारी गर्ने ट्विटर तेस्रो सामाजिक सञ्जाल हो । फेसबुकको सेयरमा सुरुमा ठूलो आकर्षण भए पनि दोस्रो बजारमा कारोबार सुरु भए पछि खस्किएको थियो ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center