हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 31, 2013

आईफोन 5 एस र आईफोन लाइट सेप्टेम्बरमा आउने

आईफोनमा रमाउन चाहनेहरूका लागी खुसीको खबर छ । धेरै समयदेखि हल्लाहरू तथा करेन्ट लागेर मानिस मरेको घटनाले पिडित भएको कम्पनी एप्पलले आफ्नो नयाँ आईफोन 5एस सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।  
यसका साथै एप्पलले आफ्नो आईफोनको सस्तो भर्जन आईफोन लाइट पनि आईफोन 5एस का साथमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । एप्पलको त्रेमासिक रिपोर्ट सार्वजनिक गर्दै बताइए अनुसार सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने छ ।
यस नए लन्चका साथमा एप्पलले आफ्नो नयाँ आईओएस 7 अपग्रेडेड भर्जनका साथमा उतार्नेछ । नयाँ आईफोन 5एस मा डुअल लेड का साथमा 12 मेगा पिक्सेलको हाईक्वालिटी क्यामरा पनि रहेको छ । एप्पलले आफ्नो यस नयाँ डिभाइसमा फिङ्गरप्रिन्ट सेन्सर फीचरलाइ पनि यसका साथमा ल्याउने अनुमान गरिएको छ ।
आईफोन लाइट बजारमा फरक फरक रंगहरूमा उपलब्ध हुने बताइएको छ । हालै मात्र एप्पलका सीईओले आफ्नो कम्पनीको त्रैमासिक रिपोर्टका प्रस्तुत गरेका थिए ।

Tuesday, July 30, 2013

एप्पलको सिपमेन्ट बढ्यो, नाफा घट्यो

Apple
एप्पलले बजारमा आपूर्ति गरेका उत्पादनको वृद्धि उच्च भए पनि कम्पनीको मुनाफा भने घटेको छ । सिपमेन्ट ५१ प्रतिशतले बढेको समाचारहरुमा जनाइएको छ ।
तर कम्पनीको मुनाफा भने २२ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा ४२ प्रतिशत रहेको ग्रस मार्जिन अहिले ३७ प्रतिशतमा झरेको छ । एप्पलको नयाँ आइफोन र आइप्याडको पर्खाइमा उपभोक्ताले बजारमा उपलब्ध ग्याजेटमा रुचि नदेखाएको तथा सामसुङ्गले पि्रमियम क्लासका सेट बजारमा ल्याएको हुनाले एप्पलको बजार तत्काल माथि नगएको विश्लेषकको भनाइ छ ।
सामसुङ पहिलो पटक एप्पललाई जितेर २०१२ को आम्दानीमा सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको छ । सामसुङले आइफोनसँग प्रतिस्पर्धा गर्न एस थ्री र एस फोर लञ्च गरेपछि बजार हिस्सा एक्कासी बढेको हो । सामसुङको आक्रामक उत्पादन र बजारीकणको प्रभावस्वरुप देखिएको अहिलेको वृद्धि दिगो हुन्छ वा क्षणिक भनी विश्लेषकहरुले चासोपूर्वक लिएका छन् ।
एप्पलको सेयर मूल्य जनवरीयता २० प्रतिशतले घटिसकेको छ । नासडाकमा एप्पलको सेयर मूल्य ४२० डलर प्रतिकित्ताको हाराहारीमा कारोबार भइरहेको छ । गत त्रैमासमा एप्पलले ३ करोड १२ लाख आइफोन बिक्री गरेको छ । यो अवधिमा २ करोड ६० लाख आइफोन र १ करोड ४६ लाख आइप्याड बिक्री गर्ने पूर्वानुमान गरेको थियो ।
अमेरिकामा आइफोनको बिक्री ५१ र जापानमा ६६ प्रतिशतले बढेको चिफ फाइनान्सियल अफिसर पिटर ओपनहेमरले बताएका छन् । तर मुख्य बजारमा चीनको आम्दानी घटेको छ । तेस्रो त्रैमासको तुलनामा ४३ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले आम्दानी घटेको छ ।
चीनमा आर्थिक वृद्धि दर पहिलेको तुलनामा कमजोर भएको कारण आफ्नो आम्दानी घटेको दाबी एप्पलले गरेको छ । यद्यपि चीन एप्पलको लागि ठूलो अवसर रहेको एप्पलका प्रमुख कार्यकारी टिम कुकले बताए । ९० दिनको तथ्यांकको आधारमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
एप्पलले ६ अर्ब ९० करोड डलर कमाएको छ, जुन प्रतिसेयर ७.४७ डलर हो । यो अवधिमा कम्पनीले ३५ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । गत वर्षको यो अवधिमा ३५ अर्ब आम्दानी गरी ८ अर्ब ८० करोड नाफा गरेको थियो, जुन प्रतिसेयर ९.३२ डलर थियो । कम्पनीसँग १ खर्ब ४६ अर्ब ६० करोड डलर चालू पुँजी रहेको समाचारमा जनाइएको छ ।

सामसुङले ल्यायो तीन नयाँ स्मार्टफोन


विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी सामसुङका थप ३ नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारको मागअनुसार स्मार्टफोन पस्कँदै आएको सामसुङका ग्यालेक्सी सिरिजका स्मार्टफोनहरु भित्रिएका हुन् । सामसुङ मोबाइल नेपाली बजारमा इन्टरनेशन मार्केटिङ सर्भिसेज प्रालिले आधिकारिक रुपमा बिक्री बितरण गर्दै आएको छ ।
Samsung_Galaxy_Mega
सामसुङ ग्यालेक्सी मेगा, मूल्य ४४ हजार
कम्पनीले ‘सामसुङ ग्यालेक्सी मेगा’, ‘सामसुङ ग्यालेक्सी कोर’ र ‘सामसुङ ग्यालेक्सी पकेट निओ’ स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्मार्टफोन नेपाली बजारमा निकै लोकपि्रय रहेका छन् । नयाँ स्मार्टफोनले पनि नेपालीहरुको मन जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ । यी स्मार्टफोनहरुको आ-आफ्नै विशेषता रहेका छन् ।
ग्यालेक्सी मेगा
५.५ इञ्चको टचस्क्रिनरहेको ग्यालेक्सी मेगामा १.५ जीबी र्‍याम रहेको छ । यसमा १.४ गिगाहर्ज डिउल कोर प्रोशेसर, ८ जीबी इन्टरनल मेमोरी रहेको छ । स्मार्टफोनमा ६४ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । एण्ड्रोइड ओएस ४.२.२ जेलि बिन अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा सबैभन्दा नयाँ भर्सनको ओएस सिष्टम प्रयोग गरिएको छ । यस स्मार्टफोनको नेपाली बजारमा ४४ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी कोर
दुईवटा सीम प्रयोग गर्न मिल्ने यस स्मार्टफोनमा ४.३ इञ्चको टचस्क्रिन रहेको छ । यसमा १ जीबी र्‍याम, १.२ गिगाहर्ज डिउल कोर प्रसेसर, ८ जीबी इन्टरनल मेमोरी रहेको छ । आवश्यकताअनुसार ६४ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्टफोनमा एण्ड्रोइड ४.१ जेलि बिन अपरेटिङ सिष्टम रहेको छ । यसको मूल्य नेपाली बजारमा २८ हजार ५ सय रुपैयाँ रहेको छ ।
Galexy-core
सामसुङ ग्यालेक्सी कोर, मूल्य २८ हजार ५ सय
ग्यालेक्सी पकेट निओ
नेपाली बजारमा १२ हजार ३ सय रुपैयाँ पर्ने यस स्मार्टफोनमा दुई सीम प्रयोग गर्न मिल्छ । यसमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल मेमोरी रहेकेा छ । एण्ड्रोइड ओएस ४.१.२ अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा वाईफाई, जिपिएस, ब्लुटुथ लगाएतका सुविधाहरु रहेका छन् ।
Galaxy-Pocket-Neo
सामसुङ ग्यालेक्सी  निओ, मूल्य १२ हजार ३ सय

एनसेलको मासिक १२५ बोनस

एनसेलले आफ्ना प्रयोगकर्तालाई मासिक एकसय २५ को बोनस दिने भएको छ। एनसेलले आफ्नो नेटवर्कमा एक करोड प्रयोगकर्ता पुगेको भनेर बोनस सीमको अफर सुरु गरेको छ।

जसमा ९९ रुपैंयामा ५० को मेन ब्यालेन्स भएको सीममा वर्षको करिब एहकजार पाँचसय बराबरको निशुल्क सेवा दिने बताएको छ। एनसेलले दिने एक वर्षको एकहजार पाँचसयको निशुल्क सेवामा एसएमएस, फोन र इन्टरनेट चलाउन सकिन्छ। एनसेलको अफरमा उपभोक्ताले मासिक एकसय २५ बराबरको सेवा निशुल्क पाउने छन्। एनसेलले जनाए अनुसार उसले यो योजनामा सीमकार्ड किन्ने उपभोक्तालाई मासिक ३० एसएमएस, २० मिनेट फोन र १० एमबी डाटा निशुल्क उपलब्ध गराउने छ। एनसेलले यसरी उपलब्ध गराउने निशुल्क एसएमएस र २० मिनेटको फोन कल अवधि एनसेलको नेटवर्कमा मात्र प्रयोग गर्न पाइनेछ।

Monday, July 29, 2013

स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४

काठमाडौं– भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले ल्याएको नयाँ फोन ुक्यानभास ४ुले सस्तो मूल्यमा स्मार्टफोन बोक्न चाहनेहरुको सपना पूरा गर्ने भएको छ। समकालीन स्मार्टफोनहरुको तुलनामा यसको मूल्य कम पर्नेछ। यसले सामसङ ग्यालेक्सी एस ४, एचटीसी वन, नोकिया लूमिया, एलजी, गुगल नेक्सस ४ लाई चुनौति दिने अनुमान गरिएको छ।


१३ मेगापिक्सल र ८ कोर प्रोसेसर भएको क्यानभास ४ मोबाइलको मूल्य ३० हजार वरिपरि छ। कम्पनीले यु–ट्युबमा यो नयाँ फोनबारे केही भिडियो जानकारी राखेको छ। फोनले युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। क्यानभास ४ को मुख्य विशेषता भनेको १३ मेगापिक्सलको क्यामेरा नै हो। यसको अलवा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ।

५।५ इन्च एचडी डिस्प्ले स्क्रीन रहेको मोबाइलमा २ जीबी र्यायम, १६ जीबी इन्टरनल मेमोरी, ३२ जीबी एक्सर्टनल मेमोरी र एन्ड्रोइड ४।२।२ अपरेटिङ सिस्टममा यसको प्रयोग गर्न सकिनेछ। मोबाइलको पछिल्लो भाग पलाष्टिकले बनेको छ। यसले एक क्लिकमा १५ सेकेण्डभित्र ९९ फोटो खिच्न सक्ने क्षमता राख्छ। माइक्रोम्याक्सले यस फोनमा ुब्लो– टु अनलकु फीचर पनि राखेको छ। बेस्सरी फुकेपछि पनि मोबाइल अनलक हुन्छ।


फोनमा आलमुनियम कभर लगाइएको छ। तर यसका लागि थप ३ हजार तिर्नुपर्ने हुन्छ। यस नयाँ फोनमा भिडियो हेर्दै म्यासेज वा इमेल पनि गर्न सकिन्छ। एउटा भिडियो हेर्दै अर्कोको प्रिभियु पनि हेर्न सकिन्छ। भिडियो हेर्दाहेर्दै मोबाइल छाडेर अर्कोतर्फ गएमा भिडियो पनि रोकिन्छ। यो फोनको अर्को नयाँ विशेषता हो।


माइक्रोम्याक्सले क्यानभास सिरिजमा अहिलेसम्म चार फोन बजारमा ल्याइसकेको छ। जसमा क्यानभास एचडी, क्यानभास ३ डी, क्याभास म्युजिक र क्याभास वीवा रहेका छन्। बजारमा यी मोबाइलको माग अन्यको तुलनामा बढी छ। क्यानभास ४ ले पनि आफ्ना पुराना सिरिजकै बाटोमा अगाडि लाग्ने अनुमान गरिएको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center