स्मार्ट फोनको प्रवेश पछि मोबाइल बजारमा निक्कै पछाडी परेको फिनल्याण्डको मोबाइल उत्पादक नोकियाले आशा ब्राण्डमा फेरी दुई फोन बजारमा ल्याएको छ। नोकिया आशा २०५ र २०६ कर बाहेक ६२ डलरमा उपलब्ध हुने नोकियाले जनाएको छ। यी फोन दुई सीम लाग्ने मोडलमा पनि उपलब्ध छन्। विशेष विकासोन्मुख मुलुकका लागि लक्षित फोन यही त्रैमास देखी बजारमा उपलब्ध हुनेछ। नोकियाले यी दुई फोनमा नयाँ सुविधा स्लाम राखेको छ। जसको प्रयोगले नजिकै रहेका दुई नोकिया आशा २०५ र २०६ मा तत्काल ब्लुटुथको माध्यमबाट भिडियो र फोटो आदान प्रदान गर्न सकिन्छ। यसखालको सुविधा जडान भएको यी दुई फोन पहिला हुन्।
0 comments:
Post a Comment