हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, December 25, 2013

एप्पललाई चीनबाट बढी आम्दानी?

स्मार्टफोन निर्माता एप्पलले चीनको सबैभन्दा ठूलो मोबाइल कम्पनीसँग सम्झौता गरेको छ। ७६ करोडभन्दा बढी ग्राहक रहेको चाइना मोबाइलसँग एप्पलको सम्झौताले विश्व टेलिकम क्षेत्रमा तरंग ल्याइदिएको हो। तीन नेटवर्कमा फोर जी लाइसेन्स भएको सरकारी स्वामित्वको चाइना मोबाइलसँगको सम्झौताले एप्पलले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिन सक्ने देखिएको छ।चीन विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । एप्पलले अढाई वर्ष अघिदेखि नै चीन केन्द्रित बजार रणनीति अपनाउँदै आएको छ । ुएप्पलका लागि चीन निकै महत्वपूर्ण बजार होु, एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्– ुचाइना मोबाइलसँग भएको सम्झौताले हामीलाई विश्वकै सबैभन्दा ठूलो...

Tuesday, December 17, 2013

डन्डिफोर उपचार गर्न मोबाइल एप

अनुहारमा डन्डिफोर र दाग सबैका लागि समस्या हो। त्यसबाट सबै टाढै रहन चाहन्छन् र सबै त्यही डन्डिफोरबाटै पीडित भइरहेका हुन्छन्। अझ झन् टिनएजतिर त बिहान उठेर ऐनमा हेर्दा नाकको टुप्पोमा वा गालामा एउटा डन्डिफोर देखियो भने संसार त्यहीँ सकिएजस्तो लाग्छ। विज्ञान प्रविधिमा आएको छलाङसँगै अब डन्डिफोर निको पार्न औषधि खाने भन्दा मोबाइल फोनको प्रयोग गर्नुपर्ने स्थिति बन्दैछ। अचम्म लाग्ला तर यो वास्तवकि हो डन्डिफोर बारे भविष्यवाणी गर्ने एप विकास भइसकेको छ।डन्डिफोरसम्बन्धी यस्तो भविष्यबाणीका लागि एउटा डिभाइस र स्मार्टफोन एपले संयुक्त रुपमा काम गर्छन्। छालासम्मन्धी सुझाव दिने संस्था माई स्किन ले विकास गरेको उपकरण...

Wednesday, December 11, 2013

गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद

गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ । पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ । थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ...

Sunday, November 24, 2013

पैसा दिने मोबाइल एप

मोबाइलमा सित्तैमा डाउनलोड गर्न पाइने एपहरुले विज्ञापन देखाएर हैरान पारेकाहरु मध्ये एक तपाइँ पनि हुनुहोला। पत्रिका, टेलिभिजन, रेडियो मात्र होइन वेबसाइटहरुमा पनि विज्ञापन हेर्न कसैलाई मन पर्दैन। त्यसैले त वेबसाइट तथा मोबाइल एपका विज्ञापन हटाउनका लागि नै विभिन्न एपहरु विकास भएका छन्। तर, विज्ञापन हेरेको पैसा दिन्छु भन्यो भने तपाइँ यस्ता विज्ञापन हटाउने चक्करमा होइन कि विज्ञापन हेर्ने तर्फलाग्नुहुन्छ। आखिर जे भएपनि पैसा बोल्छ भनिएको त्यसै होइन। एण्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टम भएका मोबाइल चलाउनेका लागि यस्ता विभिन्न खालका उपायहरु व्यवसायीहरुले प्रस्तुत गरेका छन् जसमा विज्ञापन हेर्नेहरुलाई...

ट्याब्लेट अप, पीसी डाउन

काठमाडौ, मंसिर ९ ( कम्प्युटर पीसी लाई म्युजियममा थन्क्याउनुपर्‍यो भने कतिको दुःख हुँदो हो रु हरेक काममा साथ दिँदै आएको कम्प्युटरको त्यो अवस्था आउनु पक्कै सुखद हुने छैन । कम्प्युटरको मायाले कसैले त्यसलाई अँगालेर बस्ने पनि छैन ।मोनिटर, सीपीयू, माउस, किबोर्ड, स्पिकर, वेभ क्यामेरा सबै जुटाएर डेस्कटप चलाउँदै आएका उपभोक्ता ल्यापटपमा सर्दै जानु समयको आवश्यकता हो ।त्यसो भए ल्यापटप सधैंका लागि हो त रु पक्कै होइन । ल्यापटपलाई समेत ट्याब्लेटले विस्थापित गर्दैछ । पीसी ९डेस्कटपरल्यापटप० को सिपमेन्ट सन् २०१३ को तेस्रो क्वाटरमा इतिहासमै धेरै ११ प्रतिशतले घटेको विश्वको ठूलो आईटी रिसर्च कम्पनी गार्टनरले जनाएको...

Sunday, November 17, 2013

फेसबुक छोड्न थाले किशोर-किशोरीले

फेसबुक नेटवर्कमा सबैभन्दा बढी जनसंख्या टिनएजर्स ९किशोर—किशोरी० को छ। भनिन्छ नि किशोरावस्थामा छिन्मै प्रेमपर्छ छिनमै छुट्टिन्छ। टिनएजर्सले विश्वको सबैभन्दा ठूलो सोसल साइटलाई ुबाइबाइु भन्न थालेका छन्। कस्तो छिटो १ टिनएजर्स निस्क्रिय हुन थालेकोप्रति फेसबुकका प्रमुख वित्तिय अधिकृत डेभिड इर्बसाम चिन्तित छन्। ुवास्तवमै टिनएजर्स दिनानु दिन घट्दै गएको अनुभव हामीले गरेका छौुं, इर्बसामले स्वीकार गरेका छन्। यसलाई बजार अनुसन्धान संस्था ग्लोबल वेब इन्डेक्सले पनि पुष्टि गरेको छ।२०१३ को अप्रिल यता प्रयोगकर्ताको संख्या विश्लेषण गर्दा अमेरिकी इन्टरनेट कम्पनी साँच्चिकै गम्भीर हुनु पर्ने स्थितिमा पुगेको छ। ३०...

Saturday, November 16, 2013

सामसुङले ल्यायो ग्यालेक्सी कोर प्लस

मंसिर १, सामसुङले एक अर्को स्मार्टफोन ग्यालेक्सी कोर प्लस सार्वजनिक गरेको छ । अहिले भने कम्पनीले यो फोन ताइवानको बजारमा उतारेको हो । यसको मूल्य ७,९९० ताइवान डलर तोकिएको छ । कम्पनीले यस कुराको भने जानकारी दिएको छैन कि विश्वका बाँकी देशहरूमा कहिलेबाट यो उपलब्ध हुनेछ ।   सामसुङ ग्यालेक्सी कोर प्लस मा 800×480 पिक्सेल्स रेजुलूशन भएको 4.3 इन्चको टीएफटी डिस्प्ले रहेको छ । यो सामसुङ टचविज यूजरइन्टरफेसका साथमा एन्ड्रोइड 4.2 जेली बीनमा चल्दछ । यसमा 1.2 गीगाहर्त्ज ड्यूल-कोर प्रोसेसर र 768 एमबीको र्याम रहेको छ । यसले ड्यूल-सिम सपोर्ट गर्दछ । यसको पछाडी पट्टि एलईडी फ्लाशका साथमा 5 मेगापिक्सेल्स...

Thursday, November 14, 2013

Dhoom 3 गित सुन्नुहोस् अनि डाउन्लोड गर्नुहोस्

Dhoom Machale - Dhoom 3 - (2013) ** Download गित सुन्नुहोस् अनि डाउन्लोड गर्नुहोस्सक्दो सेयर र लाईक गर्नुहोस्...................... ...

टेलिकमबाट शनिबार कल गर्दा आकर्षक छुट

२८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले पीएसटिएन, सीडीएमए तथ जीएसएम मोबाइलबाट कम्पनीको नेटवर्कभित्र शनिबार फोन गर्दा लाग्दै आएको महशुलमा छुट दिने भएको छ । कात्तिक २९ गतेदेखि ३ महिनासम्म लागु हुने कम्पनीले उक्त छुट उपलब्ध गराउन लागेको हो ।कम्प्नीले पीएसटिएनबाट शुक्रबार राति १० बजेदेखि आइतबार विहान ८ बजेसम्म फोन गर्दा प्रति ४ मिनेटको १ रुपैयाँ कायम गरेको छ । यसअघि प्रति २ मिनेटको १ रुपैयाँ तिर्नुपथ्र्यौ । त्यस्तै, पीएसटिएन मार्फत एक अञ्चलबाट अर्को अञ्चलमा हुने कलमा प्रति ९० सेकेण्डको १ रुपैयाँ कायम गरेको छ । यसअघि उक्त महसुल दर प्रति ६० सेकेण्डको १ रुपैयाँ कायम रहेको थियो ।जीएसएम तथा सीडीएमए पोष्टपेड...

ट्विटरका १६ सय कर्मचारी मिलेनियर बने

सेयर निस्कासनपछि सोसल मिडिया कम्पनी ट्विटर मिलेनियरहरुको क्लब जस्तो बनेको छ। १० अर्ब ४० करोड डलरको सेयर बिक्रीपछि संस्थापक सिइओ डिक कोस्लो अर्बपति क्लबका सदस्य भएका छन् भने कर्मचारीहरु मिलेनियर क्लबमा बढुवा भएका छन्।दुई हजार बढी कर्मचारी रहेको ट्विटरमा १ हजार ६ सय जना कर्मचारी मिलेनियरको सूचिमा पुगेका हुन् । बजार विश्लेषक कम्पनीले कर्मचारीलाई सेयर बाँडेपछि ट्विटरले १० संस्थापक लगानीकर्तालाई ५० प्रतिशत सेयर दिएको छ भने अन्य ७ सय ७० जनाले १० हजार कित्ता सेयर पाएका छन्।ट्विटरले सुरुमा १७ देखि २० डलर प्रतिकित्ता मूल्यमा सेयर बेच्ने तयारी गरेको थियो। अमेरिकी इन्टरनेट कम्पनीप्रति सर्वसाधारणले बढी...

Thursday, November 7, 2013

एनसेलको फेसबुक प्याक

काठमाडौ, कार्तिक २१ ( एनसेलले पहिलो पटक एप्लिकेसनमा आधारित प्याकेज ९योजना० सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो । यस्तो प्याकेज खरिद गर्दा तोकिएको एप्लिकेसनको सुविधा छुट्टै खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार ग्राहकले न्यूनतम प्रतिएमबी ५० पैसासम्ममा ुफेसबुक प्याकु अन्तर्गत सामाजिक सञ्जाल चलाउन पाउनेछन् ।कात्तिक २१ गतेदेखि ग्राहकले दैनिक, साप्ताहिक वा मासिक फेसबुक प्याक लिन सक्ने जनाइएको छ । ुदैनिक प्याकअन्तर्गत ग्राहकले ९ रुपैयाँ (करबाहेक० मा १० एमबी बराबरको प्याकेज प्राप्त गर्न सक्नेछन््,ु विज्ञप्तिमा भनिएको छ, ुयो प्याक खरिद गरेको २४ घन्टासम्मका...

Saturday, November 2, 2013

नोकिया अव फ्याब्लेटतिर

काठमाडौ, कार्तिक १६ ( प्रविधिको बजारमा उत्पादनले उतारचढाब बेहोर्नु सामान्य हो । विश्वमा लामो समय मोवाइल सेटको बजारमा नोकिया नम्बर एक रह्यो । कुनै समय थियो, मोवाइल फोन भनेकै नोकिया थियो । झण्डै १६ बर्ष मोवाइल बजारमा एकाधिकार जमाएको नोकियाले आफूलाई ओएसमा अपग्रेड गरेन । फलस्वरुप उसको स्थान लियो अर्को कोरियाली कम्पनी सामसङले ।नोकियाका अधोगतिका दिन सुरु हुँदै गर्दा त्यसलाई उकास्न आएको छ माइक्रोसफ्ट । विश्वका दोस्रो धनाढ्य बिलगेट्सको कम्प्युटर ओएसमा एकलौटी बजार लिएको चर्चित कम्पनी माइक्रोसफ्टले किनेपछि नोकियाले आक्रामक रुपमा बजारमा आफ्ना उत्पादन उतार्न थालेको छ । हुनतः अझै नोकिया माइक्रोसफ्टलाई हस्तान्तरण...

Friday, November 1, 2013

युट्युबले शुल्क लिने

गुगगलको भिडियो सेयरिङ साइट युट्युबले सन् २०१४ देखि आफ्नो सेवामा शुल्क लाग्ने व्यवस्था गर्न लागेको छ। संगीत सदस्यता सेवामार्फत् युट्युबले गीत सुनेको,भिडियो हेरेको पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो। युट्युबमा बानी परिसकेकाहरुले ुपे गेटु मा गएर क्रेडिट कार्ड वा पेपालबाट पैसा तिर्न सिस्टम युट्युबले बनाएको छ।पैसा तिरेपछि प्रयोगकर्ताले म्युजिक मेम्बरसीप सर्भिसको प्लान छान्न सक्नेछन्। पैसा तिरेका ग्राहकलाई युट्युबले विज्ञापन बिनाका सामग्रीको एक्सेस दिनेछ। तपाइँसँग पैसा तिर्न सक्नुहुन्नरु चिन्ता नगर्नुहोस् युट्युबले पैसा तिर्न नसक्नेहरुका लागि विज्ञापन सहितका सामग्री उपलब्ध गराउनेछ। युट्युबको...

गुगलले ल्यायो नेक्सस–५ स्मार्टफोन, केके छन नयाँ सुबिधा ?

गुललले आफ्नो नेक्सस स्मार्टफोनको नयाँ संस्करण लन्च गरेको छ । यो नेक्सस ४ भन्दा सानो हुनुका साथै पातलो र हलुका पनि छ । तर, यसको टच स्क्रीन ठूलो छ । नेक्सस ५ को टचस्क्रीन ४।९६ इन्चको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करण ‘किटक्याट’को क्षमतालाई सामना गर्न सक्ने गरी फोन तयार गरिएको हो । यसलाई महंगो स्मार्ट फोनदेखि सस्तो फिचरको फोनसम्मका लागि तयार गरिएको छ । नयाँ अपरेटिङ सिस्टमले सबै प्रकारको फोनमा राम्ररी काम गर्ने गुगलको दावी छ ।नयाँ नेक्ससको उत्पादन एलजीले गरेको हो । गार्टनरको आंकडाअनुसार गुगलसँगको समझदारीपछि एलजीलाई निकै फाइदा भएको छ तर पनि कम्पनी आफ्नो प्रतिस्पर्धी सामसुङ र एप्पलभन्दा...

Monday, October 28, 2013

UFS3 को नयाँ सेटप फाईल डाउन्डोड गर्नुहोस् Download UFSx+HWK v2.3.0.3

hwk v2.3.0.3 download hwk latest s etup download hwk update 2013 v2.3.0.3 The Official release is ready in our download area http://sarunasoftware.com. Release 28/10/2013 WARNING !!! If the HWK is a "TRIAL" or affected by 3rd party tools, this software may not work properly, so use at your own risk. You need to uninstall old HWK Setup Suite and HWK Support Suite and use the new UFSx Support Suite. UFS_DCTxBB5 V 2.3.0.2 ---------------------- 1. BB5 RAPU Based Products USB Flashing / UI support added: RM-884 (302) 2. DCT4 INFINEON Based Products Flashing / UI support added: RM-908,RM-924,RM-925,RM-926,RM-928,RM-929,RM-961,RM-962...

Sunday, October 27, 2013

सोनीको थ्री इन वन हेडफोन

नयाँ दिल्ली–सोनीले एड्भान्स फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ। म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।सोनीले यी हेडफोनको एमडीआर १, एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै...

फेसबुक विज्ञापनबाट २ करोड बाहिरियो

११ कात्तिक, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाण्डौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल ‘फेसबुक’लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन् । आफ्नो र निर्वाच्न लक्षित अन्य पेजहरुमा उनले विज्ञापन गरिरहेका छन् । युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाई छ ।एमाले नेता तथा कास्की ३ का उम्मेदवार रविन्द्र अधिकारी पनि आफ्नो निर्वाचन गतिविधिबारे जानकारी गराउन फेसबुक विज्ञापन प्रयोगगरेको बताउँछन् ।सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण प्रमुख दलका नेतासहित सानाठूला सबै दलका नेतासहित सानाठूला सबै दलका उम्मेदवारहरुमा आक्रामक रुपले फेसबुकमा विज्ञापन गर्ने होड चलेको...

Saturday, October 26, 2013

माघबाट मेसिनले पढ्ने चेक

काठमाडौं( राष्ट्र बैंकले असोज मसान्तभित्र मेसिनले स्वचालित रुपमै पढ्न सक्ने चेक प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनको समय तीन महिना थप गरेको छ। असोजभित्र बैंक तथा वित्तीय संस्थाले मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन नसकेपछि पुस मसान्तसम्मको समय दिइएको हो। समयमै चेक राफसाफ गर्नका लागि राष्ट्र बैंकले सामान्य चेक प्रचलनबाट हटाएर मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन लागेको हो। सामान्य चेक प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले असारपछि म्याग्नेटिक इन क्यारेक्टर रिडर ९एमआइसिआर० चेक प्रयोगमा ल्याउनु पर्ने हुन्छ।नयाँ प्रविधिको चेक स्क्यान गर्नेबित्तिकै मेसिनले सबै तथ्यांक...

Friday, October 25, 2013

एप्पलपछि एचटीसीको फिङ्गर प्रिन्ट मोबाइल

बेइजिङ( स्मार्टफोन र ट्याब्लेटको बजारमा जमेको कम्पनी एचटीसीले आफ्नो नयाँ फोन म्याक्स लन्च गरेको छ। फोनमा एप्पलको ुआइफोन ५ एसुजस्तै फिङ्गर प्रिन्ट्स छ। यसको स्क्रिन ५।९ इन्च लामो छ।चीनमा पत्रकार सम्मेलन गरेर यो नयाँ फोन ुवन म्याक्सुको सार्वजनिक गर्ने भनिए पनि लन्च हुनुपूर्व इन्टरनेटमा समाचार आएपछि कम्पनीले निर्धारित समयभन्दा एक दिन अगाडि नै फोन सार्वजनिक गरेको थियो।सेप्टेम्बरमा एप्पलले आइफोन ५ एस फिङ्गर प्रिन्ट मोबाइल ल्याएको थियो। वान म्याक्स एन्ड्रोइड फोनमा पहिलो फिङ्गर प्रिन्ट मोबाइल भएको छ। स्मार्टफोनको बजारमा आक्रमकरुपमा आइरहेको यो ताइवानी कम्पनी पहिलो पटक घाटामा गएको बताइएको छ।जुलाइदेखि...

नोकियाले ल्यायो फेब्लेट र ट्याब्लेट

अवुधवी( नोकियाले आफ्नो पहिलो फेब्लेट अर्थात् ठूलो स्क्रिन भएको फोन र ट्याब्लेट कम्प्युटर लन्च गरेको छ। नोकियाको नयाँ ट्याब्लेट विण्डोज आरटीमा चार जीबीको डाटा चिप्स रहने छ। माइक्रोसफ्टको हालै लन्च भएको सरफेसभन्दा यो शक्तिशाली हो।माइक्रोसफ्टले केही समयपहिला नोकिया कम्पनीको मोबाइल सेगमेन्ट ५।४ अरब युरोमा किन्ने घोषणा गरेको थियो। बिक्रीको पूरा प्रक्रिया २०१४ को सुरुवातसम्म पूरा हुने बताइएको छ। मोबाइल, ह्याण्ड सेट तथा ट्याब्लेटको बजारमा माइक्रोसफ्टको विस्तार बढ्दै गए पनि यसको गति भने ढिलो छ। नोकियाको नयाँ ट्याब्लेटले बजारका अन्य ट्याब्लेटलाई च्यालेन्ज गर्न सक्ने बताइएको छ।नोकियाले ल्याएका दुई फेब्लेट्स...

Sunday, October 20, 2013

फेसबुकले हटायो किशोर-किशोरी माथिको बन्देज

विश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकले १८ वर्ष भन्दा मुनिका किशोर किशोरीका लागि फेसबुक प्रयोगमा लगाउँदै आएको सिमित बन्देज फुकुवा गरेको छ ।यो बन्देज हटेसँगै अब सबै उमेरका किशोर किशोरीले अब आफैले आफ्नो फेसबुक पेजको सेटिङ परिवर्तन गर्न सक्नुका साथै विभिन्न जानकारी तथा सामाग्रीहरु सार्वजनिक रुपमा शेयर समेत गर्न पाउनेछन् । यसअघि सम्म १८ वर्ष मुनिका फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरुले फेसबुकमा गरेका पोष्टहरु उनीहरुका साथी वा साथीका साथीले मात्र हेर्न पाउँथे तर साथीको वृत्त बाहिरका अरु प्रयोगकर्ताले हेर्न पाउँदैनथे ।आफ्नो पछिल्लो परिवर्तनको बारेमा जानकारी गराउँदै फेसबुकले किशोर वर्ग सामाजिक...

Wednesday, October 9, 2013

सासमुङले ल्यायो घुमाउरो स्मार्टफोन, ग्यालेक्सी राउण्ड

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले घुमाउरो स्त्रिmन भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी राउण्ड नाम दिइएको उक्त स्मार्टफोनको स्त्रिmन ५।७ इन्चको रहेको छ । अर्को वर्ष घुमाउरो स्मार्टफोन सार्वजनिक गर्ने एल जी ले घोषणा गरेको भोलिपल्टै सामसुङले सबैलाई चक्मा दिनेगरी यो घुमाउरो स्मार्टफोन सार्वजनिक गरेको हो । स्मरण रहोस् एल जी र सामसुङ दुबैले लचिलो घुमाउरो स्त्रिmन भएको टेलिभिजन समेत निर्माणमा जुटिरहेका छन् ।सासमुङका अनुसार यो नयाँ स्मार्टफोन ग्यालेक्सी राउण्डको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यो बन्द रहेको बेलामा पनि यसका प्रयोगकर्ताले मिति, बार, समय तथा...

१२ कक्षा उत्तीर्णलाई निशुल्क ल्यापटप

काठमाडौं– २०६२–०६३ आन्दोलनपछिको मार्गचित्र असफल भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैकल्पिक मार्गचित्रसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणपत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयताको मार्गचित्र असफल भएको भन्दै संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र लोककल्याणकारी उदारवादी आर्थिक व्यवस्थामा जानुपर्नेमा जोड दिए।ुसकारात्मक परिवर्तनुको नाममा दिएको चुनावी घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय रुपको अवधारणा प्रस्तुत गरिएको छ।थापाले राजादेखि माओवादीसम्म अटाउने सक्ने शासकीयस्वरुप हुने प्रजातान्त्रिक व्यवस्थाको...

Saturday, October 5, 2013

टेलिकमको दशैं-तिहारमा आकर्षक छुट अफर

 नेपाल टेलिकमले बडादशैं तथा शुभदिपावलीको अवसरमा ग्राहकहरुलाई आफ्ना सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । कम्पनीले विगतका दशैं(तिहारमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउन लागेको हो ।कम्पनीले जिएसएमरसीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध ल्त्ऋगराउने जनाएको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३ गतेसम्ममात्र लागु हुने बताइएको छ । त्यस्तै, पिएसटिएनरसी(फोन ९पोष्टपेड फिक्स्ड० सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २ सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन...

सामसुङ ग्यालेक्सी ‘नोट थ्री’ नेपाली बजारमा

काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी ‘नोट थ्री’ नेपाली बजारमा भित्रिएको छ । सामसुङको पछिल्लो एन्ड्रोइड स्मार्टफोन ‘नोट थ्री’को नेपालमा ९१ हजार ५ सय रुपैयाँ पर्नेछ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सभिर्सेज ९आइएमएस० प्रालिले ‘नोट थ्री’ स्थानिय बजारमा बिक्री शुरु गरेको छ ।यस्तो छ नोट थ्रीनोट थ्री ५।७ इञ्च ठूलो स्क्रिन भएको स्मार्टफोन हो । यसमा ब्याक साइडमा १३ मेगा पिक्सेल र फ्रन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । क्यामेरामा अटो फोकस, टच टु फोकस, फेस डिटेक्सन, स्माइल डिटेक्सन, आइएसओ कन्ट्रोल, हृवाइट व्यालेन्स प्रिसेट्स, ब्रुष्ट...

Thursday, October 3, 2013

इन्टरनेट बेच्ने ग्राहक कारबाहीमा

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग सेवा किनेर पुनः बिक्री गर्ने साइबर वा संस्थालाई कारबाही सुरु गरेको छ। प्राधिकरणसँग लाइसेन्स लिएका इन्टरनेट सेवा प्रदायक कम्पनीले अरु संस्था र साइबरलाई सेवा बिक्री गर्न सक्ने तर ती संस्था र साइबरले आफ्नै नाममा अन्य सेवाग्राहीलाई पुनः बिक्री गर्न नमिल्ने भन्दै प्राधिकरणले अनुगमन गर्दै कारबाही थालेको हो।    प्राधिकरणले इन्टरनेट सेवा लिएर पुनः बिक्री गरेको आरोपमा बागलुङ नगरपालिका–२ स्थित हाइपरलिंक साइबरलाई पहिलोपटक कारबाही गरेको छ। प्राधिकरणका निर्देशक आनन्दराज खनालले अवैध रुपमा इन्टरनेट सेवा बिक्री गरेको आरोपमा अख्तियारमा...

Wednesday, October 2, 2013

११ हजारमा स्मार्ट घडी

स्मार्टवाच, आइवाच अनि ग्यालेक्सी गीयर त सुन्नु भएकै होला। यी सबै स्मार्ट प्रविधि युक्त घडी हुन्। यी चर्चामा मात्र छैनन्। ग्यालेक्सी गीयर त बजारमा आउनै लागेको छ। मूल्यमा महँगा पर्ने यस्ता घडीको बारेमा समाचार पढेर र तस्वीर हेरेर कहिले किन्न पाइएला वा सकिएला भनेर सोच्नु भएको छ भने बजारमा तपाइँलाई चर्चामा रहेका स्मार्टवाचले जस्तै सुविधा दिने घडीहरु उपलब्ध भइसकेका छन्। विश्वका प्रसिद्ध कम्पनीहरु हातमा लिने मोबाइल पछि लगाउन मिल्ने (वेयरेवल) प्रविधिको विकासमा लागेका बेलामा चिनियाँ कम्पनीहरुले चाहिँ त्यस्ता घडी बजारमा उतारिसकेका छन्। त्यती मात्र होइन त्यस्ता घडीले...

Tuesday, October 1, 2013

ब्रान्डमा उत्कृष्ट एप्पल

लन्डन ९एजेन्सी०, आश्विन १६ ( एप्पल विश्वकै सबैभन्दा मूल्यवान् ब्रान्ड बनेको छ । १३ वर्षसम्म पहिलो नम्बरमा बसेको कोकाकोलालाई पछि पार्दै एप्पल इन्टरब्रान्डको सूचीमा उत्कृष्ट ठहरिएको हो । ब्रान्डिङ सेवा उपलब्ध गराउने अमेरिकी कम्पनी इन्टरब्रान्डले बर्सेनि यस्तो सूची निकाल्ने गर्छ ।आइफोन, आइप्याड, म्याकलगायत उत्पादन विश्वभर पुर्‍याएको एप्पलले विश्वका १ सय ब्रान्डलाई उछिन्दै पहिलो पटक उक्त स्थान पाएको हो । दोस्रो नम्बरमा सर्च इन्चिन, सामाजिक सञ्जाल र एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउने कम्पनी गुगल परेको छ । कोकाकोला भने तेस्रो स्थानमा झरेको हो ।इन्टरब्रान्डले सार्वजनिक गरेको सूचीअनुसार चौथो नम्बरमा...

Sunday, September 29, 2013

आज नेपाल र तुर्किमेनिस्तान बिचको लाइब गेम सुरु भएको छ लाइब गेम हेर्न

लाइब गेम हेर्न यहाँ क्लिक गर्नुहोला भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला ...

Saturday, September 28, 2013

गुगल प्लेमा नेपाली एप्स

यसलाई यति लोकप्रिय गराउने भूमिका एप्सको छ । एन्ड्रोइड एक प्रकारको प्लेट र्फम हो, जसमा मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको एप्लिकेसन्स ९एप्स० प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन् । डेभलपरहरुले आफूले डेभलप गरेको एप्प प्ले स्टोरमा राख्न सक्छन् ।एक छिन प्ले स्टोरको भिजिट गर्ने कि रु नेपाली मोवाइल युजरबीच एन्ड्रोइडको लोकप्रियता बढ्दै जाँदा डेभलपरले आफ्नो आइडियालाई एप्सको माध्यमबाट युजरबीच शेयर गर्ने अवसर पाएका छन् । प्ले स्टोरमा त्यस्ता सयौं नेपाली एप्स छन्, जसले हाम्रो दैनिकीमा सघाउँछन् । नेपालबाट टप फ्रि एन्ड्रोइड एप्स सर्च गर्दा टप फाइभभित्रै नेपाली एप्प आउँछ । यस साता टप फाइभमा नेपाली एप क्यासअनएड...

Thursday, September 26, 2013

कसरी जोगाउने ब्याट्री लाइफ?

एक पटक चार्ज गरेर हप्तौं चल्ने मोबाइल फोनको जमाना अब रहेन। ती सेटहरुबाट एउटै काम मात्र गर्न सकिन्छ— त्यो हो फोन कल। झुर फिचर भएका मोबाइलबाट स्मार्टफोनमा अपग्रेड हुँदै हुनुहुन्छ भने तपाइँलाई झट्का दिने पहिलो कुरा ब्याट्री लाइफ हुनेछ । स्मार्टफोनहरु त्यस्ता पकेट कम्प्युटर हुन् जसम थ्रिडी गेम खेल्न मिल्छ, मन परेका तस्विर लिन मिल्छ र साथीसँग भिडियो कन्फरेन्स गर्न मिल्छ । त्यो भन्दा रोमाञ्चक कुरा एक पटक पनि कसैसँग बाटो नसोधी संसार सयर गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरु फिचर र एप्सलाई आधुनिकीकरण गर्न अब्बल छन् । तर त्यसको दाँजोमा ब्याट्री लाइफ बढाउने कार्यमा उनीहरु सफल हुन सकेका छैनन् । लोडसेडिङको...

Tuesday, September 24, 2013

कुनै सफ्टवेयरको प्रयोग बिना मोबाइलमा Youtube भिडियो डाउनलोड गर्नुहोस |

मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन ।  तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।  तरीका यस्तो छ :  १. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस । २. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ : m.youtube.com/somecontent/ ३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ : ssyoutube.com/somecontent/ र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।...

Monday, September 23, 2013

३६ घन्टामा ९० लाख आइफोन बिक्री

न्युयोर्क( एप्पलको पछिल्लो उत्पादन आइफोनले अहिलेसम्मका सबै पुराना रेकर्ड तोडेको छ। विश्व बजारमा एप्पलले ३६ घन्टामा ९० लाख आइफोन बिक्री गरेको छ। कम्पनीका दुई नयाँ आइफोन ५ एस र ५ सी को माग विश्व स्मार्टफोन बजारमा उच्च देखिएको हो। एप्पलका अनुसार आइफोन ५ एसको माग उसको उपलब्धता भन्दा बढी आएको छ। आइफोनको माग बजारमा चुलिएपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ। बजारमा आइफोनको माग ह्वात्तै बढेसँगै एप्पलको सेयर ६ प्रतिशतले बढेको छ। यस अघि एप्पलको सेयर वृद्धिदर ४ प्रतिशत थियो।कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले नयाँ आइफोनको बजारमा माग बृद्धि भएको उल्लेख गरे। आइफोन ५ एसको पहिलो उत्पादन बिक्री भइसकेको...

राइनो शील्ड: अहिले सम्मकै सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर

यदि तपाइँसंग महंगो फोन छ, र तपाइँलाइ यो खस्ला र फुटला भन्ने चिन्ता लागिरहन्छ भने अब चिन्ता नगर्नुहोस् । फोन खस्दा सबैभन्दा क्षति भनेको यसको स्क्रीन फुट्नाले हुने गर्दछ । अब संसारको सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर आएपछि यस कुराको चिन्ता नलिए पनि हुने भएको छ । यस्तो स्क्रीन प्रोटेक्टर, जसमा सानो ह्यामरको चोटले पनि कुनै असर गर्दैन ।   राइनो शील्ड नामको यस स्क्रीन प्रोटेक्टरलाइ तयार गर्ने इभोल्यूशन ल्याब्स ले बताए अनुसार निकै कडा टेस्टहरू पास गर्नमा यो सफल भएको छ ।  कागजको तीन तहहरूको बराबर मोटाई भएको यस ट्रान्सपरेन्ट स्क्रीन प्रोटेक्टरलाइ टेस्टिङका क्रममा खुट्टाले...

Page 1 of 5912345Next

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center