यदि तपाइँसंग महंगो
फोन छ, र तपाइँलाइ यो खस्ला र फुटला भन्ने चिन्ता लागिरहन्छ भने अब चिन्ता
नगर्नुहोस् । फोन खस्दा सबैभन्दा क्षति भनेको यसको स्क्रीन फुट्नाले हुने
गर्दछ । अब संसारको सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर आएपछि यस कुराको
चिन्ता नलिए पनि हुने भएको छ । यस्तो स्क्रीन प्रोटेक्टर, जसमा सानो
ह्यामरको चोटले पनि कुनै असर गर्दैन ।
राइनो शील्ड नामको यस स्क्रीन प्रोटेक्टरलाइ तयार गर्ने इभोल्यूशन ल्याब्स ले
बताए अनुसार निकै कडा टेस्टहरू पास गर्नमा यो सफल भएको छ । कागजको तीन
तहहरूको बराबर मोटाई भएको यस ट्रान्सपरेन्ट स्क्रीन प्रोटेक्टरलाइ
टेस्टिङका क्रममा खुट्टाले समे कुल्चिएको थियो, यस माथी ईंटाहरू खसालियो र
यहाँसम्म कि ह्यामरले समेत यसलाइ हानियो । तर निर्माण कम्पनीले दावी गरे
अनुसार यति गर्दा पनि यसमा कुनै प्रकारको स्क्रीनमा समस्या देखिएन ।
कम्पनीले बताए खनुसार यसलाइ बिशेष किसिमको पोलिमरबाट बनाइएको हो । जुन खस्दा खेरी उत्पन्न हुने शकलाइ पूर्ण एनर्जीका साथमा सोस्दछ र स्क्रीनलाइ नोक्सान हुन दिँदैन । कम्पनीले दावी गरे अनुसार यो प्रोटेक्टर आईफोन र सामसुङको स्मार्टफोन्सको स्क्रीनमा प्रयोग गरिएको गोरिल्ला ग्लासको तुलनामा पांच गुणा धेरै इनर्जीको शकलाइ झेल्न सक्दछ ।
यस स्क्रीन प्रोटेक्टरको मूल्य २० पाउण्डढ रहेको छ । यो प्रोटेक्टर शीट आईफोन 5, 5S र 5C मा फिट हुन्छ । यसले स्क्रीनको टचस्क्रीन सेन्सिटिभिटीमा पनि कुनै असर पर्दैन ।

0 comments:
Post a Comment