मंसिर १, सामसुङले एक अर्को स्मार्टफोन
ग्यालेक्सी कोर प्लस सार्वजनिक गरेको छ । अहिले भने कम्पनीले यो फोन
ताइवानको बजारमा उतारेको हो । यसको मूल्य ७,९९० ताइवान डलर तोकिएको छ ।
कम्पनीले यस कुराको भने जानकारी दिएको छैन कि विश्वका बाँकी देशहरूमा
कहिलेबाट यो उपलब्ध हुनेछ ।
सामसुङ ग्यालेक्सी कोर प्लस मा 800×480
पिक्सेल्स रेजुलूशन भएको 4.3 इन्चको टीएफटी डिस्प्ले रहेको छ । यो सामसुङ
टचविज यूजरइन्टरफेसका साथमा एन्ड्रोइड 4.2 जेली बीनमा चल्दछ ।
यसमा 1.2 गीगाहर्त्ज ड्यूल-कोर प्रोसेसर र 768 एमबीको र्याम रहेको छ । यसले ड्यूल-सिम सपोर्ट गर्दछ ।
यसको पछाडी पट्टि एलईडी फ्लाशका साथमा 5 मेगापिक्सेल्स र अगाडी पट्टि भिजीए क्यामरा रहेको छ । यसमा 4 जीबी इनबिल्ट स्टोरेजका साथमा 64 जीबी सम्मको माइक्रो-एसडी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा वाई-फाई, ब्लूटूथ 3.0 र जीपीएस रहेका छन । यसमा 1800mAh को ब्याट्री रहेको कुरा कम्पनीले जनाएको छ यसको पछाडी पट्टि एलईडी फ्लाशका साथमा 5 मेगापिक्सेल्स र अगाडी पट्टि भिजीए क्यामरा रहेको छ । यसमा 4 जीबी इनबिल्ट स्टोरेजका साथमा 64 जीबी सम्मको माइक्रो-एसडी कार्ड लगाउन सकिन्छ ।
0 comments:
Post a Comment