हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, August 30, 2013

मध्यरातमा भुइँचालोले हल्लायो मध्य नेपाललाई

शुक्रबार राती देशका बिभिन्न ठाउँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति ११ बजेर ३५ मिनेट जाँदा तिब्बत केन्द्रबिन्दू भएको ६ रिक्टर स्केलको भूकम्प गएको हो ।


दोलखाको जिरीबाट ५५ किलोमिटर उत्तरमा पर्ने तिब्बतमा केन्द्रबिन्दु भएका भूईचालोबाट देशका धेरै ठाउँमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख डाक्टर सोमनाथ सापकोटले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

चिनियाँ समाचार एजेन्सी सिन्हवाले भने सिचुवान र युनान प्रान्तको सिमा क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्र बनाएर ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प गएको जनाएको छ । अमेरिकी भुगर्भ विभागले भने भूईचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको जनाएको छ ।

भूकम्पको धक्काले ठूलो क्षति नपुगेपनि केहीघरमा सामान्य क्षति पुगेको र भाग्ने क्रममा केही सामान्य घाईते भएका छन । भूकम्पको धक्का महसुस भए लगत्तै काठमाडौंका धेरै बासिन्दा राति घर बाहिर निस्किएका थिए ।

शुक्रबार राती भुईचालो गएको केन्द्रबिन्दु नजिकै शनिबार विहान ३ बजे पनि ५ रिक्टर स्केलको भुईचालो गएको छ । त्यस्तै बिहान ६ बजेर १३ मिनेट जाँदा चीन, भुटान र भारतीय सीमाक्षेत्रमा पर्ने जि झाङ्ग क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब १ रिक्टर स्केलको भुईचालो गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन ।
तपाईले पनि भुईचालोको धक्का महसुस गर्नु भयो की । यदि गर्नुभयो भने तपाईको ठेगानासहित आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस ।

नेपालमा ६ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा। सोमनाथ सापकोटाका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार दोलखाको जिरीदेखि ८०–८५ किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सापकोटाले चीनको तिब्बतस्थित छोङ्दुई केन्द्र भएर भूकम्प गएको अमेरिकन जिओलोजिकल सेन्टरको रिपोर्टलाई अस्वीकार गरे । उनले ४ सय मिटर टाढा केन्द्र हुँदा यति ठूलो धक्का महसुस हुन नसक्ने दाबी गरे । ‘अमेरिकन जिओलोजिकल सेन्टरको कुनै भूकम्प मापन कार्यालय तिब्बत क्षेत्रमा छैन,’ उनले भने, ‘त्यो तथ्य गलत हो ।’

भूकम्पको धक्का काठमाडौंसहित ललितपुर, काभ्रे, नुवाकोटसहितका जिल्लामा पनि महसुस गरिएको छ ।

भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किए । पुनः भूकम्प आउने त्रासले राति अबेरसम्म पनि सर्वसाधारण घर बाहिरै हल्लाखल्ला गरेर बसेको देखिएको छ ।

२०६८ साल असोग १ गते ताप्लेजुङ केन्द्र भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ६ जनाको ज्यान गएको थियो ।

काठमाडौंको खरीबोटमा भूकम्प आएपछि आत्तिएर घरबाट हामफाल्दा घाइते भएका छन् ।

नोकियाले आफ्नो फिचर फोन नोकिया ५ सय १५ सार्वजनिक गरेको छ

नोकिया ५ सय १५ को आवरण एनोडाइज्ड स्याण्ड ब्लास्टेड आल्मुनियमबाट बनेको छ भने यसमा स्क्र्याच रेजिस्टेन्ट गोरिल्ला ग्लास टु तथा घाममा पनि चलाउन सकिने  डिस्प्ले रहेको छ ।

यसमा २ दशमलव ४ क्युविजिए डिस्प्लेका साथै १६६ पिपिआई पिक्सेल डेन्सिटी छ । नोकिया ४०   सिरिजको सफ्टवेयरअनुसार चल्ने यो मोबाइलमा ६४ एमबी र्‍याम छ ।

यसमा  २५६ एमबी इन्टरनल मेमोरी रहेको छ भने माइक्रो एसडी कार्डबाट ३२ जिबीसम्म क्षमता बिस्तार गर्न सकिने सुविधा पनि उपलब्ध छ । एलइडी फ्ल्याससहितको ५ मेगापिक्सेलको रियर क्यामरा रहेको नोकिया ५ सय १५  मा सेल्फ सटका लागि भ्वाइस गाइडिङ सुविधा पनि समावेश छ ।

यसमा कनेक्टिभिटीका लागि ब्लुटुथ, जिपीआरएस, माइक्रो युएसबी र थ्रीजीको सुविधा रहेपनि वाइफाइको सुविधा भने छैन । तर फेसबुक, ट्वीटर, इमेल जस्ता केहि प्रि–लोडेड एप्लिकेशन पनि यसमा दिइएको छ ।

यसको सिंगल सिम लाग्ने सेटको तौल १०१ दशमलव १ ग्राम र डबल सिम लाग्ने मोबाइलको तौल १०२ दशमलव ७ ग्राम रहेको छ । यसमा ५ सय २८ घण्टासम्मको स्टाण्डबाई टाइम र १० घण्टाको टकटाइम दिने ब्याट्री रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले आउँदो नोभेम्बरबाट यसलाई जर्मनी, रुस, पोल्याण्ड, स्वीट्जरल्याण्डको बजारमा बिक्री सुरु गर्ने र त्यसपछि मात्रै एसियाली बजारमा उतार्ने जानकारी दिएको छ ।

Thursday, August 29, 2013

एसएमएस मार्फत इभिडियो डाटा प्याकेज प्राप्त हुने

नेपाल टेलिकमले आइपी सीडीएमए प्रविधिको इभिडियो सेवामा नयाँ भोल्यूम बेष्ड डाटा प्याकेज ल्याएको छ । भदौ १६ गतेदेखि लागु हुने उक्त डाटा प्याकेज एसएमएस मार्फत सहज रुपमा प्राप्त गर्न सकिने छ ।
सीडीएमएका ग्राहकहरुले आवश्यक रकम रिचार्ज गरेर आफुलाई चाहिलने डाटा प्याकेज १४५६ मा एसएमएस पठाएर खरिद गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले ५०० एमबी, २ जीबी, ५ जीबी र १० जीवी गरि ४ प्रकारका डाटा प्याकेज ल्याएको छ ।
यस्तो छ डाटा प्याकेज
Evedio-Data
सीडीएमए सेवाका ग्राहकहरुले इभिडियो सेवामा आफुले प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम तथा भेलिडिटी पिरियड ‘बीएल’ टाइप गरि १४५६ मा एसएमएस पठाएर थाहा पाउन सक्ने टेलिकमले जनाएको छ । त्यस्तै, ग्राहकहरुले ‘हेल्प’ टाइप गरी १४५६ मा एसएमएस पठाएमा सिष्टमबाट नै एसएमएस गर्ने तरिकासहितको म्यासेज समेत प्राप्त गर्न सक्नेछन् । टेलिकमका अनुसार यो एसएमएस सेवा निःशुल्क प्रयोज गर्न सकिने छ ।
टेलिकमले हाल इभिडियो डाटा नचल्ने पुराना रिम कार्डहरुलाई इभिडियो चल्ने रिममा निःशुल्क परिवर्तन गर्ने व्यवस्था गरेको बताएको छ । त्यस्तै, ग्राहकहरुले इभिडियो सेवाको रिम कार्ड प्रयोग गरी भ्वाइस सेवाका साथै सीडीएमए स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा इभिडियो डंगोलमार्फत ३.१ एमबीपीएस क्षमतामा इन्टरनेट चलाउन सक्ने बताइएको छ ।
अहिले टेलिकमले इभिडियो सेवालाई बण्डलिङ गरेर बिक्री वितरण गरिरहेको छ । बण्डलिङ मार्फत उपलब्ध हुने यो सेवा ग्राहकहरुले २ हजार २ सय रुपैयाँ भुक्तानी गरेर खरिद गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकले १ जीबी मेमोरी सहितको इभिडियो डंगोल, एक सय रुपैयाँको टक भेलु तथा मासिक १ जीबी डाटाको दरले ३ महीनासम्मको लागि ३ जीबी डाटा भएको रिम कार्ड प्राप्त गर्नेछन् ।
टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा इभिडियो सेवा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीलेे इभिडियो सेवालाई ‘स्काइ प्रो’ को ब्राण्डमा बिक्री वितरण गरिरहेको जनाएको छ ।

पाँच सय एमबीको दुई सय

काठमाडौं( नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन।
   
पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमा प्रति एमबी ३३ पैसा र १० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ।
पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन ुबिएलु टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ।
नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको साथै सिडिएमए को स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा यभिडियो डोङ्गलमा मार्फत् ३।१ एमबिपिएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।
ग्रहकले एक जिबी मेमोरीसहितको इभिडियो डोङ्गल, एक सय रुपैयाँको टल्क भ्यालु तथा मासिक एक जिबी डाटा को दरले ३ महिनासम्मको लागि ३ जिबी डाटा भएको रुइम कार्ड करबाहेक २२ सयमा खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।
यो सेवाका लागि टेलिकमले १२ अञ्चलका ४८ जिल्लाबाट सेवा वितरण गरिरहेको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center