आफ्नो विज्ञप्तीमा जनाएअनुसार याहुले जापानी संस्करणको प्रशासन प्रणालीमा १६ मे मा पहिलोपटक आक्रमण भएको र हमलाको सुइँको पाउनेबित्तिकै थप क्षति हुन नदिन इन्टरनेट पहुँच काटिएको जनाएको छ ।
२ करोड २० लाख याहु प्रयोगकर्ताको इमेल ठेगानाबाट ह्याकरहरुले विभिन्न फाइल चोरी गरेको स्विकार गर्दै याहुले तर त्यस्ता चोरी भएका फाइलमा इमेल ठेगानाको पासवर्ड तथा पासवर्ड परिवर्तन गर्न मिल्ने अन्य सूचना भने नरहेको स्पष्ट पारेको छ ।
याहु कम्पनी र मोबाइल र्फम सफ्टब्यांकको संयुक्त स्वामित्व रहेकेा याहु
जापानले पछिल्लो साइबर हमलापछि साइबर सुरक्षा मजबुत पारिएकेा र हमलाकारीको
खोजी भैरहेको जनाएको छ । साथै प्रयोगकर्ताको याहुमेल ठेगानामा आफ्नो
पासवर्ड परिवर्तन गर्न सन्देश पठाउने काम भैरहेको पनि बताइएको छ ।
0 comments:
Post a Comment