बजारमा आएको जेडआर(Xperia ZR)बाट पानी मुनि फोटो खिच्नका साथै एचडी भिडियो रेकर्डिङ सुविधा समेत राखिएको छ । यो स्मार्टफोनलाई पानीमा ३० मिनट सम्म भिजाउन सकिनेछ । यस अघ जपि एक्स्पेरिया जेडमा पानीले भज्दिा केहि नहुने फिचर थियो, यसमा भने फोटो पनि खिच्न सक्ने सुविधा थपिएको छ ।
यसमा १.५ गिगाहर्जको s4 प्रो क्वार्डकोर प्रोसेसर राखिएको छ भने २ जिबीको र्याम प्रयोग गरिएको छ । यसमा ८ जिबीखो मेमोरी स्पेस छ भने माइक्रो एसडीको ३२ जिबीसम्म विस्तार गर्न सकिन्छ । फोर जी प्रविधिको पनि सुविधा रहेको छ ।यसमा १३ मेगापिक्सेलनको क्यामेरा छ, वाटरप्रुफ भएकाले पानी मुनि बसेर पनि फोटो खिच्न सकिन्छ। यो फोन ५ फिटसम्मको गहिराईमा ३० मिनेटसम्म रहन सक्दछ । जेडआर(Xperia ZR)को ४.६ इन्चको स्क्रिन रहको छ जसको रिजोलुसन ७२० x १२८० पिक्सेलको रहेको छ । यो स्मार्टफोनमा अप्टी कन्ट्रयाक्ट प्रविधी प्रयोग गरिएको छ जसको मद्दतले दिउसो घाममा पनि स्क्रिन देख्न सकिन्छ ।
0 comments:
Post a Comment