
भल एजेन्सीको अनुगमन गर्ने क्रममा ठमेल र सिनामंगलमा २५ प्रतिशत कम्पनी अनाधिकृत रुपमा सन्चालित रहेको फेला पारेको छ ।
राष्ट्र बैंकले राख्ने विदेशी मुद्राको आम्दानी कम हुदै गएपछि गरिएको
सर्वेक्षणमा अनाधिकृत रुपमा काम गर्ने कम्पनीले भ्रमण प्याकेजमा समेत न्युन
बिजकीकरण गर्ने गरेको खुलासा भएको हो । मुलुकको विदेशी मुद्रा संकलनमा
राम्रो हिस्सा ओगट्ने पर्यटन क्षेत्रका लागि पनि ट्राभल व्यवसायले
मेरुदण्डको काम गर्छ ।
यसअघि अत्यावश्यक वस्तु, पानी, सुन र पेट्रोलिय पदार्थमा अनुगमन तिव्र
पारेको सरकारले गत सातादेखि ट्राभल व्यवसायको पनि अनुगमन थालेको हो ।
अधिकारीहरुका अनुसार दुई ठाऊँमा नमुनाको रुपमा काम शुरु गरिएको हो ।जुन प्रकारको परिणाम आयो, अनाधिकृत काम गर्नेहरुको संख्या निकै ठुलो हुन सक्ने उनीहरु बताउँछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग महाशाखाले हालसम्म ठमेल र सिनामंगलमा ६२ ट्राभल एजेन्सीमा गरेको अनुगमनमा १७ वटाले गैरकानुनी सेवा सन्चालन गरेको पाईएको हो ।
'तीमध्ये ३ वटाको विरुद्ध कारवाही शुरु गरेका छौ,' महाशाखा प्रमुख पूर्णचन्द्र भट्टराईले भने, 'अन्यको कारवाही हुने क्रम जारी छ ।' यी कम्पनीहरुले अनुगमनका क्रममा दर्ता तथा अन्य कानुनी कागजात देखाएका थिएनन् । महाशाखाले सबैलाई ३ दिनको समय दिएर आवश्यक कागजात बुझाउन निर्देशन थालेको छ ।
एजेन्सी सन्चालनसम्बन्धि नियमअनुसार अनुमति नलिई व्यवसाय चलाउने विरुद्ध सरकारले २० हजार रुपैयाँ जरिवाना गराउने र व्यवसाय बन्द गराउन सक्ने व्यवस्था छ ।
0 comments:
Post a Comment