तर अब अचम्म मान्नु पर्ने कुरो रहेन यो पनि अब यस्तो मोबाइल चार्जरको आविश्कार भइसकेको छ जसले आगो बालेपछि मोबाइल चार्ज गर्छ । यस खालको आगो बालेर मोबाइल चार्ज गर्ने उपकरणको नाम हो बायोलाइट क्याम्प स्टोभ । यो एक प्रकारको स्टोभ हो जुन ट्रेकिङ, क्याम्पिङ या लामो यात्रामा निस्कनेहरुका लागि खाना बनाउनका लागि तयार पारिएको स्टोभ हो जुन स्टोभले खाना पकानुका साथै मोबाइल तथा अन्ग विद्युतबाट चल्ने ट्यावलेट लगाएतपनि चार्ज गर्न सकिन्छ ।
बायोलाइट क्याम्प स्टोभमा प्रयोग भएको थर्मोइलेक्ट्रिकल प्रणालीले खाना बनाउँदा बालेको आगोबाट विद्युतीय शक्ति पैदा गर्छ र जसबाट मोवाई लगाएतका विद्युतिय उपकारणलाई चार्ज गर्न सकिन्छ । एउटा पानी खाने बोटल आकारको यो स्टोभ ८.२५ इन्च अग्लो र पाँच इन्च चौडाइको छ । यसको बजार मुल्य एक सय ३० अमेरिकी डलर अर्थात करिब १२ हजार नेपाली रुपैंया मात्र रहेको छ ।
0 comments:
Post a Comment