नेपालका अधिकाशं ठाउँमा 3G नै बिस्तार नभईसकेको अहिलेको अवस्थामा 4G त
अल्लि पर कै कुरो भो । बिश्वमा अहिले पनि धेरै ठाउँमा 4G बिस्तार भईसकेको
छैन ।
तर चिनको हुवाईले भने प्रतिसेकेन्ड १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर
हुने 5G प्रबिधिको आविस्कारमा काम सुरु गरेको छ । कम्पनिका अनुसार अहिले
उसका २ सय कर्मचारीले यो प्रबिधीलाई ब्यवहारिक रुपमा ल्याउन अनुसन्धान
गरिरहेका छन । हुवाईले यो प्रोजेक्टको लागी निश्चित लगानी समेत छुट्याएको छ
। तर प्रोजेक्टको लगानी रकम भने खुलाईएको छैन ।
हुवाई कम्पनिका वेन टाङ्गकाले सन् २०२० सम्ममा यो प्रबिधि लाखौँ मानिसले
प्रयोग गरिरहेको हुने दावी गरेका छन । उनले 5G प्रबिधीमा १० जिबिपिएसको
स्पीडमा डाटा ट्रान्सफर हुने बताए । जुन अहिलेको 3G भन्दा १ सय गुणा बढि हो
।
यस अघि दक्षिण कोरियाली ईलेक्ट्रोनिक्स कम्पनि सामसुङले 5G प्रबिधीको सफल
परिक्षण गरेको घोषणा गरिसकेको छ । उसले पनि सन् २०२० सम्ममा यसलाई
ब्यवहारिक प्रयोगमा ल्याईसक्ने बताएको छ ।
0 comments:
Post a Comment