हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 26, 2013

तपाईले ATF बक्स् चलाउनु भएको छ भने नयाँ Setup फाईल डाउन्लोड गर्नुहोस् ( ATF AutoUpdate v10.00 Setup Downlode )

तपाईलाई लोकिया ATF बक्स् को Setup फईल चाहिएको छ चाहिएको छ भने यहाँ क्लिक गरेर डाउन्लोड गर्नुहोस्

गूगलको नयाँ नेक्सस 7 सार्वजनिक

गूगलले नया नेक्सस ७ ट्याबलेट, एन्ड्रोइड ४.३ र क्रोमकास्ट नामको एउटा डोंगल वा पेन ड्राइभ जस्तै डिभाइस लन्च गरेको छ । गूगलका अनुसार ३२३ पिक्सेल/इन्चका साथमा नयाँ गूगल नेक्सस ७ संसारमानै सबैभन्दा धेरै रेज्यूलुसन भएको ट्याबलेट हो।
nexus-7-tablet
नयाँ नेक्सस ७ लाइ असुसले निर्माण गरेको हो । यसमा पहिले जस्तै ७ इन्चको स्क्रीन राखिएको छ । तर यसको रेज्यूलुसन भने धेरै बढाइएको छ ।
नेक्सस ७ मा ३२३  पीपीआई पिक्सेल डेन्सिटीका साथमा १९२०x१२०० पिक्सेलको फुल एचडी रेज्यूलुसन रहेको छ । आईप्याड मिनीमा १६३ पीपीआई पिक्सेल डेन्सिटीका साथमा १०२४x७८६ पिक्सेल रेज्यूलूशनको डिस्प्ले रहेको छ । यसमा १.५  गीगाहर्त्ज क्वालकम स्न्यापड्र्यागन एस ४ क्वाड-कोर प्रोसेसर र २ जीबी र्याम छ । यसमा एड्रिनो ३२०  जीपीयू (ग्राफिक प्रोसेसिङ यूनिट) रहेको छ । नयाँ नेक्ससमा पहिलेको नेक्सस भन्दा १.८  गुणाले तिव्र प्रोसेसर र ४ गुणा तिव्र जीपीयू रहेको छ ।
यसले वायरलेस चार्जिङलाइ सपोर्ट गर्दछ । यसमा उत्कृष्ट साउण्डका लागी ड्यूल स्टेरियो स्पीकर रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्रीले वेब ब्राउजिङमा करीब १० घण्टा सम्म चल्दछ ।android 4.3
नयाँ नेक्ससमा पछाडीतिर ५ मेगापिक्सेलको क्यामरा र १.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । नयाँ नेक्सस ७८.६५ मिलीमीटर पातलो छ । नयाँ नेक्सस ७ पहिलेको भन्दा करीब २ मिलीमीटर पातलो र करीब ५० ग्राम हलुका रहेको छ ।
नयाँ नेक्सस ७ बाहेक गूगलले ऐन्ड्रोइड ४.३ पनि रिलीज गरेको छ । यसका साथै क्रोमकास्ट नामको डोंगल वा पेन ड्राइभ जस्तै एउटा सानो डिभाइस पनि गुगलले सार्वजनिक गरिएको छ ।

Wednesday, July 24, 2013

गूगलले विन्डोजका लागी क्लाउड प्रिन्ट ड्राइभर ल्यायो

गूगलले बिन्डोजका लागी क्लाउड प्रिन्ट सर्भिसको ड्राइवर रिलीज गरेको छ । अब तपाइँले सिधै आफ्नो विन्डोज डिभाइसको कुनै पनि एप्लिकेशनबाट क्लाउड प्रिन्ट गर्न सक्नुहुन्छ । पहिले यो क्रोम ब्राउजरको मद्दतले मात्र गर्न सकिन्थ्यो ।  
गूगल क्लाउड प्रिन्ट यस्तो सर्भिस हो, जिसले तपाइँ इन्टरनेट मार्फत कहिँबाट पनि आफ्नो प्रिन्टरमा केही पनि कुराहरू प्रिन्ट गर्न सक्नुहुन्छ ।
तपाइँले यहां क्लिक गरेर गूगल क्लाउड प्रिन्टरको ड्राइभर इन्स्टल गर्न सक्नुहुन्छ ।
गूगलले बताए अनसार उसले क्लाउड प्रिन्टलाइ अझै सजिलो बनाउनका लागी अझै पनि कोशिश गरिनै रहने छ ।
तपाइँ पनि क्लाउड प्रिन्ट ड्राइभर इन्सटल गरि यसको फाइदा लिने हैन त ?

Tuesday, July 23, 2013

नोकियाले ल्यायो सबैभन्दा ठुलो डिस्प्ले भएको स्मार्टफोन लूमिया 625

श्रावण ९, फिनल्याण्डको कम्पनी नोकियाले नोकिया लूमिया 625 स्मार्टफोन सार्वजनिक गरेको छ ।  नोकियाको अहिले सम्मकै सबै फोनहरूमध्ये यो फोनको स्क्रीन सबैभन्दा ठुलो हो ।
4जी कनेक्टिभिटी भएको यस फोनमा 4.7 इंच को सुपर-सेन्सेटिभ एलसीडी स्क्रीन रहेको छ । नोकियाले अहिले सम्म सबैभन्दा ठुलो 4.5 इन्चको स्क्रीन भएको फोनहरू मात्र ल्याएको थियो ।
नोकियाले यस फोनलाइ निकै अफोर्डेबल भएको बताएको छ । यसको मूल्य कर बाहेक 220 यूरो (नेपाली रूपैयाँ करीब २८०००) तोकेको छ ।
फोनमा 201 पीपीआई पिक्सेल डेन्सिटी भएको 4.7 इन्चको WVGA डिस्प्ले रहेको छ । यसलाइ प्रकासमा पनि हेर्न सकिन्छ । यसमा 1.2 गीगाहर्त्ज ड्यूल कोर प्रोसेसर र 512 एमबी र्याम राखिएको छ । एलईडी फ्ल्याश र अटोफोकसका साथमा 5 मेगापिक्सेलको मेन क्यामरा र भिजीए फ्रन्ट क्यामरा रहेको छ । 8 जीबीको इन्टरनल स्टोरेज भएको यस फोनमा 64 जीबी सम्मको एसडी कार्ड लगाउन सकिन्छ ।  यसमा 2000mAh को ब्याट्री रहेको छ । विन्डोज फोन 8 अपरेटिङ सिस्टममा चल्ने यो फोनको बाहिरि भाग सजिलै परिवर्तन गर्न सकिन्छ, जुन 5 वटा ब्राइट कलर्सहरूमा उपलब्ध हुनेछ ।  
नोकियाले यस फोनलाइ यो बर्षको त्रैमास (जुलाई-सेप्टेम्बर) सम्म भारत, चीन, यूरोप, एशिया पसिफिक, मिडल ईस्ट, अफ्रीका र ल्याटिन अमेरिकामा ल्याउने बताएको छ ।

प्रतिसेकेन्ड १०जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G आउँदै

 
नेपालका अधिकाशं ठाउँमा 3G नै बिस्तार नभईसकेको अहिलेको अवस्थामा 4G त अल्लि पर कै कुरो भो । बिश्वमा अहिले पनि धेरै ठाउँमा 4G बिस्तार भईसकेको छैन ।
 
 तर चिनको हुवाईले भने प्रतिसेकेन्ड १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने 5G प्रबिधिको आविस्कारमा काम सुरु गरेको छ । कम्पनिका अनुसार अहिले उसका २ सय कर्मचारीले यो प्रबिधीलाई ब्यवहारिक रुपमा ल्याउन अनुसन्धान गरिरहेका छन । हुवाईले यो प्रोजेक्टको लागी निश्चित लगानी समेत छुट्याएको छ । तर प्रोजेक्टको लगानी रकम भने खुलाईएको छैन ।
 
हुवाई कम्पनिका वेन टाङ्गकाले सन् २०२० सम्ममा यो प्रबिधि लाखौँ मानिसले प्रयोग गरिरहेको हुने दावी गरेका छन । उनले 5G प्रबिधीमा १० जिबिपिएसको स्पीडमा डाटा ट्रान्सफर हुने बताए । जुन अहिलेको 3G भन्दा १ सय गुणा बढि हो ।
 
यस अघि दक्षिण कोरियाली ईलेक्ट्रोनिक्स कम्पनि सामसुङले 5G प्रबिधीको सफल परिक्षण गरेको घोषणा गरिसकेको छ । उसले पनि सन् २०२० सम्ममा यसलाई ब्यवहारिक प्रयोगमा ल्याईसक्ने बताएको छ । 

   

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center