प्राविधिक सामानहरूको उत्पादक कम्पनी असुसले नयाँ प्याडफोन
इन्फिनिटीको घोषणा गरेको छ । यो यस्तो फोन हो, जसलाइ प्याडफोन स्टेशनमा
लगाएर ट्याबलेट जस्तै प्रयोग गर्न सकिन्छ । नया प्याडफोन इन्फिनिटी यस
सीरीज को चौथो डिभाइस हो ।
यस नयाँ प्याडफोन इन्फिनिटी मा 5 इन्च फुल
एचडी (1920×1080 पिक्सेल्स) आईपीएस डिस्प्ले, 2.2 गीगाहर्त्ज क्वालकम
स्न्यापड्रेगन 800 प्रोसेसर र एड्रिनो 320 जीपीयू (ग्राफिक्स प्रोसेसिङ
यूनिट) रहेको छ । यो फोन एन्ड्रोइड 4.2.2 मा चल्दछ ।
यसको यूनिबडी फ्रेम ब्रश्ड आल्युमिनियम फिनिश भएको छ । यसमा पछाडिपट्टी एलईडी फ्लाशका साथ 13 मेगापिक्सेलको क्यामरा रहेको छ, जसले 1080p भिडियो रेकर्ड गर्न सक्दछ । यसमा 2 मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
यस अघिको प्याडफोन डक जस्तै यसमा पनि 10.1 इन्चको डिस्प्ले रहेको छ, जसमा एन्टि-फिङ्गर प्रिन्ट कोटिङ रहेको छ ।

फोनमा 2000mAh ब्याट्री रहेको छ ।
प्याडफोन इन्फिनिटी को मूल्य 640 अमेरिकी डलर र प्याडफोन स्टेशन को मूल्य 240 अमेरिकी डलर तोकिएको छ ।

0 comments:
Post a Comment