गुगलले जिमेलको मेईल सेटिङमा केहि परिवर्तन गरेको छ । गुगलले
प्रयोगकर्ताको सहजताको लागी गुगलले जिमेलमा ईमेलको प्रकार छुटई दिएको छ ।
जस अनुसार प्रयोगकर्ताले आफ्ना पुराना मेल, अपडेट्स वा प्रमोशन मेल सजिलै
खोज्न सक्नेछन ।
केहि दिन अघि सम्म तपाईको जिमेल अकाउन्टमा फेसबुक, ट्वीटर, अन्य कुनै सोशल
साईट वा अरु कुनैबाट आउने मेल, तपाईको रेगुलर मेलसँगै देखिन्थ्यो ।
तर अब यसलाई ३ भागमा बिभाजन गरिएको छ । पहिलो भाग अर्थात प्राईमरीमा तपाई
जोडिनु भएको साथी भाई, बिजनेस पार्टनर वा अन्य प्रयोगकर्ताको मेल देखिनेछ
भने दोस्रो भागमा तपाईको सोशल अकाउन्टको अपडेट मेल देखिनेछ ।
त्यस्तै तेस्रो भागमा ब्यवसायीक प्रमोशन मेल देखिनेछ । यी तिनै भाग तपाईको
जिमेल अकान्ट खुलेपछि नै देखिनेछ । जिमेलमा गरिएको परिर्वतनले जिमेल
अकाउन्ट ब्यवस्थित र सफा देखिएको छ । यो परिवर्तनलाई धेरै जिमेल
प्रयोगकर्ताले मन पराएका छन ।
0 comments:
Post a Comment