हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, September 13, 2013

एप्पल र सामसुङबीच अब घडीको 'युद्ध'

अमेरिकी इलेक्टोनिक्स कम्पनी एप्पल र उसको प्रतिस्पर्धी कोरियन कम्पनी सामसुङबीच स्मार्ट वाचमा प्रतिस्पर्धा हुने भएको छ ।
स्मार्टफोनमा प्रतिस्पर्धी रहेका यी दुई कम्पनीले अहिले स्मार्टवाच ल्याउने तयारी तिव्र पारेका छन् ।
सामसुङले ल्याउन लागेको सामसुङ ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाचबाट, फोटो खिच्न, फोन गर्न, इमेल इन्टरनेट चलाउन तथा भिडियो हेर्न र भिडियो गेम खेल्न सकिन्छ ।
ग्यालेक्सी गियर सेप्टेम्बर ४ मा जर्मनीको बर्लिनमा हुने इलेक्ट्रोनिक इन्ड्रस्ष्ट्रिज ट्रेड फेयरमा पत्रकार माझ सार्वजनिक गरिने छ । यसमा सामसुङकै स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयरहरु प्रयोग गर्न सकिने छ ।
यस्तै एप्पले पनि यहीसेप्टेम्बर १० तारिखमा ट्रेड फेयरमा आइवाच सार्वजनिक गर्ने तयारी गरेको थियो । तर आफूले भन्दा पहिला नै सामसुङले ग्यालेक्सी गियर सार्वजनिक गर्न लागेका कारण एप्पलले सामसुङले भन्दा पहिला नै आइवाच सार्वजनिक गर्ने अनुमान छ ।
एप्पलको आइवाच भने आइफोन जस्तै आइओएस सफ्टवेयरबाट चल्नेछ । तर यसमा के के सुविधा उपलब्ध छन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । एप्पलले सेप्टेम्बरमा नै आइफोन फाइभ एसका साथै कम आय भएका उपभोक्तालाई लक्षित गरी सस्तो आइफोन पनि ल्याउने तयारी गरिररहेको छ । यसअघि एप्पलले आइफोन सार्वजनिक गरेपछि सामसुङले पनि त्यस्तै फिचर भएको स्मार्टफोन सार्वजनिक गरेको थियो । एप्पलले आफ्नो प्याटेन्ट राइट चोरी गरेको भन्दै सामसुङमाथि मुद्दा हालेर क्षतिपुर्ति तिराएको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

Wednesday, September 11, 2013

६ अर्ब घाटा खाएर टेलियासोनेराले बेच्यो


२६ भदौ, काठमाण्डौ । एउटै कम्पनीले धेरैवटा मोवाइल सेवा प्रदायकको सेयर लिन नपाउने भएपछि एनसेलको लगानीकर्ता युरोपेली कम्पनी टेलियासोनेराले नेपाल स्याटेलाइट कम्पनीको सेयर जोधर इन्भेष्टमेन्ट नामक नयाँ कम्पनीलाई बेचेको छ । अजय सुमार्गी साझेदार रहेको नेपाल स्याटेलाइट कम्पनीले मध्यपश्चिम क्षेत्रमा दूरसंचार सेवा दिनेगरी हेला नेपाल ब्राण्डमा टेलिफोन सेवा सञ्चालन गरिरहेको थियो । सन् २०११ र १२ मा दुईपटक गरी टेलियासोनेराले नेपाल स्याटेलाइटको ५७ प्रतिशत सेयर किनेको थियो ।

टेलियासोनेराले बुधबार एक बिज्ञप्ति जारी गरी नेपाल स्याटेलाइट कम्पनीको सेयर बेच्दा ४० करोड स्वीडस क्रोनर ९करिव ६ अर्ब रुपैयाँ० घाटा भएको बताएको छ । ’टेलियासोनेरा नेपाल स्याटेलाइट कम्पनीमा रहेको आफ्नो अप्रत्यक्ष स्वामित्व जोधर इन्भेष्टमेन्टलाई बेच्ने समझदारीमा पुगेको छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘पछिल्ला बर्षहरुमा नियमक र कानुनी प्रावधान तथा लाइसेन्स वितरणमा अस्थिरता देखिएको छ, सोही कारण नेपाल स्याटेलाइट कम्पनीको सेयर किन्ने प्रकृया निष्र्कषमा पुग्न सकेन ।’

नेपाल स्याटेलाइट कम्पनीको सेयर बेचेपछि अब टेलियासोनेराले आफ्नो ध्यानपूर्णरुपमा एनसेलमा लगाउने पनि बताएको छ । एनसेलका लागि एउटा सहायक ब्राण्ड बनाउने र त्यसमार्फत् टेलियासोनेराको बजार बलियो बनाउने लक्ष्यसाथ नेपाल स्याटेलाइटको ५७ प्रतिशत हिस्सा किनेको भए पनि त्यो सफल नभएको उसले बताएको छ । सेयर बिक्री प्रक्रिया आगामी एक महिनामा पुरा हुने बताइएको छ ।प्रचण्डका ब्यापारिक साझेदारको आरोप लाग्दै आएका ब्यापारी अजेय सुमार्गीकी पत्नी नेपाल स्याटेलाइटको अध्यक्ष थिइन् । एनसेलकै लगानीकर्ता कम्पनीले नेपाल स्याटेलाइटको सेयर खरिद गरेपछि त्यहाँ कार्यरत अधिकांश कर्मचारीलाई निष्कासन गरिएको थियो भने सुमार्गीपत्नीले पनि राजीनामा दिएकी थिइन् । कम्पनीमा अझै पनि सुमार्गीको २५ प्रतिशत सेयर रहेको छ ।

अहिले टेलियासोनेरले सेयर बिक्री गरेको कम्पनी जोधर इन्भेष्टमेन्ट कम्पनी ब्रिटिस आइल्याण्डको कम्पनी हो । यसअघि टेलियासोनेराले सन् २००८ मा एनसेलको स्वामित्व पनि जोधरबाटै किनेको थियो । सो स्वामित्व खरिद प्रकृयामा भ्रष्टाचार भएको भन्दै सन् २०१२ मा डेनिस पत्रिका भेक्कान अफयेरले रिपोर्ट छापेको थियो । जोधर इन्भेष्टमेन्ट कम्पनीको स्वामित्व कोसँग छ भन्नेमा विवाद भएपछि टेलियासोनेराका अधिकारीहरुले जोधरसँग भएको सम्झौताबारे टिप्पणी गर्न नमिल्ने बताएका थिए ।

Tuesday, September 10, 2013

आइफोन सी को मूल्य ५४९ डलर, उपभोक्ता स्तब्ध

काठमाडौं —  एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन्। एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ
सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन्।
एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफर्नियाको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन्।
एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी छ।
सेप्टेम्बर १० लाई विशेष दिनको रुपमा मनाउँदै एप्पलले आइफोन फाइभ एस पनि लञ्च गरेको छ।
सस्ता आइफोन लञ्च गर्दै एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख
कस्ता छन् फिचररु

आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको एप्पलको चियचर्चो गर्ने म्याकर्युोमरले उल्लेख गरेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए(फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ।


डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेको हो।

एप्पलले सास्ता आइफोन सार्वजनिक गर्दै

एप्पलले सस्ता आइफोन लन्च गर्दैछ। बहुप्रतिक्षित मानिएको आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई कम्पनीले आजैबाट एकसाथ बजारमा ल्याउँदैछ। एक समारोहबीच एप्पलका सिइओ टिमोथी डी कुकले क्यालिफर्नियाको हेडक्वाटरबाट यी सस्ता नयाँ आइफोनको सार्वजनिक गर्नेछन्।

एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता यी आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी गरेका छन्।

नेपाल टेलिकमले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट

नेपाल टेलिकमले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ। टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले..
विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा सञ्चालन गर्ने भनेको वाइफाइ हटस्पट निर्माणका क्रममा यतिखेर परिक्षणको काम भइरहेको छ। टेलिकमले वाइम्याक्स सेवा सुरु गर्दा १५ सय स्थानमा वाइफाइ हटस्पट सञ्चालनमा ल्याउने बताएको थियो।

उनले परिक्षण अवधिभर आम मानिसहरुले निशुल्क वाइफाइ इन्टरनेट चलाउन सक्ने बताए। यतिखेर टेलिकमले वाइफाइ हटस्पटको बिलिङ सिष्टमको परिक्षण गरिरहेको छ। यही परिक्षणको क्रममा तीन महिनासम्म आम उपभोक्ताले भने निशुल्क इन्टरनेट चलाउन पाउँछन्। टेलिकमले परिक्षण गरिरहेको वाइफाइ हटस्पटका क्षेत्रमा फोन, ल्यापटप तथा आईप्याड लगायतबाट इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउनका लागि छुट्टै उपकरण आवश्यक भएपनि हटस्पटमा भने सिधै मोबाइल, आइप्याड वा ट्याब्लेटबाट नै इन्टरनेट चलाउन सकिन्छ।
अहिले हटस्पट परिक्षण भएका स्थानहरुमा ३ एपबीपीएस डाउनलोड र १ एमबीपीएस अपलोड क्षमता भएको इन्टरनेट सेवा उपलब्ध छ। अहिले जडान भएर निशुल्क उपलब्ध रहेको हटस्पटबाट कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङमल, बसपार्क साथै पर्यटक आवागमन बढी हुने क्षेत्रहरुमा हटस्पट बनाउने छ। यसका लागि अमेरिकन कम्पनी एयरस्पान नेटवर्कसँग टेलिकमले गत फागुनमा नै सम्झौता गरिसकेको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center