हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, August 4, 2013

Nepal Telecom to bring in LTE with Huawei.

Nepal Telecom and Huawei have signed a contract for 4.8 Million GSM lines including 3G+ (LTE) data services which is worth about 7 billion Nepali Rupees. Nepal Telecom's MD Amar Nath Singh and Huawei's Commercial Manager Liyan Chi Chang have inked the deal. It's been more than six months when Nepal Telecom had floated a global tender for 10 Million GSM lines which was separated in 4.8 M and 5.2 M lines, of which ZTE and Huawei were selected for further discussions. NT had months of discussion with the vendor after passing hurdles from Finance Committee in CA, and CIAA (Commission for the Inviestigation of Abuse of Authority). 


With this, Nepal Telecom will be swapping the existing ZTE system in Central Development Region (Kathmandu) and Western Development Region(WDR) with the Huawei System, having more no of lines and additional high speed internet services of 3G and 3G+ LTE Service (45 % 2G GSM lines and 55% 3G and 3G+ LTE lines). Though various operators in foreign countries call LTE service as 4G just for marketing purpose, we will have to wait and see what will they call for the fast LTE service in Nepal. Nepal Telecom is confident of the new project to cater the cost effective and quality service demand in the market.

NT is also going to sign a contract with ZTE for the 5.2 Million lines, the leftover of 10 M Project. "Soon we are going to discuss with ZTE to do a pact for the remaining 5.2 million lines" says Nepal Telecom's MD Amar Nath Singh.

Saturday, August 3, 2013

चोरीको मोबाइल नचल्ने

कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको फोन लिएर चलाउने सोच बनाउनुभएको छ भने त्यो सोच तत्काल छोड्नुहोस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा पनि नमारिहाल्नुहोस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरूलाई सजिलो बनाइदिएको छ।

टेलिकमले सञ्चालनमा ल्याएको १ करोड जीएसएम मोबाइल लाइन अन्तर्गतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरू चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले १ करोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिनेछ। मोबाइल सेवा निर्देशनालयका अनुसार इक्युपमेन्ट आइडेन्टीटी रजिस्टर ९इआइआर० सेवा सञ्चालनमा ल्याएपछि हराएका तथा चोरी भएका मोबाइल सेट चलाउनै नसकिने गरेर बन्द गराउन सकिन्छ।

नेपाल टेलिकमको मोबाइल चलाउने उपभोक्ताले यो सेवा लिन मोबाइल सेट खरिद गरेको भ्याट बिल पेस गर्नुपर्नेछ। भ्याट तिरेर किनेका मोबाइल सेटको आइएमइआइ ९इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी० नम्बर टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमले त्यसैको आधारमा मोबाइल सेटलाई ब्लक गरिदिन्छ।

अहिले महँगा फोनसेटको प्रयोगसँगै हराउने तथा चोरी हुने घटनाहरू पनि बढिरहेका छन्। यो सेवा प्रारम्भ भएपछि मोबाइल हराएर हैरान भएकाहरूलाई राहत मिल्ने देखिन्छ। आफूले चलाउन नसक्ने भएपछि हराएका फोन भेटिने तथा फेला पार्नेले सम्पर्क गरेर फिर्ता दिने सम्भावना पनि बढी हुनेछ।

निजी मोबाइल सेवा प्रदायक एनसेलले अहिले नै इआइआरमार्फत कुन मोबाइल कसले चलाइरहेको छ त्यसको जानकारी दिने सेवा उपलब्ध गराइरहेको छ। सामसुङ मोबाइलको अधिकृत बिक्रेता आइएमएसले एनसेलसँगको सहकार्यमा आइएमइआइका आधारमा मोबाइल सेट प्रयोगकर्ताको जानकारी लिएर चोरी भएका मोबाइलको जानकारी हासिल गर्ने र कारबाही अघि बढाउने गरेको छ। आइएमएसले यही आधारमा सामसुङका महँगा मोबाइल सेटमा चोरी तथा लुटिएको अवस्थामा बीमा सुविधा पनि प्रदान गर्दै आएको छ।

इआइआर र आइएमइआइको माध्यमबाट मोबाइल प्रयोगकर्ताका बारेमा धेरै जानकारी लिन सकिन्छ। मोबाइल प्रयोगकर्ता रहेको ठाउँदेखि कुन मोबाइल सेटमा कुन नम्बर प्रयोग भएको छ सबै थाहा पाउन सकिन्छ। इआइआर र आइएमइआइको माध्यमबाट प्रयोगकर्ताका बारेमा धेरै जानकारी पाउन सकिने भएकाले यसबाट प्राप्त हुने जानकारी अपराध अनुसन्धानमा बाहेक अन्य अवस्थामा अनि नै गोप्य राखिन्छ। विभिन्न मुलुकमा व्यावसायिक लाभका लागि यसबाट प्राप्त हुने सूचनाहरू सेवा प्रदायकहरूले आपmनो सेवा प्रयोग गर्ने कर्पोरेट हाउसहरूलाई बाँडेको पनि पाइन्छ।

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस।।

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो
तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस।।

Friday, August 2, 2013

''सामसुङका स्मार्टफोन प्रतिबन्धित हुने संभावना''

''एप्पल र सामसुङबिच अमेरकामा चलिरहेको कानुनी लडाई अन्तिमा मोड तिर पुगेको छ । संभावत इन्टरनेशनल ट्रेड कमिशनले अर्को हप्ता सामसुङका केही स्मार्टफोनमाथी प्रतिबन्ध लगाउने छ।''
अदालतले सामसुङले एप्पलको पेटेन्स राईट उल्लंघन गरेको दोषी ठहराउँदै सामसुङलाई ठुलो जरिवाना समेत तिराएको थियो। अब सामसुङका केही स्मार्टफोनका मोडलहरु प्रतिबन्धमा पर्ने संभावना समेत बढेको हो।
अर्को हप्ता सम्म इन्टरनेशनल ट्रेड कमिशनले निर्णय लिने संभावना छ । इन्टरनेशनल ट्रेड कमिशनले अदालतको फैसला लगतै निर्णय लिनु पर्ने भएपनि केही समय लिएको थियो ।''
अदालतको फैसलामा सामसुङले आफ्नो मोबाइल डिभाइस बनाउँदा एप्पलको चार पेटेन्ट उल्लंघन गरेको स्विकार गरिएको थियो''
त्यसैलाई आधार बनाएर इन्टरनेशनल ट्रेड कमिशनले सामसुङका चर्चित मोडलहरु ग्यालेक्सी एस-२ र ग्यालेक्सी १०.१ ट्यावलेट लगायत चार मोडलहरुलाई अमेरिकिामा प्रतिबन्ध गर्न लागेको हो।''
सामसुङले पेटेन्ट राइट उल्लंघन गरेर यी मोडलहरु तयार पारिदिएका कारण एप्पलको आइफोन ३एस र आइफोन ४ एसले बजारमा जबरजस्त झड्का बेहोरेको थियो।''
इन्टरनेशनल ट्रेड कमिशनले अर्को हप्ता अगस्ट ९ मा यो महत्वपुर्ण निर्णय लिने बताइएको छ ।''

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित डाउन्लोड गर्नुहोस्

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित तपाईलाई मन पर्छभने प्ले गरेर हेर्नुहोस् र डाउन्लोड गर्नुहोस्

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center