हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 30, 2013

एनसेलको मासिक १२५ बोनस

एनसेलले आफ्ना प्रयोगकर्तालाई मासिक एकसय २५ को बोनस दिने भएको छ। एनसेलले आफ्नो नेटवर्कमा एक करोड प्रयोगकर्ता पुगेको भनेर बोनस सीमको अफर सुरु गरेको छ।

जसमा ९९ रुपैंयामा ५० को मेन ब्यालेन्स भएको सीममा वर्षको करिब एहकजार पाँचसय बराबरको निशुल्क सेवा दिने बताएको छ। एनसेलले दिने एक वर्षको एकहजार पाँचसयको निशुल्क सेवामा एसएमएस, फोन र इन्टरनेट चलाउन सकिन्छ। एनसेलको अफरमा उपभोक्ताले मासिक एकसय २५ बराबरको सेवा निशुल्क पाउने छन्। एनसेलले जनाए अनुसार उसले यो योजनामा सीमकार्ड किन्ने उपभोक्तालाई मासिक ३० एसएमएस, २० मिनेट फोन र १० एमबी डाटा निशुल्क उपलब्ध गराउने छ। एनसेलले यसरी उपलब्ध गराउने निशुल्क एसएमएस र २० मिनेटको फोन कल अवधि एनसेलको नेटवर्कमा मात्र प्रयोग गर्न पाइनेछ।

Monday, July 29, 2013

स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४

काठमाडौं– भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले ल्याएको नयाँ फोन ुक्यानभास ४ुले सस्तो मूल्यमा स्मार्टफोन बोक्न चाहनेहरुको सपना पूरा गर्ने भएको छ। समकालीन स्मार्टफोनहरुको तुलनामा यसको मूल्य कम पर्नेछ। यसले सामसङ ग्यालेक्सी एस ४, एचटीसी वन, नोकिया लूमिया, एलजी, गुगल नेक्सस ४ लाई चुनौति दिने अनुमान गरिएको छ।


१३ मेगापिक्सल र ८ कोर प्रोसेसर भएको क्यानभास ४ मोबाइलको मूल्य ३० हजार वरिपरि छ। कम्पनीले यु–ट्युबमा यो नयाँ फोनबारे केही भिडियो जानकारी राखेको छ। फोनले युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। क्यानभास ४ को मुख्य विशेषता भनेको १३ मेगापिक्सलको क्यामेरा नै हो। यसको अलवा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ।

५।५ इन्च एचडी डिस्प्ले स्क्रीन रहेको मोबाइलमा २ जीबी र्यायम, १६ जीबी इन्टरनल मेमोरी, ३२ जीबी एक्सर्टनल मेमोरी र एन्ड्रोइड ४।२।२ अपरेटिङ सिस्टममा यसको प्रयोग गर्न सकिनेछ। मोबाइलको पछिल्लो भाग पलाष्टिकले बनेको छ। यसले एक क्लिकमा १५ सेकेण्डभित्र ९९ फोटो खिच्न सक्ने क्षमता राख्छ। माइक्रोम्याक्सले यस फोनमा ुब्लो– टु अनलकु फीचर पनि राखेको छ। बेस्सरी फुकेपछि पनि मोबाइल अनलक हुन्छ।


फोनमा आलमुनियम कभर लगाइएको छ। तर यसका लागि थप ३ हजार तिर्नुपर्ने हुन्छ। यस नयाँ फोनमा भिडियो हेर्दै म्यासेज वा इमेल पनि गर्न सकिन्छ। एउटा भिडियो हेर्दै अर्कोको प्रिभियु पनि हेर्न सकिन्छ। भिडियो हेर्दाहेर्दै मोबाइल छाडेर अर्कोतर्फ गएमा भिडियो पनि रोकिन्छ। यो फोनको अर्को नयाँ विशेषता हो।


माइक्रोम्याक्सले क्यानभास सिरिजमा अहिलेसम्म चार फोन बजारमा ल्याइसकेको छ। जसमा क्यानभास एचडी, क्यानभास ३ डी, क्याभास म्युजिक र क्याभास वीवा रहेका छन्। बजारमा यी मोबाइलको माग अन्यको तुलनामा बढी छ। क्यानभास ४ ले पनि आफ्ना पुराना सिरिजकै बाटोमा अगाडि लाग्ने अनुमान गरिएको छ।

Sunday, July 28, 2013

५ सय केन्द्रमार्फत् टेलिकमको वाइम्याक्स सेवा

काठमाडौं( नेपाल टेलिकमले आर्थिक वर्ष २०७०(७१ का लागि कूल ६९ अर्ब ९५ करोड ६३ लाख नौ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। टेलिकमका अनुसार सरकारलाई राजस्ववापत रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार, पुँजीगत खर्चवापत रु १९ अर्ब ४१ करोड ६५ लाख ५४ हजार, आयगत खर्चवापत रु १० अर्ब ६८ करोड ७४ लाख ८६ हजार, लाभांश ९नेपाल सरकारलाई बुझाउने बाहेक अन्य० बापत रु ६१ करोड २४ लाख ८२ हजार रकम छुट्टाएको हो।
   
त्यस्तै ग्राहक लाभांश र सुविधावापत रु ८४ करोड २८ लाख ९९ हजार र अन्य दायित्ववापत रु सात करोड ७१ लाख ८५ हजार, अन्य प्रशासनिक सेयरिङ वापतको भुक्तानी रु एक अर्ब एक करोड ६५ लाख १९ हजार र लगानीवापत रु १५ अर्ब ९५ करोड विनियोजन गरेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी आव २०६९र७० मा सरकारमा दाखिला गरेको राजस्व विवरणअनुसार लाभांशवापत रु छ अर्ब ५८ करोड ७५ लाख १७ हजार ६००, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्कबापत रु चार अर्ब १४ करोड ५२ लाख ३१ हजार ०७९, आयकरवापत रु चार अर्र्ब २४ लाख ७१ हजार ९५८, रोयल्टी र ग्रामीण दूरसञ्चार कोषवापत रु एक अर्ब ९८ करोड ८९ लाख ८६ हजार ८१०, जिएसएम मोबाइलको अनुमतिपत्र नवीकरणवापत रु दुई अर्ब ३१ करोड १० लाख र फ्रिक्वेन्सी दस्तुरवापत रु एक अर्ब ३३ करोड ५९ लाख १७ हजार ५३४ गरी जम्मा रु २० अर्ब ३७ करोड ११ लाख २४ हजार ९८१ सरकारलाई राजस्व बुझाइएको छ।
चालु आर्थिक वर्षमा कम्पनीले रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार राजस्व सरकारलाई बुझाउने प्रक्षेपण गरेको छ। यस वर्ष कम्पनीले कुल २९ लाख १३ हजार ४०१ लाइन थप टेलिफोन वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ।
त्यस्तै जिएसएम सेवातर्फ चालु आर्थिक वर्षमा २० लाख मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ। त्यस्तै सिडिएमए सेवातर्फ चालु आर्थिक वर्षमा आठ लाख ८६ हजार लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखिएको छ।
यो आर्थिक वर्षभित्र आइपी सिडिएमए सेवाको विस्तार गरी ७५ वटै जिल्लामा सेवा सञ्चालनमा ल्याइनेछ। यो सेवाको विस्तार कार्यबाट ग्रामीण क्षेत्रमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच स्थापित गर्न सहयोग पुग्ने टेलिकमले जनाएको छ।
चालु आर्थिक वर्षमा ल्यान्डलाइन सेवाका २७ हजार ४०१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखिएको छ। सबै सेवाका ग्राहकहरूको गुनासालाई केन्द्रीकृत गरी छिटो तथा सरल रुपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क केन्द्र सञ्चालनमा ल्याइने भएको छ।
त्यसैगरी इन्टरनेट सेवातर्फ ग्राहकको अनपेक्षित जमघट तथा भिडभाड हुने क्षेत्रहरूको पहिचान गरी यसै आर्थिक वर्षभित्र वाइम्याक्समार्फत ५०० स्थानमा कार्यालय स्थापना गरी सेवा विस्तार गरिने भएको छ।

Saturday, July 27, 2013

डाटा सेवामा तीव्र प्रतिस्पर्धा

काठमाडौं , श्रावण १३ ( नेपाल टेलिकमले इन्टरनेट सेवामा एक वर्षभित्र ५ प्रतिशत बिन्दुको विस्तार पाएको छ । कुल बजारमा नेपाल टेलिकमको डाटा सेवा प्रयोगकर्ताको संख्या ४६ प्रतिशत पुगे पनि ५१ प्रतिशत हिस्सा भने एनसेलको भागमा छ ।

गत जेठ महिनासम्म एक वर्षको अवधिमा नेपाल टेलिकमको डाटामा बजार हिस्सा ५ प्रतिशत बिन्दुले बढेर ४६ प्रतिशत पुगेको हो । एनसेलको बजार हिस्सा यही अवधिमा ५७ प्रतिशतबाट घटेर ५१ प्रतिशतमा आएको छ । टेलिकमको डाटा सेवामा मोबाइलबाट उपलब्ध जीपीआरएससँगै टेलिफोनको एडीएसएल र वायरलेस पनि छन् । कम्पनीले वाइम्याक्स र एडीएसएल सेवामा बढाएको ग्राहकका कारण बजार हिस्सा बढाउन मद्दत पुगेको छ । प्रतिस्पर्धी एनसेलले भने जीपीआरएस र थ्रीजी प्रविधिको इन्टरनेट मात्र छ ।

कर नतिरेका सेटमा सिम ब्ल्कको तयारी

१२ साउन, काठमाडौं । मोबाइल सेटको अनधिकृत आयात रोकेर करको दायरामा ल्याउन सरकारले कर तिरेका सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्ने तयारी गरेको छ । हाल बजारमा करिब २५ प्रतिशत मोबाइल सेट भन्सार छली (ग्रे मार्केटमार्फत) आयात हुने गरेको अनुमान छ ।

भन्सारमा मोबाइलको संकेत नम्बर पेश गर्नुपर्ने र ती सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्न अर्थ मन्त्रालयले दूर सञ्चार प्राधिकरणसँग छलफल गरेको छ । टेलिकम सेवा प्रदायकले निश्चित सेटमा आफ्नो सिम नचल्ने बनाउन सक्छन् । नेपाल टेलिकम र एनसेलले मोबाइबल सिमकार्ड जारी गर्ने गरेका छन् ।

‘यो प्रणाली लागू गर्न हामीले टेलिकमहरुको नियामक दूरसञ्चार प्राधिकरणसँग छलफल अघि बढाएका छौं’, अर्थका अधिकारीले भने, ‘प्राधिकरणको तर्फबाट पनि यसमा प्रक्रिया अघि बढाइएको छ ।’ यस्तो प्रणाली लागू गर्दा व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याउने सेटको सम्बन्धमा अलग्गै व्यवस्था गर्नुपर्ने झन्झट देखिएको छ ।

हाल मोबाइल सेटमा शून्य भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । तर सरकारले ६० प्रतिशत मूल्य अभिवृद्धि कर बिक्रेतालाई फिर्ता दिने गरेको छ । औपचारिक च्यानलबाट मोबाइल सेट आयात नभएपछि सरकारले शून्य भन्सार र आधा भ्याट फिर्ताको सुविधा दिएको थियो ।

औपचारिक माध्यमबाट सेट आयात भएपछि व्यापारीको यथार्थ कारोबार देखिने र त्यसको आधारमा आयकरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षामा सरकारले कर छुटको सुविधा दिएको हो । यदि सेट प्रतिबन्ध प्रणाली लागू भएमा सरकारले यसअघि दिंदै आएको कर छुटको सुविधा फिर्ता लिने अर्थका अधिकारीले बताए ।

उक्त प्रणाली लागू भएमा उपभोक्ताले भ्याट बिलसहित किन्ने मोबाइल सेटको मूल्य करिब ७ प्रतिशतले वृद्धि हुनेछ । अहिले बजारमा बिना भ्याटबिलको सस्तो र बिलसहितको सेट महँगोमा बेच्ने गरिएको छ । आधिकारिक वारेण्टी र उपभोक्तामा वैध कारोबारलाई प्रोत्साहन गर्ने सोचमा भएको विकासले महँगो भए पनि बिलसहितकै सेटको बढी माग हुने गरेको बिक्रेताहरु बताउँछन् ।

यसैगरी, मोबाइल सेवा प्रदायकहरुले चोरी भएका सेटमा पनि सिमकार्ड प्रतिबन्ध गर्ने तयारी गरेका छन् । मोबाइल सेट चोरी घटना बढेको र ग्राहकको गुनासोलाई ख्याल गरी चोरीलाई निरुत्साहन गर्न यस्तो प्रणाली लागू गर्न लागिएको सेवा प्रदायकले बताएका छन् । अहिले कम्पनीहरुले हराएको सेटको आईएमइआई नम्बर उपलब्ध गराएमा उक्त सेटमा कुन नम्बरको सिमकार्ड प्रयोग भएको छ भन्ने मात्र जानकारी दिने गरेका छन् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center