हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 23, 2013

आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने तरिका

विडियो हेर्नको लागी तलको बक्समा डबल क्लिक गर्नुहोस

आफ्नो फेसबुक स्ट्याटस वा फोटोमा लाईक बढाउने उपाए |फेसबुक एकाउन्टमा जति धेरै साथिहरु भएतापनि आफूले पोस्ट गरेको स्ट्याटस वा फोटोमा निकै कम लाईक आउँदा दिक्क हुनुभएको छ ? यसको कारणहरु : कि त तपाईका साथिहरुले तपाईलाई वास्ता गर्दैनन कि त तपाईको स्ट्याटस् उनीहरुको News Feed मा देखिदैँनन् । तैपनि
अब चिन्ता चाहिँ नलिनुस् , यो लेखबाट तपाईले आफूले फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक कसरी देखाउने ( पक्कै पनि देखाउनकै लागि हो :-)
) भन्ने बारेमा जानकारी पाउनुहुनेछ ।


मैले यहाँ कुरा गर्न खोजेको likelo.com को बारेमा हो, जसबाट तपाईले एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा पाउनुहुनेछ ।

Step 1

सबैभन्दा पहिले तपाईले फेसबुकमा subscriber फिचर enable गर्नुपर्छ । जसको लागि यहाँ गएर गर्न सक्नुहुन्छ ।

Step 2

आफ्नो स्ट्याटस् वा फोटो अपलोड गर्नुहोस् । पोस्टको प्राईभेसी Public बनाउन नबिर्सनुहोला ।

Step 3

त्यसपछि ब्राउजरमा www.likelo.com खोल्नुहोस् । त्यहाँ तपाईले “Click Here” लेखिएको देख्नुहुन्छ । त्यहाँ क्लिक गरेपछि “Xperia smart phone पेज” मा पुग्नुहुनेछ । त्यो पेजको माथिपट्टि रहेको “Install” बटनमा क्लिक गरेपछि Success म्यासेजसहितको नयाँ पेज खुल्नेछ ।

Step 4

address bar बाट त्यो success पेजको लिँक (url) कपि गर्नुहोस् ।

Step 5

त्यो कपि गरिएको url लाई likelo.com को होमपेको फिल्ड मा राखेर Submit गर्नुहोस् । अब तपाईले आफ्ना स्ट्याटसहरुको लिस्ट देख्नुहुनेछ । चाहेको स्ट्याटस रोजेर Submit मा क्लिक गर्नुहोस् । तपाईले फोटो पनि रोज्न सक्नुहुन्छ । अब १/२ मिनेटपछि आफ्नो स्ट्याटस् हेर्नुहोस , टन्नै लाईक बढेको देख्नुहुनेछ । तर यसको नोटिफिकेशन भने पाउनुहुन्न । तपाईले आफ्नो स्ट्याटस लाईक गरेकाहरुको प्रोफाईल चाहिँ हेर्न सक्नुहुन्छ ।
यसबाट एउटा स्ट्याटसको एकपटक मात्र लाईक बढाउन सकिन्छ तर सयौँ स्ट्याटसहरुमा बढाउन सकिन्छ

Sunday, July 21, 2013

तपाईले फेसबुक या ईन्टरनेटमा पासवर्ड विर्सिनुभयो ? ( नो टेन्सन )

कम्प्युटरको ओपन वटम प्रेस भएसगै कुन कुन साईट भिजिट गर्नुहुन्छ रु पहिल्य लगईन गर्ने भनेकै फेसवुक हुनुपर्छ त्यसपछि ट्वीटर, जिमेल, स्काईप, याहु एवं व्लग बेवसाईट ईत्यादी ।  साधारणतया यती साईटहरु एक व्यक्तिले दैनिक रुपमा प्रयोग गर्दै आएका हुन्छन् । ईन्टरनेटसगँ सम्वन्धीत रहेर काम गर्ने हरुको हकमा भने धेरै नै साईटहरु लगईन गरिरहनु पर्ने हुन्छ । ईन्टरनेट कनेक्ट गरिएको अफिसमा पनी आफ्नो त छदैछ अफिसको पनी फेसवुक, ट्वीटर, जिमेल, बेवसाईट, लगायत धेरै साईटहरु खोलिरहनु त पर्छ नै । यतिका धेरै साईट लगईन गरिरहदा के पासवर्ड त सजिलै सम्झिन सक्नुहुन्छ ?

कसै कसैले त डायरीमा लेखेर आफु जहाँ तयो त्यहि बोकेर हिडिरहेका पनी हुन्छन् । सम्झनै गाह्रो हुने गरी साईटहरु लगईन गरिरहुनभएको छ भने समस्याको समाधान के त रु चिन्ता नलिनुस्, तपाईले रोवो फर्मको प्रयोग गर्न सक्नुहुन्छ । रोबो फर्म ९च्यदयायचm० पासवर्ड सम्झाउने सफ्टवेयर हो ।  विश्वका दशौ लाख मानिसले यो सफ्टवेयरको प्रयोग गरिरहेका छन् । डेक्सटपका साथै मोबाईलमा पनी यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । अनि धेरै अपरेटिङ सिस्टमलाई सपोर्ट  गर्ने गर्दछ । विश्वको नम्वर एक पासवर्ड सम्झने सफ्टवेयर भएको रोबो फर्मले दावी गरेको छ ।

निशुल्कै हो त ?
यदि तपाई दश वटा साईट सम्ममा रोबो फर्मको प्रयोग गर्नुहुन्छ भने यो निशुल्क हो । भन्नाले तपाई फेसवुक,ट्वीटर,जिमेल,याहु,स्काईप गर्दै दशवटा साईटसम्ममा पासवर्ड सम्झन यसले निशुल्क काम गर्ने गर्दछ । दशभन्दा वढी जतिपनी साईटमा पासवर्ड सम्झिदिए हुन्थ्यो भन्ने लाग्छ भने चै पैसा तिर्नुपर्ने हुन्छ । वार्षिक दश डल्लरको हाराहारी देखी भुक्तानी गर्नुभयो भने यसले पासवर्ड सम्झने काम त छदैछ अन्य धेरै काममा सपोर्ट गर्ने गर्दछ ।

काम काईदाकै गर्छ त रु भिडियोमा हेर्नुस् न ।




पैसा तिर्ने काम पछि गरुला अहिल्य सित्तैमा पाईने सेवा सुविधा चै डाउनलोड गरुन त भन्ने लाग्छ भने यहाँ क्लिक गर्नुस् ।

ब्ल्याकबेरी क्यू १० मा कस्ता फिचर्स छन्?

गिर्दो ब्यापारप्रति चिन्तित ब्लायाकबेरीले नयाँ स्मार्टफोनको सहारा लिएको छ। क्यू ५ पछि ब्ल्याकबेरीले आफ्नो नयाँ क्यू १० बजारमा ल्याएको छ। बीबी ओएस १० अनुसार चल्ने यो नयाँ स्मार्टफोन पुरानो जेड १० को तुलनामा महँगो छ।

के के फिचर्स छन्रु
ब्ल्याकबेरीको यो नयाँ फोनमा १।५ गीगाहटर्ज डुअल कोर प्रोसेसर रहेको छ। यसको र्यानम २ जीबी छ। दुई क्यामेरा रहेको ब्ल्याकबेरीमा रियल क्यामेरा ८ मेगा पिक्सलको छ जसले फुल एचडी क्वालिटी खिच्छ। फ्रन्ट क्यामेरा २ मेगा पिक्सलको छ।

Saturday, July 20, 2013

जिमेलको मेल सेटिङ परिवर्तन, ईमेल खोज्न झन सजिलो

गुगलले जिमेलको मेईल सेटिङमा केहि परिवर्तन गरेको छ । गुगलले प्रयोगकर्ताको सहजताको लागी गुगलले जिमेलमा ईमेलको प्रकार छुटई दिएको छ । जस अनुसार प्रयोगकर्ताले आफ्ना पुराना मेल, अपडेट्स वा प्रमोशन मेल सजिलै खोज्न सक्नेछन ।
केहि दिन अघि सम्म तपाईको जिमेल अकाउन्टमा फेसबुक, ट्वीटर, अन्य कुनै सोशल साईट वा अरु कुनैबाट आउने मेल, तपाईको रेगुलर मेलसँगै देखिन्थ्यो ।
तर अब यसलाई ३ भागमा बिभाजन गरिएको छ । पहिलो भाग अर्थात प्राईमरीमा तपाई जोडिनु भएको साथी भाई, बिजनेस पार्टनर वा अन्य प्रयोगकर्ताको मेल देखिनेछ भने दोस्रो भागमा तपाईको सोशल अकाउन्टको अपडेट मेल देखिनेछ ।
त्यस्तै तेस्रो भागमा ब्यवसायीक प्रमोशन मेल देखिनेछ । यी तिनै भाग तपाईको जिमेल अकान्ट खुलेपछि नै देखिनेछ । जिमेलमा गरिएको परिर्वतनले जिमेल अकाउन्ट ब्यवस्थित र सफा देखिएको छ । यो परिवर्तनलाई धेरै जिमेल प्रयोगकर्ताले मन पराएका छन ।

 

प्रतिस्पर्धामा रिजनल ब्राण्ड, स्पाइसले भित्रायो नयाँ स्मार्टफोन

नेपाली स्मार्टफोन बजार कब्जा गर्ने अभियानमा लागेका रिजनल ब्राण्डबीच पछिल्लो समय तिब्र प्रतिस्पर्धा बढेको छ । कम भन्दा कम मूल्यमा बढी भन्दा बढी फिचर भएका स्मार्टफोन बजारमा ल्याउने प्रतिस्पर्धा रिजनल ब्राण्डका मोबाइल कम्पनीमा चलिरहेको छ । रिजनल ब्राण्डका स्मार्टफोन नेपाली मध्यमवर्गीय उपभोक्ताको रोजाइमा समेत पर्न सफल भएका छन् । यहि क्रममा स्पाइसले नयाँ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।
भारतीय मोबाइल कम्पनी स्पाइसको ‘एमआई-४५०’ र ‘एमआई-४२२’ मोडेल नेपाल बजारमा भित्रिएका हुन् । स्पाइस मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटक प्रालिले नयाँ मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्पाइसका नयाँ स्मार्टफोनले कार्बन, माइक्रोम्याक्स, लाभा, विङकमलगाएत रिजनल ब्राण्डका टुजी स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
एमआई-४५०
दूई सीम प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टुजी नेटवर्क सर्पोट गर्छ । ४.५ इञ्भ ठूलो टचस्त्रिन रहेको यस स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक प्रयोग गर्न मिल्छ । स्मार्टफोनको ब्याक साइडमा एलइडी फ्लाससहितको ३.१५ मेगापिक्सल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा १.३ मेगापिक्सेल क्यामेरा रहेको छ ।
Spice-Mi-502
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा एफएम, एचटिएमएल, एमपीफोर, एमपीथ्री, युट्यूव, गुगल सर्च, म्याप लगाएतका सुविधाहरु रहेका छन् ।
एमआई-४२२
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने यसमा ४ इञ्चको टचस्त्रिन रहेको छ । ३.२ मेगापिक्सेल क्यामेरा, ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, १३०० एमएएच क्षमताको ब्याटि्र, ब्लुटुथ, एमपिथ्री, एमपिफोर लगाएतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन् ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center