हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 27, 2013

संसारभरी Free मा S.M.S गर्नुहोस्

 हामीले तपाइँ को लागि भनेर यो फ्री एस. एम. एस राखेका छौ आशा छ यसले तापाइलाइ पक्कै फाइदा पुर्याउनेछ।
 Free Sms गर्नको लागि यहाँ क्लीक गर्नुहोस .

Friday, July 26, 2013

अर्कैले चम्काइदिन्छन् फेसबुक प्रोफायल

तपाईं जिम जानुहुन्नरु शरीर सुगठित छैन होला। तर फेसबुकमा तपाइँको फोटो सलमान खानको जस्तै ुसिक्सप्याकु देखिन सक्छ। आफ्नो तस्वीरलाई शानदार देखाउन वा अनलाइनमा गेम नखेली ुहाइ स्कोररु बन्न प्रवर्द्धकहरु आएका छन्। यो काम अब अरुले नै गरिदीने छन् तपाइँले पैसा तिरे पुग्छ। आजभोलि यस्ता प्रवर्द्धकहरु उद्योग जसरी नै विकास हुँदै आइरहेका छन्। तिनीहरुको मुख्य काम भनेकै मानिस तथा कुनै संस्थाको अनलाइन प्रोफालाई प्रवर्द्धन गर्नु हो।

एरेना बुस्टिंग
वर्ल्ड अफ वारक्राफ्ट अनलाइन गेम करिब एक करोड मानिसले खेल्छन्। दैनिक १२ घण्टा भन्दा बढी यही गेममा झुन्डिने मानिस पनि छन्। त्यसैले यो गेममा आफ्नो अलग पहिचान बनाउन कठिन छ। यो खेलको नियम विपरित पैसा लिएर स्कोर बढाइदिने धेरै ुएरेना बूस्टरु छन्। जसले माथिल्लो स्कोर प्राप्त गर्नको लागि मद्दत गर्ने छन्। एरेना बूस्टर बढी स्कोर गर्न नसक्नेको बदलामा गेम खेल्छन् र मानिसलाई माथिल्लो स्कोरमा पुर्याादिन्छन्। यसको बदलामा उनीहरुले थोरै फी भने लिने गर्छन्।

पूर्ब एरेना बूस्टर फिलिप बारबुन सम्झन्छन्( ुकिशोरावस्थामा जब म यो खेलेको टप रेटेड प्लेयर थिएँ त्यो बेला धेरै मान्छे मद्दतको लागि खबर पठाउँथे। संसार भरबाटै खबर आउने गरथ्यो। पहिला पहिला त म यत्तीकै मानिसहरुको लागि सहयोग गर्न चाहन्थे। पछि यसको बदलामा पैसा लिन थालेँ।ु

उनी सँग सहयोग माग्नेहरु धेरै जसो धनी मानिसहरु थिए। उनीहरु साउदी अरब जस्ता गल्फ मुलुकका धनाढ्यहरु थिए। फिलिप अहिले २५ बर्षका भए। एक समय उनीसँग दश जनाले काम गर्थे। उनीहरुले एक ग्राहकसँग १३० देखि ४२० पाउण्डसम्म लिने गर्थे।
फेसबुक(ट्विटर अपडेट गर्ने खेताला
डेन कोबेन मार्केटिंग एजेंसी एफएसटी ग्रुपमा सोशल मिडिया विशेषज्ञ हुन्। उनी एक समय ग्राहकको सोशल मिडिया एक्टिभिटी गर्ने काम गर्थे। एक समय यस्तो पनि थियो एकै साथ १५ मानिसको अकाउन्ट चलाउथे।

ुकेही मानिस यस्ता हुन्छन् जो आफैँमा ब्राण्ड हुन्ु, एनले भन्छन्( प्रोफाइलमा मुस्कान देखाउने वा नदेखाउने या गम्भीर देखाउने या न देखाउने भन्ने यस्ता कुराले यस्ता मानिसको जीवनमा प्रधानता पाउँछ।ु उनीहरुका लागि यस्ता कम्पनीले काम गर्छन्। उनीहरुले सामाजिक संञ्जाल फेसबुक तथा ट्विटरको लागि पनि काम गर्छन्।
तस्वीर सुधार्ने पनि छन्
जेम ब्रेडलीले कम खर्चमा तस्वीर सुधार गर्ने काम सुरु गरेका छन्। उनले एक फोटोलाई राम्रो बनाउनको लागि १० पाउण्ड शुल्क लिन्छन्। केही मानिस आफ्ना पूराना तस्वीरको नयाँ बनाएर सोशल मीडियामा सेयर गर्न चाहन्छन्। तस्विरलाई राम्रो बनाउनको फोटो बुझेको मान्छेको आवश्यकता पर्छ। यसको लागि उनीजस्ता मानिसले सहयोग पुर्यााउँछन्। पुराना तस्वीर जो बिग्रनै लागेका हुन्छन् त्यस्ता तस्वीरहरुलाई सुधार गर्नु उनको काम हो। उनका अनुसार तस्वीरको सुधार गर्नको लागी युवाहरु भन्दा उमेर ढल्केका मानिसहरु आउने गर्छन्।

सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला

मोबाइल टेक्स म्यासेज ९एसएमएस० रिप्लाई गर्दा सतर्क हुनु पर्ने अवस्था आएको छ। तपाईंको एसएमएस रिप्लाई ह्याकरको हातमा पुग्न पनि सक्छ। सुरक्षा विशेषज्ञहरुका अनुसार मोबाइल फोनको सिम कार्डबाट जासुसीको खतरा बढ्दै गएको हो। यो प्रविधिमार्फत् ह्याकरले तपाईंको मोबाइको सबै डाटा चोर्न पनि सक्छन्। यसका लागि तपाइँलाई ह्याकरले कुनै खास सन्देश पठानेछन्। मोबाइल फोन सुरक्षा विशेषज्ञ कास्टन नोलले भनेका छन्— ुअपराधीहरुले यो प्रविधिको गलत प्रयोग गरेर प्रयोगकर्ताको निजी कुराकानी सुन्न पनि सक्नेछन् र उसको ब्यालेन्स चोर्न पनि सक्छन्।ु

मोवाइल कम्पनिसँग सम्वन्धित संस्था जीएसएमएले यो पछिल्लो जानकारी बारे आफुले अनुसन्धान गरिरहेको बताएको छ ।
कसरी हुन्छ ह्याकिङ
नोलले यस प्रकारको खतराको पहिलो जानकारी आफ्नो बर्लिनस्थित कम्पनी सुरक्षा अनुसन्धान प्रयोगशालाको वेबसाइटमा जारी गरेको बताएका छन् ।

सिम ९सस्क्राइबर आइडिन्टिटी मोड्यूल० कार्ड ले प्रयोगकर्ताकोे नेटर्वकसँग जोडिएको उसको पहिचानको प्रमाणित गर्छ । यसमा केही मात्रामा डाटाहरु पनि रहने गर्छन् । म्यासेज, सम्पर्क नम्बर तथा केही ऐप्लिकेशनसँग सम्वन्धित जानकारीहरु यसमा हुन्छन् । यो कार्डमा बैंकिग सेवा सँग जोडिएको जानकारी समेत हुने गर्छ । नोलले भनेका छन् कुनै उपकरणबाट सन्देश पठाएर प्रयोगकर्ताको पासवर्डको पत्ता लगाउने बाटो उनीहरुले पहिल्याएका छन् । उनका अनुसार धेरै जसो फोनको फर्जी हस्ताक्षरको पहिचान गरी सम्पर्क काटिन्छ तर एक चौथाईले भने एरर म्यासेजको रिप्लाई गर्छन् जसमा सिमको पासवर्डको केही अंश हुन्छ । अफ्रिकामा मानिसहरु बैंक सेवाको लागि मात्र सिम कार्ड सुरक्षा प्रणाली अपनाउने गर्छन् ।

यो प्रणाली केही समय सुरक्षित मानिए पनि यसको कोड पत्ता लगाउन सजिलो भै सकेको नोलको भनाइ छ ।

उनले भनेका छन् ह्याकरसँग यो जानकारी एक पटक हात प¥यो भने यो प्रोग्रामिङ भाषा ुजाभाु मा लेखेर सिमको डाटा डाउनलोड गर्न सक्ने छन्। उनीहरुले सिमबाट तपाईको निगरानी पनि गर्न सक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।

अपरेटरहरुले भने ३ जी वा ४ जी कलमा यो सम्भव नभएको दाबी गरेकाछन् । तर सिमकार्ड सम्म पहुँच भयो भने यो पनि सम्भव हुने छ नोलको भनाई छ । नोलको शोधका अनुसार १० सिम मध्ये ८ सिम कार्डमा यस प्रकारको खतरा रहेको छ ।

गुगल ट्याब नेक्सस ७ कस्तो छ?

गुगलले ट्याब्लेट नेक्सस ७ को नयाँ संस्करण आएको गरेका छ। यो बिना तर नै चार्ज गर्न सकिन्छ। सनफ्रान्ससिस्कोमा एक कार्यक्रम बीच लन्च गरिएको ट्याब वेलायत लगायतका अन्य स्थानमा भने यो क्रिसमस अगाडि मात्र पुग्नेछ। नेक्सस ७ आफ्ना पहिलाका ट्याब्लेट भन्दा स्लिम र हलुका रहेको छ भने इन्टरनेटको लागि फोजी पनि चलाउन सकिनेछ।

कस्तो छ नेक्सस ?

यो गूगल एन्ड्रोइडको जेलिबिन ४।३ भर्सन चल्ने पहिलो ट्याब्लेट पनि हो। लन्च कार्यक्रमको अवसरमा गूगल एन्ड्रोइड प्रोडक्टका उपाध्यक्ष हूगो बार्राले पहिलो जेनेरेशनको ट्याब्लेटमा महत्वपूर्ण अपडेट गरेको बताए। यसमा स्क्रिन रेज्यूलेशनको बढाइएको छ भने पिक्सल दुइ गुना भन्दा बढी पुर्‍याइएको छ। ३२३ पिक्सल प्रति इन्चको रेज्यूलेशन रहेको यो ट्याब्लेट विश्वमा सबैभन्दा बढी रेज्यूलेशन स्क्रिन भएको ट्याब्लेट हुने गुगलको दाबी छ। ट्याब्लेटमा ५ मेगापिक्सलको मुख्य क्यामरा तथा १।२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। अमेरिकामा १६ जीबी ट्याब्लेटको मूल्य २२९ डलर छ भने ३२ जीबीको मूल्य २६९ डलर रहेको छ।

नयाँ नेक्सस ट्याब्लेटको ब्याट्री पनि लामो समय चल्ने बताइएको छ। गुगलका अनुसार यो ट्याब्लेटलाई एकपटक चार्ज गरे पछि ९ घण्टासम्म भिडियो हेर्न तथा १० घण्टासम्म इन्टरनेट ब्राउज गर्न सकिने बताइएको छ। जेलिबिन भर्सन ४।३ मा बालबालिकाहरुलाई एप्लीकेशन डाउनलोड गर्नबाट रोक्ने विकल्प पनि राखिएको छ।

सात इन्च हाइ डेफिनिशन स्क्रिनको यो ट्याब्लेटमा भर्चुअल सराउण्ड साउण्ड दिने स्पीकर पनि छ। अमेरिकी बजारमा ट्याब्लेटको वाई–फाई भर्सन ३० जुलाईमा उपलब्ध हुनेछ।

चोरीको सेटमा एनटीसीको सिमकार्ड नचल्ने हेर्नुहोस् ( नेपाल टेलिकम )

चोरी भएका वा हराएर भेटीएका मोबाइल सेटहरूमा अब नेपाल टेलीकमको सिमकार्ड नचल्ने भएको छ । सरकारी स्वामित्वको दुरसञ्चार सेवादायक टेलीकमले ग्राहकको गुनासोका आधारमा हराएका वा चोरी भएका सेटमा सिमकोर्ड नचल्ने बनाइदिन लागेको बताइएको छ ।

आजको अन्नपूर्ण पोष्टमा प्रकाशित एक समाचार अनुसार ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरु गर्न लागेको बताइएको छ । टेलीकमकी प्रवक्ता गुण केशरी प्रधानलाइ उद्धृत गर्दै जनाइए अनुसार अहिले परीक्षणको चरणमा रहेको यो सेवा बिस्तारै कार्यान्वयनमा ल्याइनेछ ।

प्रधानका अनुसार टेलीकमले पुरानो मोबाइल नेटवर्कलाई नयाँमा स्थानान्तरण गरिसकेपछि यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

गत बुधबारदेखि राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा सेवा स्थानान्तरण गर्न थालेको टेलीकमले चाँडै नयाँ नेटवर्कमा यो सेवा सुरु गर्न लागिएको कुरा प्रधानलाइ उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center