हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 17, 2013

घट्यो ट्याब्लेटको मूल्य

माइक्रोसफ्टले हल्ला नगरी सर्फेस ट्याब्लेट कम्प्युटरको मूल्य घटाएको छ। माइक्रोसफ्टले डिजाइन तथा मार्केटिङ गरेको सर्फेस ट्याबको मूल्य ३० प्रतिशत घटाइएको हो। केही दिन अघिसम्म ४९९ अमेरिकी डलर मूल्य रहेको सर्फेस आरटी ट्याब अब ३४९ डलरमा झरेको छ। चर्को प्रतिस्पर्धा सामु आफ्ना उत्पादनको बजार कायम राख्न माइक्रोसफ्टले ट्याबको मूल्य घटाएको हो।

घट्यो ट्याब्लेटको मूल्य

माइक्रोसफ्टले हल्ला नगरी सर्फेस ट्याब्लेट कम्प्युटरको मूल्य घटाएको छ। माइक्रोसफ्टले डिजाइन तथा मार्केटिङ गरेको सर्फेस ट्याबको मूल्य ३० प्रतिशत घटाइएको हो। केही दिन अघिसम्म ४९९ अमेरिकी डलर मूल्य रहेको सर्फेस आरटी ट्याब अब ३४९ डलरमा झरेको छ। चर्को प्रतिस्पर्धा सामु आफ्ना उत्पादनको बजार कायम राख्न माइक्रोसफ्टले ट्याबको मूल्य घटाएको हो।

सर्फेस आरटी ट्याबको मूल्य घटाए पनि माइक्रोसफ्टले सर्फेस प्रोको मूल्य भने घटाएको छैन। विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनीले गत वर्ष पर्सनल कम्प्युटरको विकल्प सहितको सर्फेस ट्याबलाई बजारमा ल्याएको थियो।

अम्याजनले किन्डेल एचडी ट्याबको मूल्यमा घटाइसकेको छ। किन्डेल एचडीको मूल्य अमेरिकामा १६९ डलरमा झरेको छ भने वेलायतमा २३९ पाउन्ड तोकिएको छ। अम्याजनले किन्डेल एचडीलाई २९९ डलरसम्ममा बेचेको थियो।

ब्यारेन्स एण्ड नोबलको ट्याब नुकको मूल्यमा पनि गिरावट आएको छ। रिलिज समयमा २४९ अमेरिकी डलर मूल्य रहेको नुक ट्याब अहिले १२९ डलरमा झरेको छ।

Monday, July 15, 2013

आइवाच ल्याउन एप्पल तातियो

एप्पलले आइवाच ल्याउन आक्रमक रुपमा काम थालेको छ। आइवाच प्रोजेक्टका चुनौती सामना गर्न एप्पलले नयाँ कामदार भर्तीलाई तीव्रता दिइरहेको छ। डिजाइनरहरुलाई आइवाच वितरण गरेको चर्चा आएसँगै  एप्पलको नयाँ उत्पादन बारे चर्चा चुलिएको हो। आइपड, आइफोन तथा आइप्याडमार्फत् ुटेक्नोलोजी सिफ्टु गरेको एप्पलले कस्तो आइवाच ल्याउन लागेको होरु यो स्मार्ट घडिका लागि कस्तो प्रविधिमा जाने भन्ने अझै निर्क्यौल गरी नसकेको बताइन्छ।

Sunday, July 14, 2013

कम्प्युटरबाट रिचार्ज

काठमाडौ, असार ३१ ( नेपाल टेलिकमले सीडीएमए प्रिपेडको रिचार्ज कम्प्युटरबाटै गर्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ।

टेलिकमको वेबसाइट यहाँ खोलेपछि सिडिएमए रिचार्ज लेखिएको स्थानमा क्लिक गरी यो सुविधा प्रयोग गर्न सकिन्छ।

यसका लागि सिडिएमए मोबाइल नम्बर र रिचार्ज कार्डको पिन नम्बर टाइप गरी रिचार्ज बटन थिच्नुपर्छ। त्यसपछि यो प्रक्रिया पूरा हुन्छ। नेपालमा वेबसाइटबाटै मोबाइलमा रिचार्ज गर्न मिल्ने यो पहिलो सुविधा हो।

नेपाल तेस्रो स्थानमा सीमित

काठमाडौ, असार ३१ ( नेपालले पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष भलिबलमा लगातार दोस्रो हार बेहोर्दै तेस्रो स्थानमा सीमित हुँदा आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा धेरै कमजोरी छताछुल्ल भए । उही स्तरको तर अनुभवमा कमी रहेको घरेलु टिम माल्दिभ्ससँग हरेक पक्षमा चुक्यो र खेल ३(० को सोझो सेटमा गुमायो ।

मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रणनीति पूरै ुफ्लपु भएको खेलमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । सबैभन्दा कमजोर पक्ष रिसिभ रह्यो । लिबरो पुष्पजंग मल्ल दबाबमा देखिए र एकपछि अर्को गल्ती गरे । अन्य खेलाडी मिलन मल्ल, सञ्जय अर्याल, सुनील श्रेष्ठ, महेन्द्र श्रेष्ठ, कुलबहादुर थापाले अंक बटुले पनि त्योभन्दा बढी गल्तीलाई निरन्तरता दिए ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center