हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, July 14, 2013

कम्प्युटर बिक्रीमा विश्वव्यापी मन्दी, टच स्क्रिन बनाउने चुनौती

ट्याब्लेट बढ्दो प्रयोगले पर्सनल कम्प्यूटर ९पिसी० बिक्रीमा मन्दी आएको छ। कम्प्यूटर बिक्रीको इतिहासमा सबै भन्दा बढी मन्दी आएको समय भएको यस क्षेत्रका शाध स‌स्थाहरुले बताएका छन्। अनुसन्धान संस्था गार्टनरले यो वर्ष कुल सात करोड ६० लाख पर्सनल कम्प्यूटर बिक्री भएको बताएको छ। यो पछिल्ला बर्षको तुलनामा १०।८ प्रतिशतले कम हो।

काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्

 दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ।  निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ। वर्षको उत्कृष्ट मोबाइल एपको अवार्ड हात पारिसकेको एनलोकेट दिपेन चापागाईंको टिमले निर्माण गरेको हो।पुल्चोक इन्जिनियरिङ बलेजबाट इन्फरमेसन एण्ड कम्यूनिकेशनमा एमइ सकेका चापागार्इंले साथीको बिहेमा पार्टी प्यालेस भेट्टाउन सकेनन्। सोधिखोजी गर्दा पनि लोकेसन पत्ता नलागेको पीडाका कारण एकलोकेट जन्मिएको उनले बताए।

Saturday, July 13, 2013

राज मोवाईल सेन्टर धादिङ्

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसि
मका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ् वेसी धादिङ्

अढाई महिने छोरीको दुवै खुट्टा छिनाइन् आमाले

३० असार, काठमाण्डौ । मानसिक समस्यावाट लामो समयदेखि पीडित धादिङकी एक आमाले आफ्नी अढाई महिने छोरीको दुबै खुट्टा अचानेमा राखी खुर्पाले छिनाइदिएकी छिन् ।घाइते बालिकाको शुक्रवार राती १२ बजेदेखि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला सदरमुकामदेखि झण्डै २० किलोमिटर पश्चिममा पर्ने ढोला-२ तीनघरे धादिङकी २९ वर्षीया वीरकुमारी दवाडीले अढाई महिनाकी छोरी बिमकुमारीको खट्टा छिनाइदिएकी हुन् । श्रीमान भने वीरकुमारीले आफूलाई अचानक देवी चढेर छोरीको खुट्टा छिनाई भोग दिएको वताएका छन् । शुक्रवार दिउँसो साढे तीन बजे श्रीमान खेतमा काम गर्न गएको मौका पारी खसी काट्न प्रयोग हुने घरकै ठूलो खुर्पाले हान्दा बालिकाको दुवै खुट्टा गोलीगाँठानेरवाट छिनेको छ । खुट्टा ठुन्किएपछि तल्लो भागलाई वीरकुमारीले अचानोमै राखी थालले छोपेर घाइते छोरीलाई पिठ्युमा बोकी माइत गएको भन्दै हिडेकी थिइन् । वीरकुमारीले बोकेकी छोरी बेस्सरी रोएको र खुट्टावाट रगतसमेत चुहाउँदै हिडेँको देखेपछि छिमेकीले सोधखोज गर्दा खुट्टा छिनाएको थाहा भएको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसलगत्तै छिमेकीले वीरकुमारीलाई नियन्त्रणमा लिई प्रहरी र काममा गएका उनका श्रीमानलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै शुक्रवार अपरान्ह तीनघरे पुगेको प्रहरीले घाइते बच्चा, आमा र बाबुलाई घादिङबेसी ल्याएको थियो । तर जिल्ला अस्पतालले रगत रोक्ने औषधि र स्लाइन चढाएर जोरपाटीस्थित अर्थोपेडिक अस्पताल रेफर गरेको थियो । त्यहाँवाट कान्ति अस्पताल लगिएकोमा शुक्रवार राति शिक्षण अस्पताल ल्याएको छ ।

राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का जाने

काठमाडौं( आगामी भदौ १ देखि ९ गतेसम्म सिङ्गापुरमा आ
टोलीलाई आगामी साउन १७ देखि ३० गतेसम्म श्रीलङ्काको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेलाई त्यतैबाट सिङ्गापुर पठाउने तयारी गरिएको क्यानका सचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिए।
अभ्यास खेलले नेपाली खेलाडीको खेलस्तर जाँच्ने अवसर प्राप्त हुने क्यानको भनाइ छ। श्रीलङ्काको हावापानी नेपालको तुलनामा निकै गर्मी भएकाले खेलाडीले त्यस किसिमको वातावरणमा सहजताका साथ खेल्न सकुन् भन्ने हेतुका साथ खेलाडीलाई त्यहाँ अभ्यास खेलका लागि पठाउन लागिएको हो।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center