हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 12, 2013

''सामसुङ फोन पड्कियो, झण्डै ज्यान गएन ( तस्विर सहित) ''

Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns
 असार, २६एजेन्सी -  सामसुङको ग्यालेक्सीको चर्चा अहिले विश्वभर नै छ । प्रविधी र मोबाइल फोनका शौखिन जोकोहीका लागि पनि रहरको विषय बनेको यो सामसुङको ग्यालेक्सी मोबाइलले स्विजरल्याण्डकी एक किशोरीलाई भने धोका दिएको छ ।Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns
१८ वर्षीय किशोरी फन्नी स्क्लाटरको खल्तिमा नै सामसुङको ग्यालेक्सी एस ३ पड्किएपछी उनको झण्डै ज्यान गएन । उनको शरिरका धेरै भाग पोलेको थियो । उनले अब आफूले सामसुङ विरूद्ध मुद्दा हाल्ने तयारीमा छिन् । ''Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns
'ती किशोरीका अनुसार उनी पेन्टिङको काम गरिरहँदा ठुलो आवाजमा केही पड्केको सुनिन् । विस्फोटपछी निकै नराम्रो गन्ध आयो र मैले मेरो लुगामा आगो लागेको थाहा पाए । त्यतिबेलासम्म आगो उनको काँधसम्म पुगिसकेको थियो र उनको शरिरमा लागेको आगो उनकाExploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns हाकिमले आएर निभाईदिएका थिए ।
उनलाई अन्य साथीहरुको सहयोगमा बाथरूम लगियो र बाँकी रहेको आगो निभाइयो । त्यसपछी उनलाई अस्पताल पुर्याइएको थियो''Exploding-Samsung-Galaxy-phone-leaves-teenager-degree-burns

नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा

n 1
मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकिया लुमिना १०२० नामको उक्त स्मार्टफोन यतिधेरै शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो । स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
यो क्यामराले खिचेका तस्वीर जूम गरेर रिफ्रेम गर्न सकिने र त्यसो गर्दा तस्वीरको क्वालिटीमा कुनै फरक नपर्ने नोकियाले जनाएको छ ।
विश्लेषकहरुले पनि नोकियाको लुमिना १०२० को क्यामरा अहिलेसम्म बजारमा रहेका मध्ये सबैभन्दा उत्तम स्मार्टफोन क्यामरा भएको बताएका छन् । तर क्यामराकै कारण यो स्मार्टफोनको बिक्रि निकै उच्च हुने कुरामा भने उनीहरु विश्वस्त छैनन् ।
हुनत नोकियाले अघिल्लो वर्ष आफ्नो स्मार्टफोन प्योर भ्यु ८०८ मोडलमा पनि ४१ मेगापिक्सेलको क्यामरा नराखेको होइन । तथापि उक्तस्मार्टफोनको अपरेटिङ सिस्टम निकै पूरानो भएकाले त्यो उपभोक्ताको रोजाइमा पर्न सकेन । पछिल्लो स्मार्टफोन भने माइक्रोसफ्टको विन्डोज फोन प्लाटर्फमबाट चल्ने र त्यसमा १ लाख ६० हजार भन्दा बढि एप्लिकेसन भएकाले लुमिना १०२० ले राम्रै बजार पाउने अपेक्षा गरिएको छ ।
2

यो स्मार्टफोनबाट भिडियो रेकर्ड गर्दा ४ गुणा जुम गरेर हाइ डेफिनेसन भएको गुणस्तरीय भिडियो खिच्न सकिने नोकियाले जनाएको छ । अमेरिकी बजारमा यसको मुल्य दुइ वर्षे कन्ट्रयाक्टमा ३ सय डलर पर्ने बताइएको छ ।

अब हेडफोनले गर्छ मोबाइल चार्ज

ब्याट्री आयु छोटो हुँदा मोबाइल प्रयोगकर्ता दिक्क छन्। फोन निर्माताका लागि समेत टाउको दुःखाइको विषय बनिरहेको यो समस्यालाई समाधान गर्द एक जना स्कटिस अडियो इन्जिनयरले हेडफोन बनाएका छन्। एन्ड्रयु एन्डरसले सूर्य उर्जाबाट मोबाइल चार्ज गर्नसक्ने हेडफोन बनाएका हुन्। ुअनबीटु नामको यो हेडफोनलाई सार्वजनिक प्रयोगमा ल्याउन अहिले ुक्राउड फन्डिङु साइट किकस्टार डट कमबाट पैसा संकलनको काम भइरहेको छ।

अनौठा र सिर्जनात्मक नयाँ कामका लागि पैसा संकलन गरिदिने किकस्टारमा बिहीबारसम्म १४ हजार २ सय ३० पाउण्ड जम्मा भइसकेको छ। अडियो इन्जिनियर एन्ड्रयुले आफ्नो अवधारणालाई व्यापारिक स्वरुपमा बदल्न २ लाख पाउण्ड लाग्ने बताएका छन्।

कसरी चार्ज गर्छ हेडफोनले ब्याट्री

हेडफोनको ुहेडबेन्डुमा ०।५५ वाट क्षमताका सूर्यको उर्जा लिनसक्ने सेल लगाइएको छ। यसबाट प्राप्त उर्जालाई लिथियमका दुई साना ब्याट्रीले

Thursday, July 11, 2013

एलजीले ल्यायो संसारको सबैभन्दा पतलो फुल एचडी डिस्प्ले

असार २८, आगामी स्मार्टफोन अझ पातलो हुन
सक्ने भएको छ । एलजीले स्मार्टफोनका लागी मात्र २.२ मिलीमीटर को फुल एचडी प्यानल पेश गरेको छ । ५.२ इन्चको प्यानलका लागी एलजीले स्मार्टफोनको संसारमा सबैभन्दा पातलो फुल एचडी प्यानल भएको बताइएको छ ।
यसलाइ बनाउनका लागी एलजीले ‘अडभान्स्ड वन-ग्लास सलूशन’ का साथमा नयाँ टेक्नोलजीको प्रयोग गरेको छ, जसमा प्यानलमा ३० प्रतिशत कम लाइन्सका साथ प्यानल र टच फिल्मका साथमा बीच ड्यूल फ्लेक्सिबल सर्किट्स राखिएको छ ।

यसको हरेक पिक्सेलमा आरजीबी सबपिक्सल्स रहेको छ र यो ५३५ निट्स ब्राइटनेस दिन सक्षम रहेको छ । जुन अहिलेको सबै १०८० पिक्सेल मोबाइल एलसीडी भन्दा धेरै हो ।

मोवाइलको ब्याट्री जोगाउने सरल उपाय

mobile-battery
मोबाइल तथा ट्याब्लेट, दैनिकीको आवश्यकता बनिसकेको छ। अध्ययन देखी मनोरञ्जन मात्र होइन दैनिकीमा आवश्यक पर्ने कम्प्युटरजन्य कामका लागि यीनै उपकरण प्रयोग हुन थालेका छन्। प्रयोगसँगै यी उपकरणका ब्याट्रीको ब्याकअप छिटो छिटो सकिएर हैरान पार्ने भएको छ।

मोबाइल तथा ट्याब्लेटमा इन्टरनेट र सामाजिक सञ्जाल जति सजिलै चलाउन सकिन्छ त्यति सजिलै ब्याट्री पनि सकिन्छ। जसले गर्दा ग्याजेटप्रेमीलाई हैरानी पनि मिलिरहेको छ। यसखालको हैरानीबाट जोगिनका लागि केही सरल उपाय पनि छन्। जसले तपाइँको मोबाइल तथा ट्याब्लेटको ब्याट्रीको आयुलाई केही समयको लागि बढाउँछ। लोडसेडिङले हैरान अनि यात्रामा निस्केकाहरुलाई यसले पक्कै पनि राहत दिनेछ।
चहक कम गर्ने
मोबाइल तथा ट्याब्लेटको स्क्रिनको चहक (ब्राइटनेस)लाई कम गरेको खण्डमा त्यसले ब्याट्री खपतलाई कम गर्छ। मोबाइल तथा ट्याब्लेटमा स्वत हुने सेटिङलाई परिवर्तन गरेर ४० देखी ४५ प्रतिशतमा चहकलाई राख्नुभयो भने त्यसले तपाइँको ब्याट्री खपत पनि कम गर्छ र आँखामा पनि नकारात्मक प्रभाव पार्दैन।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center